नेभिगेशन
मुख्य समाचार

सरकारको भूमिकामाथि कटाक्ष गर्दै सुदन गुरुङ भन्छन् ‘लाग्दैछ आन्दोलन हार्दैछ’

काठमाडाैँ । जेनजी अभियन्ता सुदन गुरुङले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गुरुङले आन्दोलन हार्दै गरेको अनुभूति भएको भनेका छन् । खासगरी उनले गृहमन्त्री ओमप्रकाश अर्यालसँग चर्को असन्तुष्टि व्यक्त गरेका छन् ।

जेनजी आन्दोलनका अभियन्ता डा। निकोलस भुसाल पक्राउ गरेकोमा उनले गृहमन्त्री अर्यालसँग असन्तुष्टि पोखेका छन् । निकोलस भुसाल र एमाले नेता महेश बस्नेतको अभिव्यक्ति एकै प्रकृतिको भए पनि गृहमन्त्री अर्यालले भुसाललाई मात्रै पक्राउ गरेकामा उनले असन्तुष्टि जनाएका छन् ।

CG

उनले भनेका छन् ‘निकोलस भुसाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो, गृहमन्त्रीज्यू रु अनि किन निकोलस मात्रै पक्राउ परे रु कि शक्तिशालीलाई नछुने ओली सरकारकै पारामा ढल्किनु भएको हो ?’ अभियन्ता गुरुङले बन्द कोठाबाट खबरदारी गर्दा गर्दै थाकेर बाहिरै मुखरित हुन परेको पनि उल्लेख गरेका छन् । ‘बन्द कोठामा प्रश्न गर्दा गर्दा थाकेर आएको अभिव्यक्ति हो यो ’ 

उनले सरकारको कारबाही हेर्दा आन्दोलन नै हार्ने अवस्थामा प’दै गरेको आभास भएको पनि उल्लेख गरेका छन् । अभियन्ता गुरुङ थप्छ भन्छन् ‘लाग्छ, आन्दोलन हार्दैछ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सुनको मूल्य प्रतितोला तीन लाख ९ हजार तीन सय

सुनको मूल्य प्रतितोला तीन लाख ९ हजार तीन सय

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु छ हजार ८७० कायम भएको छ...
सुदूरपश्चिम दौडाहामा रास्वपा वरिष्ठ नेता बालेन शाह

सुदूरपश्चिम दौडाहामा रास्वपा वरिष्ठ नेता बालेन शाह

सुदूरपश्चिम दौडाहामा रहेको वरिष्ठ नेता शाह मंगलबार कैलाली तथा कञ्चनपुरका विभिन्न क्षेत्रहरुमा जनसम्पर्क तथा अभिवादन अभियान कार्यक्रममा सहभागि हुृने उनको सचिवालयले जनाएको छ । कैलालीको टिकापुरबाट सुरुहुने नेता...
चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

सोमबार घाँस दाउरा गर्न घर नजिकैको मरड खोला गएका उनलाई गैँडाले आक्रमण गरेको थियो । गैँडाको आक्रमणबाट गम्भीर घाइते भट्टराईको उपचारका क्रममा सोमबार राति चितवन मेडिकल कलेजमा मृत्यु...
चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

आयोगले बैंक खाता बन्द गर्न लगाउँदासम्म सञ्चालन हुने गरी उक्त आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा खाता खोल्न सकिने उल्लेख गरिएको छ । आमनिर्वाचन...