नेभिगेशन
समाज

रास्वपाले किन गर्यो सभामुखले बोलाएको बैठक बहिष्कार ?

काठमाडौँ । विघटित प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद् विघटनपछि पहिलो पटक बोलाएको दलहरूको बैठक राष्ट्रिय स्वतन्त्र पार्टीले बहिष्कार गरेको छ । नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा सहितका दलहरूका प्रमुख सचेतकहरू बैठकमा सहभागी हुँदा रास्वपाका प्रमुख सचेतक सन्तोष परियार भने बैठकमा सहभागी छैनन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाका एक पदाधिकारीका अनुसार सभामुख देवराज घिमिरेले बैठकको एजेन्डा नै संसद् पुनर्स्थापनाका लागि छलफल भएकाले रास्वपाले बहिष्कार गरेको बताए । उनले भने, 'सभामुखले बोलाएको बैठकको एजेन्डा नै संसद् पुनर्स्थापनाका लागि छलफल भन्ने छ, रास्वपा अहिले संसद् पुनर्स्थापनाका पक्षमा छैन, त्यसैले रास्वपाले सभमुखसँगको बैठक बहिष्कार गरेको हो ।'

Ncell
Extreme Energy

उनका अनुसार भ्रष्टाचार र तत्कालीन सरकारका विरुद्धमा भएको प्रदर्शनपछि विघटित संसद्लाई पुनर्स्थापना गर्न खोज्नु भनेको फेरी तिनै दल र नेतालाई सत्ता चढाउने खेल भएकाले रास्वपा पुनर्स्थापनाको पक्षमा छैन । 
'भ्रष्टाचार र सरकारका अकर्मण्यताका विरुद्ध लड्दा दर्जनौँ सहिद भएका छन्, सडकमा रगत सुकेको छैन, फेरी संसद् ब्युँताउने प्रयास गर्नु भनेको परिवर्तनको विरुद्धमा उभिनु हो' उनले भने, 'हामी जेन-जीले खोजेको परिवर्तनको पक्षमा छौँ, निर्वाचनका लागि जुनसुकै छलफलमा बस्न तयार छौँ, संसद् पुनर्स्थापनाको माग रास्वपाले स्वीकार गर्दैन ।'

सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा उपसभामुख इन्दिरा राना सहित नेपाली काँग्रेसका श्याम घिमिरे,एमालेका महेश बर्तौला,माओवादी केन्द्रका हितराज पाण्डे,राप्रपाका ज्ञानेन्द्र शाही,नेकपा एसका राजेन्द्र पाण्डे,जसपाकी रेखा यादवलगायत सहभागी छन् ।
सभामुखले बोलाएको बैठक विघटित प्रतिनिधि सभाको चौथो ठुलो दल रास्वपाले बहिष्कार गरेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

बैठकले नयाँ दिल्लीमा आयोजना हुने नेपाल–इन्डिया इन्टर–गभर्मेन्टल सब–कमिटिको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ ।
मन्त्रिपरिषद्का यी हुन् ७ निर्णय

मन्त्रिपरिषद्का यी हुन् ७ निर्णय

सरकारले आगामी असोज ६ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको छ।
भोटेकोशी बाढीः पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने

भोटेकोशी बाढीः पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने

यसैगरी ६९ किलोमिटर सडक खण्ड क्षतिग्रस्त भएको छ। ३३ वटा मोटरेबल पुल बगेका छन् भने ४ वटामा आंशिक क्षति पुगेको छ। यस्तै, बाढी प्रभावित क्षेत्रमा रहेका ६४ वटा...
राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः सोविता गौतम

राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः सोविता गौतम

राष्ट्रियसभाको आजको बैठकमा समय माग गरेर समसामयिक विषयमा आफ्ना धारणा राख्दै उनले भदौ २३ गते जेनजी परिवारले आयोजना गरेको कार्यक्रममा आफूले तथ्य बाहिर गएर केही नभनेको प्रष्ट पारिन्...