नेभिगेशन
समाज

आँधीखोला संरक्षणमा हिडेका रास्वपाका दुई नेतामाथि कांग्रेसका वडा अध्यक्षले 'रड हाने'

स्याङ्जा । आँधी खोला संरक्षण अभियान चलाएका रास्वपाका केन्द्रिय सदस्य सहित दुई नेतामाथि स्याङ्जाको वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनालले रड प्रहार गरेका छन् । वडा अध्यक्ष खनालले नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आँधीखोला संरक्षण अभियान घोषणा गरेर फर्किदै गरेको रास्वपाका केन्द्रिय सदस्य समेत रहेको अभियान्ता मेघ आले र अर्का अभियन्ता दिनकर नेपालमाथि वालिङ ९ सुकौदीमा वडा अध्यक्ष खनालले रडले हानेर घाइते बनाएका हुन् । वडा अध्यक्ष खनालले नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । 

Ncell
Extreme Energy

वडाध्यक्षको प्रहारबाट आफ्नो हातमा गम्भिर चोट लागेको छ भने लगाएको हेलमेटको  सिसा फुटेको अभियन्ता नेपालले बताए ।  आलेलाई भने वडा अध्यक्ष खनालले नालीमा लडाइदिएका थिए । 

आँधीखोलामा भैरहेको दोहन रोक्न माग गर्दै आएका उनीहरुले आज पनि दोहनको विरोध गरेर फर्कीदै थिए । नदी संरक्षणको माग राखेर अभियान घोषणा गरेको भन्दै वडा अध्यक्ष खनालले आक्रमणपूर्व कार्यक्रमस्थलमा समेत धम्कि दिएको नेपालले बताए । 

त्यहाँबाट फर्किदा बाटो छेकेर वडा अध्यक्षले आक्रमण गरेका थिए । नेपालले घटना लगत्तै प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि घटनास्थलमा दुई जना प्रहरी पुगेपनि वडा अध्यक्ष भने भागिसकेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चीनलाई काउन्टर दिन भारतले अघि सारेको परियोजनाविरुद्ध ठूलो प्रदर्शन, ४० प्रहरी घाइते

चीनलाई काउन्टर दिन भारतले अघि सारेको परियोजनाविरुद्ध ठूलो प्रदर्शन, ४० प्रहरी घाइते

चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध परियोजनाको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच भारतको अरुणाचल प्रदेशमा झडप भएको छ ।
राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सकल्प पूजा गराएका थिए । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेका थिए । नवदुर्गाका मूल नाइके इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद...
एनपीएल विजेताले डेढ करोड पाउने,  दोस्रो हुनेले ८० लाख

एनपीएल विजेताले डेढ करोड पाउने, दोस्रो हुनेले ८० लाख

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विजेताले विजेताले डेढ करोड रुपैयाँ पुरस्कार पाउनेछन्।नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दोस्रो हुनेले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो स्थान...
सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

अरुण दुधकोसीको त्रिवेणी क्षेत्र नजिकै बोटको इञ्जिन फेल हुँदा भएका दूर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।