नेभिगेशन

समाज

यस्तो बन्दैछ, सवा घण्टामै काठमाडौँबाट मधेस झर्ने फास्ट ट्रयाक

काठमाडौँ तराई मधेस जोड्ने फास्ट ट्र्याक अर्थात दु्रत मार्ग । ७१ किलोमिटर स्थलमार्ग हुँदै सवा घण्टामा काठमाडौँ मधेस यात्रा गराउने राष्ट्रिय गौरवको आयोजना । नेपाली सेनाले निमार्ण गरिरहेको यो आयोजना सम्पन्न हुँदा काठमाडौँ र तराई मधेसका जिल्लाहरु निकै नजिक हुनेछन् । केही घण्टामा नै तराई मधेसबाट काठमाडौँ उक्लीन र काठमाडौँमा मधेस झर्न सकिने छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

देशको केन्द्रीय राजधानी काठमाडौँलाई करिब सवा घण्टामै जोड्ने फास्ट ट्रयाक निर्माण हुँदा तराईवासीले प्रचुर लाभ उठाउन सक्छन् । कृषि उत्पादनको लागि उर्बर मानिएको तराईका बारा, पर्सा, रौतहट, सिरहा, सर्लाही, धनुषासम्मका जिल्लाहरूले काठमाडौँलाई सहजै आफ्नो बजार बनाउन सक्छन् । 

२०७४ सालमा नेपाली सेनाले निमार्णको जिम्मा पाएर काम सुरु भएको आयोजनाको ८ वर्षमा भौतिक प्रगति ४२.१३ प्रतिशत मात्रै पुगेको छ । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला घोषणा गर्दा यसको लागत ७५ अर्ब लाग्ने अनुमान गरिएपनि लागत बढेर झण्डै २ खर्ब ११ अर्ब लगानी पुगेको छ । २०७६ भदौ १ मा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत गरिएको फास्ट ट्रयाक आव ०८०÷८१ भित्र सक्ने सम्झौता थियो । तर, कोभिड– १९ लगायतका कारण अपेक्षाकृत प्रगति हुन सकेन । सेनाले निर्माण म्याद तीन वर्ष थपेर ०८३ को चैत मसान्त र्पुयाएको छ ।

निर्धारित समयमा काम भएको भए आयोजना ०७८ को वैशाखमै निर्माण भइसक्थ्यो । सुरुमै पनि डिपिआर अनुसार १ खर्ब ७५ अर्ब लागन अनुमान गरिएको थियो । 

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार यस आयोजनामा हालसम्म ७७ अर्ब ९७ करोड रुपैयाँ बराबर खर्च भएको छ । अर्थात यो खर्च कुल लागतको ४४ प्रतिशत हो । नेपाली सेनाका अनुसार खोकना क्षेत्रको जग्गा विवाद समाधान हुन नसक्दा आयोजनाको काम प्रभावित बनेको छ भने फास्ट ट्रयाकको सुरु विन्दुमै निर्माण अघि बढ्न सकेको छैन । सुरु विन्दुमा विवाद भएपनि अन्यत्रको काम भने दु्रत गतिमै भएको नेपाली सेनाको भनाई छ । 

आयोजना अन्तर्गत सुरुङ, पुल र सडक निर्माणको काम जारी छ । ७ वटा सुरुङमध्ये २ वटा धेद्रे र लेनडाँडाको ‘ब्रेकथ्रु’ भइसकेको छ भने अन्यमा काम भइरहेको छ । ती सुरुङहरूको कुल लम्बाइ १० किमि ९७९ मिटर पर्छ । अहिले ८९ वटा पुल निर्माणाधीन छन् ।
 
आयोजनाको समष्टिगत कार्ययोजना अन्तर्गत रहेका १३ वटा निर्माण प्याकेजहरुमध्ये हालसम्म प्याकेज नं. १, २, ३, ४, ५, ६, ७, ८क, ८ख, ९क, ९ख र १० निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेको छ ।

प्याकेज नं ११ अन्तर्गत पर्ने खोकना डुकुछाप खण्डमा जग्गा अधिग्रहण र दु्रतमार्गको सुरु बिन्दु र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा समन्वय गर्ने कार्य भइरहेको छ ।

काठमाडौँ तराईरमधेश द्रुतमार्ग अर्थात फास्ट ट्रयाक सडक अन्तर्गत लेनडाँडा खण्डमा सडक निर्माण कार्य ६१ प्रतिशत सम्पन्न भएको छ । सो खण्ड अन्तर्गत ६ वटा पुल जसको कुल लम्बाई ११०७ मिटर रहेको छ भने २ वटा डबल ट्यूब सुरुङमार्गको ब्रेक थ्रु भई फिनिसिङ काम भईरहेको छ । त्यस्तै गरी ५ वटा कलभल्र्ट पूर्णरुपमा निर्माण सम्पन्न भएको छ ।

सो सडक खण्डमा ८१ मिटरका अग्लो पुलको फाउन्डेसन निर्माण गरी  सुपरस्ट्रक्चर निर्माणको काम थालिएको छ भने फास्ट ट्रयाक सडक पहिलो पुल पुल नं ३५, ३३३ मिटर लम्बाईको पुल निर्माण सम्पन्न भई सवारी साधन समेत सञ्चालन गरिएको छ ।

आयोजनाका लागि हालसम्म ५९ हजारभन्दा बढी रूखहरू कटान गरिएको छ । सेनाका अनुुसार दु्रतमार्ग ‘अलाइनमेन्ट’मा पर्ने ४२७ रोपनी क्षेत्रफल जग्गाको मुआब्जा अझै  वितरण हुन सकेको छैन । जसमध्ये अधिकांश ललितपुरको खोकनामा पर्छ । मुआब्जासम्बन्धी सम्पूर्ण काम २०७८ को वैशाखभित्र सकिने भनिएको थियो । तर, अझै सल्टिन सकेको छैन । नेपाली सेनाले १३ वटा क्लस्टर बनाएर फास्ट ट्र्याकलाई निर्माण गरिरहेको छ। 

प्रतिक्रिया दिनुहोस्
थप समाज
समग्र नेपालीलाई लज्जित तुल्याउने एउटा मुद्दा– नक्कली भुटानी शरणार्थी मुद्दा

समग्र नेपालीलाई लज्जित तुल्याउने एउटा मुद्दा– नक्कली भुटानी शरणार्थी मुद्दा

यो मुद्दा सुरु हुन्छ– १० जेठ २०८० देखि । आजभन्दा करिव तीन वर्षअघि, सुरुमा, जिल्ला सरकारी वकिलको कार्यालयले ३० जनाविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर तथा संगठित अपराधसम्बन्धी...
कक्षा १२ को नतिजा प्रकाशन

कक्षा १२ को नतिजा प्रकाशन

गत वैशाख १४-२७ गतेसम्म परीक्षा सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी थिए । जसमा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार...