नेभिगेशन
सिधाकुरा विशेष
टिप्पणी

संसदमा रास्वपाको विरोधको प्रतिशोधमा उपसभामुखमाथि आक्रमण

काठमाडाैँ । मंगलबार बिहान एकाएक नेकपा एमालेले आफ्ना सांसदहरुलाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलायो आकस्किमक बहानामा । सरकारको नेतृत्व गरिरहेको दलले आफ्ना आकस्मिक बैठक बोलाउनु अहिलेको राजनीतिक परिवेशमा निकै अर्थपूर्ण थियो । हतार हतार एमालेका सांसदहरु संसदीय दलको कार्यालयमा पुगे । 

एमालेका सांसदहरुलाई पत्रकारले सोधे आज के को बैठक हो ? पत्रकारले एमाले सांसद गोकुल बास्कोटालाई प्रश्न गरे । के हुँदै छ आज यहाँ ? बास्कोटाले जवाफ दिए, ‘मलाई थाहा भएन । प्रमुख सचेतकसँग सञ्चोबिसञ्चोको कुरा भयो ।’

त्यसपछि बिभिन्न स्रोतबाट खुल्न थाल्यो, सांसदहरुले खाली पानामा हस्ताक्षर गरेर फर्किएका रहेछन् । सांसद जत्तिको मान्छेले त्यसै खाली पानामा हस्ताक्षर गरे होलान् ? अन्योलता झनै बढ्दै गयो । त्यसपछि एमालेका अर्का सांसद योगेश भट्टराईलाई सोधियो खाली पानामा हस्ताक्षर के का लागि ? भट्टराईले पनि अरुले नपत्याए पनि आफ्नै पारामा जवाफ दिए ।  

सांसदहरुलाई एमालेले मात्र होइन कांग्रेसले पनि त्यसैगरी आफ्ना सांसदहरुलाई आकस्मिक बैठकको बहना बनाएर संसदीय दलको कार्यालयमा बोलाएको थियो । कांग्रेसका सांसदहरुले पनि त्यसै गरे जसो एमालेका सांसदहरुले गरेका थिए । कांग्रेस सांसद दुर्लव थापाले उपसभामुखलाई महाभियोग लगाउनको लागि सांसदहरुको हस्ताक्षर संकलन भएको खुलाईदिए ।

एमालेका सांसदहरुले जति नै टार्न खोजेपनि उनीहरुले खाली पानामा हस्ताक्षर गर्नुका पछाडीको कारण छिपेको थिएन । सोमबार नै बालुटारमा बसेको कांग्रेस एमालेका नेताहरुको बैठकले उपसभामुखलाई हटाउनले प्रक्रिया बढाउने निर्णय गरिसकेका थिए । 

दिनभर नेपालको राजनीति यही विषयमा केन्द्रीत रुह्यो । माओवादीले यसलाई गलत निर्णय हुन लाग्यो भनेर विरोध गर्ने बतायो, रास्वपाले प्रमाणित गर्न चुनौति दियो, समाजवादी हस्ताक्षर नगर्ने भन्यो, राप्रपाले यसलाई संवैधानि व्यवस्थाको दुरुपयोग भन्यो, नाउपाले गर्ने नगर्ने निर्णय गरेन । सोही बिचमा सत्तरुढ दलको बैठक कांग्रेस संसदीय दलको कार्यालयमा बस्यो । 

बाहिर आएर एमालेका प्रमुख सचेतक बर्तौलाले भने उपसभामुखलाई माहाभियोग लगाउनेबारे कुनै छलफल भएको छैन । 

सोही बैठकमा रहेका जनता समाजवादी पार्टीका नेता वीरेन्द्र महतोले उपसभामुख नेपालमा नरहेकाले स्वदेश फर्किएपछि यसबारे छलफल गरेर आवश्यक निर्णय लिइने जानकारी गराए । 

उनको भनाइबाट उपसभामुखलाई हटाउने विषयमा सत्तापक्ष तत्काल पछि हटेको बुझिएको छ । र खाली पानामा गरिएको हस्ताक्षर जुनसुनै बेला कुनै पनि प्रयोजनका लागि प्रयोग हुनसक्ने आँकलन गरिएको छ । 

आजै विपक्षी दलको पनि बैठक बसेको थियो । संघीय संसद्का विपक्षी दलहरुले उपसभामुख इन्दिरा रानालाई हटाउने षड्यन्त्रको सशक्त प्रतिवाद गर्ने निर्णय गरेका छन् । माओवादी, रास्वपा, एकिकृत समाजवादीका नेताहरु सम्मिलित बैठकले संवैधानिक परिषद्को अवस्थालाई लिएर पटक–पटक उपसभामुखलाई हटाउने प्रयास भएको भन्दै यस्तो कदम राष्ट्रका लागि ठिक नभएको निष्कर्ष निकाले ।

हुन त उपसभामुखलाई महाभियोग लगाउने विषय अहिले भर्खरै उठेको होइन । एक वर्षअघि नै उनलाई महाभियोग लगाउने भनेर सत्तारुढ दलले तयारी थालेका थिए । तर चर्को आलोचना भएपछि उनीहरु पछि हटेका थिए । 
तर पछिल्लो समय जेठ १३ गतेदेखि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले निरन्तर संसद अवरुद्ध गर्दै आएको छ । उसको माग छ भिजिट भिसा प्रकरणमा संसदीय विशेष छानबिन समिति वा उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्यो ।

यसमा राप्रपाको पनि साथ रहँदै आएको छ । रास्वपाले भिजिट भिसा प्रकरणलाई मानव तस्करीको संज्ञा दिदै निरन्तर सदन बहिष्कार गर्दै आएको छ । यसमा गृहमन्त्रीकै परोक्ष संलग्नता रहेको रास्वपाको ठहर छ । 
रास्वपाबाटै उपसभामुख बनेकी रानाले २०७९ माघ ७ मा संयुक्त राष्ट्रसंघको महिलाको स्थिति सम्बन्धी आयोगको सातौं सम्मेलनमा सहभागी हुन आफूसँगै जाने ५ जना व्यक्तिलाई अमेरिकाको भिसा अन्तर्वार्ताको मिति अघि सारिदिन सिफारिस गर्दै अमेरिकी दुतावासलाई पत्र लेखेकी थिइन् । 

त्यो पत्र पदीय मर्यादा विपरित रहेको भन्दै उनलाई पदमुक्त गर्न त्यतिबेलै माग उठेको थियो । तर, अहिले गृहमन्त्रीको भिजिट भिसा प्रकरणमा निरन्तर संसद बहिष्कार गर्दै आएको रास्वपालाई देखाईदिन इन्दिरा कार्ड पुनः खेलिएको देखिन्छ । 

अर्कोतर्फ यो विषय संवैधानिक परिषद्सँग जोडिएको छ । उपसभामुख परिषद्को सदस्य हुने संवैधानिक व्यवस्था छ । सबै संवैधानिक नियुक्तिमा परिषद्को हरेक सदस्यको भूमिका हुन्छ । अझ नियुक्तिमा बहुमत र अल्पमतले ठुलो नियुक्तीमा खास फरक पर्छ । 

संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष रहन्छन् भने प्रधानन्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलको नेता, प्रतिनिधि सभाका उपसभामुख सदस्य रहने व्यवस्था छ ।
सोझो तरिकाले हेर्दा अहिले परिषद्मा कांग्रेसका कोही पनि सदस्य छैनन् । एक जनालाई हटाएर कांग्रेसको सदस्य घुसाउनु छ । अर्कोतर्फ प्रधानमन्त्रीलाई संवैधानिक नियुक्तिमा सत्तारुढ दलबीच भागबन्डा गरेर सत्ता कब्जा गर्नेगरी नियुुक्त गर्नुु छ । जसलाई परिषद्मा  बहुमत अभावले अप्ठ्यारो छ । 

गत वर्ष भदौमा पनि उपसभामुख रानालाई हटाउन खोजिएको थियो । तर, सत्तारुढ दल सफल भएनन् । त्यसपछि संवैधानिक परिषद् सम्बन्धि विधेयकमा संसोधन गरेर सत्तारुढ दलले बहुमत सम्बन्धि व्यवस्था नै हटाएर नियुक्तिमा चलखेल गर्न सकिने गरी विधेयक संसदबाट पास गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइएको थियो ।

तर, त्यसलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत नगरी फिर्ता पठाइदिए । आफु अनुकुल नियुक्त गर्न नसकेपछि अहिले सरकारले निर्वाचन आयोग, वित्त आयोग जस्ता निकायलाई नेतृत्वबिहिन बनाएर राखेको छ । कतै उपाय नलागेपछि उपसभामुख रानालाई हटाउन सके परिषद्मा आफूहरुको बहुमत पुग्ने हुनाले पनि सत्ताधारी दल कांग्रेस र एमाले उनलाई हटाउन चाहन्छन् ।

तर, यसपटक कांगेसका शेखर समुह र महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माले देउवा र ओलीको कदमलाई मंगलबार साँझसम्म साथ दिएका छैनन् । बिपक्षी दल र आलोचना गर्नेहरुविरुद्ध एकपछि अर्को गर्दै डण्डा चलाईरहेको ओली देउवा गठबन्धन यस पटक पनि उपसभामुखमाथि खनिए तर आजका लागि सफल भएनन् । देशका तमाम समस्या एकातिर थाति राखेर सरकार फेरि उपसभामुख तर्फ लागेको देखेर जनता सत्ता गठबन्धनलाई गिज्याईरहेका छन् । 

यहाँ रास्वपाका सांसद एवम् पार्टी प्रवक्ता मनिष झाको अभिव्यक्ति मेल खान्छ, ‘खेतीमा व्यस्त किसानले मल दिने सरकार खोजिरहेको छ । उखु किसानले भुक्तानी दिलाइदिने सरकार खोजिरहेको छ । दुग्ध किसानले बक्यौता दिने सरकार खोजिरहेको छ ...तर, माफ गर्नुहोला तपाईँले खोज्नुभएको सरकार अहिले हस्ताक्षर सङ्कलनमा व्यस्त छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सिधाकुरा विशेष
संसद् भवन निर्माणको काम कार्यतालिकाअनुसार सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको निर्देशन

संसद् भवन निर्माणको काम कार्यतालिकाअनुसार सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको निर्देशन

सिंहदरबारभित्र निर्माणाधीन संसद् भवनमा संसदीय समिति, प्रधानमन्त्री, राष्ट्रपतिसहित सबै नागरिकको चासो जोडिएको भन्दै उनले कुनै पनि अवस्थामा समयमै काम हुनुपर्ने बताए ।
चट्याङ लागेर एकको मृत्यु, सात घाइते

चट्याङ लागेर एकको मृत्यु, सात घाइते

स्थानीय पालबहादुर घलानको घरमा किरियाको कामकाजको सहजताका लागि आएको बेला मंगलबार दिउँसो अचानक परेको चट्याङ लागेर स्थानीय ४२ वर्षीय विशाल ब्लोनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता...
सर्वोच्च अदालतको निर्णय विरुद्ध जसपा नेपाल निकट विद्यार्थी सङ्गठन आन्दोलीत

सर्वोच्च अदालतको निर्णय विरुद्ध जसपा नेपाल निकट विद्यार्थी सङ्गठन आन्दोलीत

सर्वोच्च अदालतले १८ वर्षअघि भएको गौर घटनामा जारी गरेको परमादेशको विरुद्धमा जसपा नेपाल निकट विद्यार्थी सङ्गठन काठमाडौँको माइतीघरमा विरोध प्रदर्शनमा उत्रिएका हुन । जनता विरोधी भूमि अध्यादेशमा जसपा...
गण्डकीले ल्यायो घरेलु मदिरा ऐन, उत्पादनका लागि प्रदेश सरकारबाट इजाजतपत्र लिनुपर्ने

गण्डकीले ल्यायो घरेलु मदिरा ऐन, उत्पादनका लागि प्रदेश सरकारबाट इजाजतपत्र लिनुपर्ने

प्रदेश सरकारले घरेलु मदिरासम्बन्धी विधेयकलाई गत चैत १४ गते प्रदेशसभामा प्रस्तुत गरेको थियो । त्यसअघि प्रदेश सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममार्फत घरेलु मदिरालाई कानुनी मान्यता दिने घोषणा...

भर्खरै