नेभिगेशन
समाज

रास्वपाले किन गर्यो सभामुखले बोलाएको बैठक बहिष्कार ?

काठमाडौँ । विघटित प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद् विघटनपछि पहिलो पटक बोलाएको दलहरूको बैठक राष्ट्रिय स्वतन्त्र पार्टीले बहिष्कार गरेको छ । नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा सहितका दलहरूका प्रमुख सचेतकहरू बैठकमा सहभागी हुँदा रास्वपाका प्रमुख सचेतक सन्तोष परियार भने बैठकमा सहभागी छैनन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाका एक पदाधिकारीका अनुसार सभामुख देवराज घिमिरेले बैठकको एजेन्डा नै संसद् पुनर्स्थापनाका लागि छलफल भएकाले रास्वपाले बहिष्कार गरेको बताए । उनले भने, 'सभामुखले बोलाएको बैठकको एजेन्डा नै संसद् पुनर्स्थापनाका लागि छलफल भन्ने छ, रास्वपा अहिले संसद् पुनर्स्थापनाका पक्षमा छैन, त्यसैले रास्वपाले सभमुखसँगको बैठक बहिष्कार गरेको हो ।'

Ncell
Extreme Energy

उनका अनुसार भ्रष्टाचार र तत्कालीन सरकारका विरुद्धमा भएको प्रदर्शनपछि विघटित संसद्लाई पुनर्स्थापना गर्न खोज्नु भनेको फेरी तिनै दल र नेतालाई सत्ता चढाउने खेल भएकाले रास्वपा पुनर्स्थापनाको पक्षमा छैन । 
'भ्रष्टाचार र सरकारका अकर्मण्यताका विरुद्ध लड्दा दर्जनौँ सहिद भएका छन्, सडकमा रगत सुकेको छैन, फेरी संसद् ब्युँताउने प्रयास गर्नु भनेको परिवर्तनको विरुद्धमा उभिनु हो' उनले भने, 'हामी जेन-जीले खोजेको परिवर्तनको पक्षमा छौँ, निर्वाचनका लागि जुनसुकै छलफलमा बस्न तयार छौँ, संसद् पुनर्स्थापनाको माग रास्वपाले स्वीकार गर्दैन ।'

सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा उपसभामुख इन्दिरा राना सहित नेपाली काँग्रेसका श्याम घिमिरे,एमालेका महेश बर्तौला,माओवादी केन्द्रका हितराज पाण्डे,राप्रपाका ज्ञानेन्द्र शाही,नेकपा एसका राजेन्द्र पाण्डे,जसपाकी रेखा यादवलगायत सहभागी छन् ।
सभामुखले बोलाएको बैठक विघटित प्रतिनिधि सभाको चौथो ठुलो दल रास्वपाले बहिष्कार गरेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चीनलाई काउन्टर दिन भारतले अघि सारेको परियोजनाविरुद्ध ठूलो प्रदर्शन, ४० प्रहरी घाइते

चीनलाई काउन्टर दिन भारतले अघि सारेको परियोजनाविरुद्ध ठूलो प्रदर्शन, ४० प्रहरी घाइते

चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध परियोजनाको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच भारतको अरुणाचल प्रदेशमा झडप भएको छ ।
राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सकल्प पूजा गराएका थिए । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेका थिए । नवदुर्गाका मूल नाइके इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद...
एनपीएल विजेताले डेढ करोड पाउने,  दोस्रो हुनेले ८० लाख

एनपीएल विजेताले डेढ करोड पाउने, दोस्रो हुनेले ८० लाख

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विजेताले विजेताले डेढ करोड रुपैयाँ पुरस्कार पाउनेछन्।नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दोस्रो हुनेले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो स्थान...
सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

अरुण दुधकोसीको त्रिवेणी क्षेत्र नजिकै बोटको इञ्जिन फेल हुँदा भएका दूर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।