नेभिगेशन

सिधाकुरा विशेष

तस्करले बेहोसिमै भारत पुर्याएर किड्नी चोरे !

काठमाडौँ । सिन्धुलीको दुधौली नगरपालिका–१ का खिलबहादुर भुजेलले अज्ञात गिरोहले आफूलाई बेहोस बनाई भारत पुर्याएर किट्नी चोरिदिएको गुनासो गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निमार्ण क्षेत्रमा ज्यामी काम गर्दै आएका भुजेललाई पोखराबाट अन्जान व्यक्तीले राम्रो कमाई हुने कामको प्रलोभन देखाएर भारत पुर्याइ किड्नी झिकेर बेहोस अवस्थामै काठमाडौँ ल्याएर छाडेको बताएका हुन् । 

सिधाकुराको सम्पर्कमा आएको भुजेलका अनुसार उनी लामो समयदेखि सडक निमार्ण लगायतका काममा मजदुरी गर्दै आएका थिए । ठेकेदार कम्पनीले कामकै शिलिशिलामा पोखरा पुर्याएपछि पोखरामै बस्दै आएका थिए । 
असारमा केही व्यक्तीले आफूलाई भारतमा राम्रो काम र कमाई हुने भन्दै फकाएर गाडीमा राखेको बताउँछन् । भारतमा लगेर आफूलाई एउटा घर भित्र बन्दक बनाइ राखेको भुजेल बताउँछन् । उनका अनुसार उक्त घरमा उनले भाँडा माझ्ने, सफा गर्ने काम गर्थे । 

भुजेलले साउनको पहिलो साता नेपाल फर्कीन भन्दै आफूले त्यहाँ गरेको कामको पैसा मागे । त्यस दिन उनलाई कालो गाडीमा बस्न भनियो । त्यसपछि आफू एकै पटक साउन १० गते काठमाडौँको कंलकीस्थित सडक पेटीमा पल्टीरहेको अवस्थामा ब्यूँझिएको बताउँछन् । 

कोटेश्वरस्थित सुमो काउण्टरका साथीले गाडीको टिकट काटिदिएपछि उनी सिन्धुली घर पुगेको बताउँछन् । 

भुजेल आइतबार साँझ मात्रै सिन्धुली पुगेका थिए । तर घर पुुगेको केही बेरमा उनको कोखा दुख्न थाल्यो । परिवारलाई दुखेको ठाउँ देखाए । त्यहाँ लामो ब्यान्डेज गरिएको थियो । परिवारका सदस्य तथा गाउँलेहरुले उनको किड्नी झिकिएको आशंका गरे । 

भुजेलले भने आफूलाई केही पनि थाहा नभएको बताइरहेका थिए । आफूलाई भारत लगेको र एकै पटक काठमाडौँका फुटपाथमा ब्यूँझिएका बताए ।

रातभरी खिलबहादुरलाई निकै गाह्रो भयो । त्यसपछि सोमबार बिहानै उनलाई सिन्धुलीकै डकाहामा रहेको समिट माउन्टेन हस्पिटल र्पुयाइयो । त्यहाँका चिकित्सक डा.नवीन बयरले उनको ब्यान्डेज खोलेर सफा गर्न खोज्दा ३० वटा टाँका लगाएको देखे । 

खिलबहादुरको किड्नी झिकिएको हुन सक्ने आफन्तहरुको शंका झन् बढ्दै गएको थियो । डा.बयरलाई पनि शंका लागेपछि भिडिओ एक्सरे गरे । एक्सरे रिपोर्टले शंका पुष्टि गर्यो । खिलबहादुर भुजेलको देब्रेतिरको मृगौला देखिएन । 

त्यसपछि भने भुजेलले आफूलाई भारतमा बेहोस बनाई किड्नी झिकेर नेपाल पठाइदिएको भेउ पाएको बताए । 

सोमबार भुजेल परिवारले स्थानीय प्रहरीमा उजुरी दिएका छन् । सिन्धुली प्रहरीले पनि उजुरी आएपछि इन्सपेक्टर सिमोन धितालको टोलीले घरमै गइ खिलबहादुर भुजेलसँग घटना विवरण बुझेको छ । अहिलेसम्म भुजेलले भनेका कुरा बाहेक अन्य तथ्यहरु नखुलेको जनाएको छ । सिन्धुली प्रहरीले मानव बेचबिखन अनुसन्धान ब्यूरोसँग समन्वय गरेर अनुसन्धान अघि बढाएको जनाएको छ । 

मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी वरिष्ठ उपरिक्षक कृष्ण प्रसाद पंगेनीका अनुसार सिन्धुलीको घटना ब्यूरोको नोटीसमा आएको आन्तरिकरुपमा अनुसन्धान सुरु गरेको बताए । 

प्रतिक्रिया दिनुहोस्
थप सिधाकुरा विशेष
चुनावको मुखमा जनतामाथि तेलको मूल्यमा झेल

चुनावको मुखमा जनतामाथि तेलको मूल्यमा झेल

अमृत ब्रान्डको तेलको मूल्य पनि ३५० रुपैयाँ लिटरबाट बढाएर ३७० रुपैयाँ पुुर्याइएको छ ।  यता, सुुर्यमुुखी तेल (सनफ्लोर) को मूल्य पनि लिटरमा ३५ रुपैयाँसम्म बढाइएको छ । अमृत,...