रविमाथिको प्रतिशोधविरुद्ध हस्ताक्षर अभियान, प्रधानमन्त्री नै त्रशित
हुँदा हुँदा प्रधानमन्त्री केपी शर्मा ओली समेत हस्ताक्षर अभियानबाट झस्किएका छन् । उनले भनेका थिए कतै ३ करोड पुर्याउलान् भने डर भयो, आफै हस्ताक्षर गर्दै जति भने पनि भयो भन्दै हस्ताक्षर अभियानको विरोध जनाए ।
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने भैरहवा कारागारमा छन् । तर, बाहिर उनीमाथि राजनीति प्रतिशोध भएको भन्दै रास्वपाले हस्ताक्षर अभियान चलाएको छ । नेपाल भर र विदेशमा रहेका नेपालीहरुसमेत रविमाथिको राजनीतिक प्रतिशोधको विरुद्धमा लागेका छन् ।
Watch On
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई समेत रविमाथि राजनीतिक प्रतिसोध भयो भन्दै हस्ताक्षर गर्न पुगेका छन् । सर्वाेच्च अदालतका पूर्वन्यायाधीस बलराम केसीले पनि रवि माथि राजनीतिक प्रतिसोध भयो भन्दै हस्ताक्षर गरेका छन् ।पूर्वमन्त्रीहरुले रवि माथि राज्यले ज्यादीतनै गर्यो भन्दै हस्ताक्षर गरिरहेका छन् । कानुन विदहरुले पनि हस्ताक्षर गर्दै लामिछानेमाथि प्रतिसोध भयो नै भनिरहेका छन् ।
उनीहरुले मात्रै होइन लौरो टेकेर वृद्धवृद्धाहरु रुँदै लामिछानेको पक्षमा हस्ताक्षर गरिहेका छन् । पारिवारिक शोकमा किरिया बसेका किरियापुत्री देखि घाँस काट्दै गरेका, मकै पोल्दै गरेका महिलाहरुसमेत हस्ताक्षरमा सहभागी छन् ।
विदेशबाट काठमाडौँ ओर्लीदाँ बित्तिकै रास्वपाको पार्टी कार्यालयमै पुगेर युवाहरु हस्ताक्षर गरिरहेका छन् । विभिन्न संघ संगठनदेखि टोली सुधार समितिका अगुुवाहरु समेग गाडी नै रिजर्भ गरेर हस्ताक्षर गर्न पुगेका छन् ।
जिल्ला जिल्ला र चोक चोकमा राखिएका बुथहरुमा हस्ताक्षर गर्ने सबैका साझा बुझाई छ, लामिछानेमाथि राजनीति प्रतिसोध भएको छ, लामिछानेमाथि राज्य लागेको छ ।
त्यती मात्रै होइन, सत्तारुढ नेपाली कांग्रेस, एमालेका नेता तथा कार्यकर्ताहरु समेतले रवि माथि राज्यले अत्याचार गरेको भन्दै पुरानो दलको आफ्नो सदस्यातमा च्यात्दै रविको पक्षमा हस्ताक्षर गरीरहेका छन् । प्रतिपक्षमा भएको नेकपा माओवादी लगायतका दलका नेता कार्यकर्ताहरु रवि माथि प्रतिसोध भयो भन्दै बोलिरहेका छन्, हस्ताक्षर गरेका छन् ।
जसरी रवि माथिको प्रतिशोधको पक्षमा महोल बढ्दै गएको छ, ठिक त्यसैको विपरित सत्तारु ढदलका नेताहरु सडक र संसदमा रास्वपाले हस्ताक्षर अभियान चलाएर अदालत प्रभावित गर्न खोजेको भन्दै हस्ताक्षर अभियान रोक्नुुपर्ने माग गर्दै छन् । उनीहरु अतालिएर रास्वपाका अन्य नेताहरुको प्रमाण बोकेर हिंडेको भन्दै अभिव्यक्ती दिन समेत पछि परिरहेका छैन् ।
हुँदा हुँदा प्रधानमन्त्री केपी शर्मा ओली समेत हस्ताक्षर अभियानबाट झस्किएका छन् । झापामा हस्ताक्षर अभियानलाई प्रहरी लगाएर प्रभावित बनाएका प्रधानमन्त्रीले मंगलबार कैलाली पुुगेर हस्ताक्षर किर्ते भएको भन्न भ्याए । उनले भनेका थिए कतै ३ करोड पुर्याउलान् भने डर भयो, आफै हस्ताक्षर गर्दै जति भने पनि भयो भन्दै हस्ताक्षर अभियानको विरोध जनाए ।
एक महिना १५ दिनको अवधिमा रविको पक्षमा करिब ३० लाख हस्ताक्षर संकलन भएको रास्वपाको तथ्याकंबीच सत्तारुढ दलका नेताहरुमा आएको यो छटपटी र डरको कारण के हो ? आज हामी द रिर्पोटरमा चर्चा गर्दैछौँ ।
असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा स्थापनाको तीन वर्ष पुग्दै थियो । अघिल्ला वर्षहरुमा जस्तो यो वर्ष वार्षीकोत्सव मनाउने उत्साह रास्वपामा थिएन । पार्टी सभापति नै कारागारामा भएको बेला, वार्षीकत्सव मनाउने कुनै उत्साह नेता कार्यकर्ता थिएन ।
सभापति जेलमा भएको र पार्टी एवम् पार्टीका शिर्षस्थ नेताहरु माथि राजनीतिक र व्यक्तीगत रुपमा सरकारबाट प्रहार भइरहेका बेला के गर्ने भन्ने रास्वपामा अन्यौल थियो । एक जना रास्वपा सचिवालय सदस्यका अनुसार विचार गोष्ठी लगायतका कार्यक्रम गर्ने कि भन्ने छलफल पनि नभएको होइन । केही नेताहरु त्यसको तयारीमा पनि थिए । यता नेता कार्यकर्ताहरु वार्षीकत्सवको दिन नजिकिदै जाँदा जति छटपटिमा थिए, त्यो भन्दा पनि धेरै छटपटी भैरहवाको गर्मीमा अँध्यरो कोठामा थुनिएका लामिछानेमा थियो ।
उनी आफू कारागारमा भएपनि पार्टी सक्रिय होस्, पार्टीका नेता कार्यकर्ताको उत्साहमा कम नआओस् भन्नेमा सुरु देखिनै दृढ देखिन्थे । वार्षित्सवको छटपटी लामिछानेलाई पनि थियो । त्यो सँगै थियो, आफ्ना मुद्दाका विषयमा जनतालाई वास्तविकता भन्न नपाएको असन्तुष्टी, उनलाई भन्न मन थियो, आफू माथि भएको राजनीतिक प्रतिसोधको पृष्ठभुमी र उनलाई जवाफ दिनु थियो थुनामा पुर्याउँदा पनि मन शान्त नभएकाहरुले गरिरहेका प्रश्नहरुको ।
वार्षित्सवको छटपटीसँगै आफ्ना मुद्दाका विषयमा जनतालाई वास्तविकता भन्न नपाएको असन्तुष्टी । मनभरी पोख्नु थियो, आफू माथि भएको राजनीतिक प्रतिशोधको पृष्ठभुमी र उनलाई जवाफ दिनु थियो थुनामा पुर्याउँदा पनि मन शान्त नभएकाहरुले गरिरहेका प्रश्नहरुको । यी सबैको जवाफका लागि लामिछानेले असार ७ नै रोजे । र सार्वजनिक भयो, रुपन्देहीस्थित भैरहवा कारागारबाट कैदी नम्बर ९ हजार ७ सय २५ को १८ पृष्ठ लामो अपिल ।
लामिछानेको अपिलले केन्द्रिय नेतादेखि पार्टी पंतिलाई समेत सरप्राइज गर्दै गर्दा रास्वपा सचिवालयले सभापति माथि भएको प्रतिसोधविरुद्ध इतिहासमा दर्ज गर्ने सिर्जनसिल आन्दोलनको तयारी गरिरहेको थियो, यसको नेतृत्व गरिहेका थिए रास्वपाका सहकोषाध्यक्ष दिपक बोहरा । असार ७ गते रास्वपाले माइतीघर मण्डलबाट रवि लामिछानेको अपिल साथमा राखेर उनीमाथि भएको राजनीति प्रतिशोधका विरुद्धको हस्ताक्षर अभियान घोषणा गर्यो ।
लामिछानेमाथि राजनीतिक प्रतिसोध भएको बुझेका नागरिकहरु के रास्वपा, के कांग्रेस, के एमाले, के माओवादी वा के स्वतन्त्र, उनीहरु आफ्नो अनुकुल हुने ठाउँमा हस्ताक्षरका लागि ओर्लीए । रवि लामिछानेको अपिल सामाजिक सञ्जाल देखि संचार माध्यममा भाइरल भयो । रास्वपाका अनुसार रविको अपिल ६ लाख भन्दा बढी कपि प्रिन्ट गरेर वितरण भएका छन् ।
लामिछाने माथि भएका घटना क्रम नियालिरहेकाहरु, अपिल पढेपछि घटना बुझेकाहरु, सयौँको संख्यामा रास्वपाको केन्द्रिय कार्यालय बालाजुमा रविका पक्षमा हस्ताक्षर गर्न पुग्न थाले । वृद्धवृद्धाहरु लौरे टेकेर गहभरी आँशु पार्दै लामिछानेको पक्षमा हस्ताक्षर गर्ने फारमा औँठा छाप लगाइरहेका छन् । युवाहरु राज्यको भूमिका माथिको आक्रोश हस्ताक्षर फारममा भरिरहेका छन् ।
सुन्दर भविष्यका सपना देखेर विदेशमा पसिना बगाइरहेकाहरुले अनलाइनबाट हस्ताक्षरले भरिएका फारम पठाइरहेका छन् । सार्वजनिक यातायातमा समेत स्वतस्फुर्त हस्ताक्षर भइरहेको छ भने जिल्ला जिल्लाबाट हस्ताक्षरले भरिएका फारम बोकेर चालकहरु काठमाडौँ आइरहेका छन् ।
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई,सर्वोच्च अदालतका पूर्व न्यायाधिस बलराम केसी, स्वतन्त्र सांसद डा अमेरेश कुमार सिंह, जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसम्म रास्वपाको पार्टी कार्यालयमै पुगेर हस्ताक्षर गर े। विदेशमा ठाउँ ठाउँमा हस्ताक्षर अभियान चलिरहेका छन् । कतिले प्रत्यक्ष हस्ताक्षर संकलन केन्द्रमा पुगेर, कतिले इमेल र ह्वाट्सएप मार्फत हस्ताक्षरले भरिएका फारम पठाइरहेका छन् ।
तर, हस्ताक्षरको वेग देखेर सत्तारुढ दलका नेताहरु अदालतलाई प्रभावित पार्न खोजेको, अभियानका नाममा जनता ठगिरहेको र आफै हस्ताक्षर गरेर संख्या बढाएको भन्दै कुुप्रचारमा लागेका छन् । रवि लामिछानेका प्रेस सल्लाहकार प्रमोद न्यौपानेका अनुसार यो समाचार तयार पार्दासम्म २९ लाख ५२ हजार ६ सय ७७ जनाले रविमाथिको प्र्रतिशोध विरुद्ध हस्ताक्षर गरेका छन् ।
साउन ५ गतेबाट वडा तहबाटै हस्ताक्षर अभियान चलिरहेकाले वडा तहबाट संकलन भएको हस्ताक्षरको विवरण आउन बाँकी छ । हस्ताक्षर अभियानको संयोजक सहकोषाध्यक्ष दिपक बोहराका अनुसार यो अभियान ९० दिनका लागि भनिए पनि अब भने लामो समय चल्ने छ । हस्ताक्षर अभियानले रास्वपा र रवि लामिछानेमाथि राज्यले देखाएको प्रतिसोध जनताले बुझेको पुष्टि भएको भन्दै यसलाई मिनि जनमत संग्रहकै रुपमा लिनु पर्ने उनी बताउँछन् ।
रास्वपाको हस्ताक्षर अभियानमा देखिएको यहि उत्साह सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेलाई असह्या भएको छ । पछिल्लो समय संसदमा नेपाली कांग्रेसका सांसदले हरेक दिन हस्ताक्षर अभियान विरुद्ध समय खर्चीएका छन् । उनीहरुको माग हस्ताक्षर अभियान बन्द गराउनुपर्ने छ ।
नेकपा एमाले सांसदहरुले पनि उनीहरुकै बोलीमा सहि मिलाउँदै हस्ताक्षर अभियानले अदालत प्रभावित पार्न खोजे अभिव्यक्ती दिन्छन् । तर उनीहरु फेरी भन्छन्,हस्ताक्षर अभियानको कुुनै अर्थ छ्रैन ।
खासमा भन्ने हो भने हस्ताक्षर अभियानको पावर नेपाली कांग्रेस र नेकपा एमालेले जति रास्वपाले पनि बुुझेको छैन । किनकी कांग्रेसकै सांसद तथा प्रतिसोधको राजनीति गर्नूहुँदैन भन्ने नेता चन्द्र भण्डारीले एक टेलिभिजनमा अन्तवार्ता दिदै कांग्रेसको हस्ताक्षर अभियान बारे खुलाएका छन् । उनले नेपाली कांग्रेसले पनि गिरीजा प्रसाद कोइरालाको नेतृत्वमा व्यवस्थाको विरोधमा हस्ताक्षर अभियान चलाएको बताएका थिए ।
अहिले हस्ताक्षर अभियान अर्थहिन भन्ने अधिकांश एमालेका नेताहरु हिजो विद्यार्थी राजनीतिबाट आएका छन् र उनीहरुले पनि दर्जनौ पटक आन्दोलनका रुपमा हस्ताक्षर अभियान चलाएका थिए ।
उनीहरुले भने जस्तै रास्वपाले चलाएको हस्ताक्षर अभियानको प्रभाव के पर्छ त्यो समयले देखाउला तर केपी ओलीले खिस्यीटियुरी गर्नका लागी नै भने पनि ३ करोड हस्ताक्षर पुग्ने डर उनीहरुमा पलाएको भने साँचो हो । केपी ओलीले मंगलबार मात्रै एक कार्यक्रममा कतै ३ करोड हस्ताक्षर पुर्याउला भन्ने डर भयो भन्दै व्यांग्य गरेका थिए ।
यो डरको पछिको मुख्य कारण रास्वपाका पार्टी कार्यालयमा आएर आफ्नै नेता कार्यकर्ताहरुले पार्टीको सदस्यता च्यात्न लाग्नु हो । गाउँ गाउँबाट सदस्य त्याग्दै फेसबुकमा पोष्ट गर्नेहरुको हो ।
यी गतिविधिहरु रवि लामिछाने प्रति आम नागरिकले देखाएको सद्भाव हो, उनीमाथि भएको प्रतिशोधका विरुद्ध राज्यलाई दिएको चुनौती हो । हस्ताक्षर अभियानका संयोजक दीपक बोहोरा भन्छन् यो रास्वपाको संगठन विस्तार हो र ८४ को आधार तयार गरिएको हो । प्रश्न उठिरहेका छन्, संकलन गरिएका यी हस्ताक्षर कहाँ लगेर कसलाई बुुझाउने, कसलाई देखाउने, कानुनीरुपमा यी हस्ताक्षरको के अर्थ ?
हामीले यी प्रश्नको जवाफ कारागारमा रहेको रवि लामिछानेसँग साधिदिन उनको सचिवालयलाई आग्रह गरेका थियौँ । सचिवालयमार्फत रविले बताए अनुसार यी हस्ताक्षहरु, परिवर्तन चाहेका नागकिरले देखेका सपना, रविमाथि गरेका आशा र राज्यले साँधेको प्रतिशोध अनि अलोकतान्त्रिक गठबन्धनको सरकार र सरकारको निगाहमा चल्ने राज्यका निकायहरुलाई दिएको सांकेतिक घण्टी हो ।
राजनीतिकरुपमा गहिरो अर्थ बोक्ने हस्ताक्षरलाई रास्वपाले आफ्नो सम्पत्तिका रुपमा राख्ने जनाएको छ । तर हस्ताक्षर संकलनबाट फुर्कीएका रास्वपाका लागि गम्भिर प्रश्न भने बाँकी छ । त्यो हो, नागरिकबाट हस्ताक्षरकारुपमा पाएको यो विश्वास र भरोसलाई कसरी सम्बोध गर्ने ? जनताले दिएको अमूल्य समर्थनलाई ब्यालेटको पुँजीका रुपमा कसरी संस्थागत गर्ने ?
राजनीतिक अभियानमा नागरिकले साथ दिनु सफलता हो, भविष्यमा अर्को कुनै दलले सहि एजेण्ड उठाएर हस्ताक्षर अभियान चलायो भने रास्वपाले संकलन गरेको हस्ताक्षरको दोब्बर ल्याउँदैनन् भन्न सकिन्न । किनकी मानिसहरु अब बुझ्ने भएका छन् । उनीहरु आफ्नो मतको मात्रै होइन, आफ्नो उपस्थितिको पनि अर्थ र नतिजा चाहन्छन् । रास्वपाको हस्ताक्षर अभियानमा सहभागी भएका नागरिकहरुले यसको अर्थ बुझेका छन्, र नतिजा कुरीरहेका छन् ।
रास्वापले स्वीकार्नु पर्ने एउटै कुरा के हो भने अहिले प्रतिसोध विरुद्ध हस्ताक्षर गरेको सबैजना रास्वपाका सदस्य वा कार्यकर्ता होइनन । उनीहरु रवि लामिछानेमाथि राज्यले साँधेको प्रतिसोध विरुद्ध उभिएका हुन् । उनीहरु मध्ये कोही पूराना राजनीतिक दलबाट आजित भएर त कोही रास्वपाबाट परिवर्तनको आशा गरेर हस्ताक्षर गर्न आइपुुगेका हुुन् । केहीलाई पूराना दललाई सबक सिकाउनुु छ कोही लामिछाने पत्रकारहुँदा उनले गरेको सत्कर्मबाट प्रभावित भएकाहरु छन् । यी सबै विचारलाई एक ठाउँमा ल्याउन हस्ताक्षर अभियान सफल भएपनि यसपछि यी विचारहरुलाई स्थायीरुपमा टिकाउन, उनीहरुको विश्वास कायम राख्न रास्वपाले धेरै मेहनत गर्नु पर्नेछ ।
अहिले पनि रास्वपाका केही नेताहरुले अहिलेसम्म पनि हस्ताक्षर अभियानलाई अपनत्व लिन अनकनाएको देखिन्छ । उनीहरुको सामाजिक सञ्जाल तथा गतिविधिहरु हेर्दा उनीहरु आफ्नै पार्टीको निर्णय अनुसार अपनत्व लिन हिचकिचाएको जस्तो देखिन्छ ।
अन्य राजनीतिक दलले जनतासँग प्रत्यक्ष जोडिन अनेक प्रयास गर्दा पनि निस्प्रभावि भैरहेको सन्दर्भमा रास्वपाले अभियान घोषणा मात्रै गर्दा नागकिरले त्यसलाई सफल बनाइदिएका छन् । तर रास्वपाकै केहि नेताहरु यो सफलता रवि लामिछानेकै लागि र उनको मात्रै भए जसरी निस्कृय देखिन्छन् । केही नेताहरु पार्टीले बोलाउँदा बैठक जानु सिवाय पार्टीको अभियानमा देखिन्नन्, केही सांसदहरु संसदको बैठक जानु र घर फर्कीनु बाहेक उनीहरुको सक्रियता देखीदैन र उनीहरु नै पार्टीका अभियानमा अपनत्व लिन डराएको देखिन्छ । यस्तो प्रवृति तिनै नेता र रास्वपाका लागि पनि घातक हुन सक्छ ।
तर,रास्वपाले ३७ दिनमा करिब ३० लाख हस्ताक्षर संकलन गरेर, राजनीतिक प्रतिसोध विरुद्ध रास्वपाका नेताहरु मात्रै होइन, ३० लाख जनता पनि आन्दोलित छन् भन्ने बुुझाउन सफल भएको छ । दशकौ देखि विरासतको राजनीतिक गरेर नथाकेका पूराना दलहरुलाई आगामी निर्वाचनको परिणाम अकल्पिनिय हुनेमा सोच्न बाध्य बनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा शनिबार अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ ।शनिबार, असोज ३१, २०८३
समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।बुधबार, असोज २८, २०८३
SoftNEP Add Ons
This feature is an add-on feature and can be implemented for additional fees.