नेभिगेशन

समाज

नागढुंगा सुरुङमार्गको भिडियो टुरः १० मिनेटमै थानकोटबाट नौबिसे, जामको नो टेन्सन

काठमाडाैँ । नेपालमा सडक निर्माण तथा विकासको इतिहास गर्ने हो भने  राणाकालीन समयदेखि नै सडक निर्माण कार्य सुरु भएको विभिन्न अभिलेखहरू पाइन्छ । यस्ता विभिन्न प्रकाशनहरूमा प्रकाशित आलेख अनुसार पहिलो पटक वि.सं. १९९८ मा मानिसले बोकेर सवारीसाधन काठमाडौँ उपत्यकामा ल्याइएको भए तापनि वि.सं. १९८० को दशकबाटै काठमाडाैँ उपत्यकामा पहिलो सडक निर्माण सुरु भएको पाइन्छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै काठमाडौँ उपत्यका बाहिर निर्माण भएको पहिलो सडक भने ४२ कि.मि. लामो अमलेखगन्ज - भिमफेदी सडकलाई लिइने गरिएको छ । यसरी सडक निर्माण तथा विकासको एक शताब्दी लामो इतिहास भएको नेपाल अब भने इतिहासमै पहिलो पटक सुरुङ मार्गको चरणमा प्रवेश गर्दै छ ।

निर्माणको अन्तिम चरणमा रहेको काठमाडौँको नाग ढुङ्गा र धादिङको सिस्ने खोला सुरुङ मार्ग नेपालको सडक निर्माण तथा विकासको इतिहासमा पहिलो सुरुङ मार्गको रूपमा रहने छ ।वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वि.स २०७६ कार्तिक ४ गते शिलान्यास गरी निर्माणको कार्य सुरु गरिएको सो सुरुङ मार्गको लगभग निर्माणको कार्य सकिसकेको छ भने अब सञ्चालनको कार्य र कार्यविधि तयार गरी सञ्चालन गर्न मात्र बाँकी रहेको छ ।

सो सुरुङ मार्ग आयोजना अन्तर्गत मुख्य र सहायक (ईभ्याकुएसन टनेल) गरी दुई वटा मार्ग रहेका छन् जसमा मुख्य सुरुङ मार्गमा सवारी साधन सञ्चालन गरिन्छ भने सहायक सुरुङ मार्ग आपतकालिन समयमा प्रयोग गर्ने गरी निर्माण गरिएको हो ।
 
सो आयोजना अन्तर्गत पूर्वी खण्ड ( काठमाडौँ तर्फ) २.५ किमी एप्रोच सडक निमार्ण गरिएको छ भने जड अन्तर्गत बलम्बुमा निर्माण गरिएको ओभर पास अन्तिम चरणमा रहेको छ । त्यस्तै पश्चिम खण्ड (सिस्ने खोला तर्फ ) मिचिनीकी अर्थात् रोड साइड स्टेसन निर्माण गरिने भनिएकोमा जग्गा उपलब्ध नहुनाले र विभिन्न कारणले त्यो काम आधि अधुरोमा छोड्नु परेको कोइरालाले जानकारी दिए ।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री कृष्णा ज्वालाले २०८० साउन २२ गते सहायक सुरुङ मार्गको ब्रेक थ्रु गरेका थिए भने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले २०८१ वैशाख ३ गते मुख्य सुरुङ मार्गमा ब्रेक थ्रु गरेका थिए ।

हाजमा कर्पोरेशन जापानले निर्माणको जिम्मा लिएको ६ वर्ष पछि अब भने निर्माण कार्य सकेर नेपाल सरकारलाई यही अक्टोबरको अन्तिममा हस्तान्तरण गर्ने तयारी गरिरहेको कम्पनीका कन्सल्टेन्ट इन्जिनियर रमेश कोइरालाले जानकारी दिए ।

जाइकाको १६ अर्ब सहुलियत ऋण सहयोग र नेपाल सरकारको करिब ६ अर्ब गरी जम्मा २२ अर्ब लागतमा सो सुरुङ मार्गको निर्माण कार्य सम्पन्न भएको उनले बताए ।

सिस्नेखोलादेखि नागढुङ्गासम्म करिब पौने ३ किमीको दूरी रहेको सो सुरुङ मार्ग प्रयोगका लागि साउन २६ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शुल्क (ट्रेल ट्याक्स) समेत निर्धारण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाज
मतदान गरौं, यी तथ्य मनन् गरौं: कसैले चलखेल नगरुन्, मतदाताको विवेकमा अवरोध नहोस्

मतदान गरौं, यी तथ्य मनन् गरौं: कसैले चलखेल नगरुन्, मतदाताको विवेकमा अवरोध नहोस्

केही मतदाता अझै पनि कुन दल र कुन उम्मेदवारलाई भोट हाल्ने  निर्णयमा पुगिसकेका छैनन् । यसरी निर्णयमा पुगिनसकेका मतदातालाई विवेकपूर्ण निर्णय लिनकै लागि मतदानअघि ४८ घण्टाको मौन अवधि...
तेहरान युद्धको नेपाल तरंग

तेहरान युद्धको नेपाल तरंग

शनिबारदेखि पश्चिम एसिया अर्थात मध्यपूर्व फेरि अशान्त बनेको छ। भौतिक रुपमा इजरायल र अमेरिका इरानमाथि खनिएका छन्, इरानले पनि जवाफ फर्काइरहेको छ। युद्ध भइरहेको छ, त्यसको असर नेपालमा...