नेभिगेशन
नेताका कुरा

रास्वपाको समानुपातिक सांसदको उम्मेदवार कसरी छानिन्छन् ?

काठमाडौँ । केही समय अघिसम्म रास्वपाका नेताहरु भन्थे हामी मिसन ८४ को तयारीमा छौँ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाका अधिकांस नेताहरु संसददेखि पार्टीका कार्यक्रममा ८४ मा देखाईदिने भन्दै यथास्थितिवादी दलका नेताहरु खुल्लम खुल्ला चेतावनी दिदै भ्रष्टाचार र वेथितिका विरुद्धमा बोल्थे ।

Everest cinsult

कांग्रेस एमाले र माओवादीबाट वाक्क भएका जनाताहरु रास्वपाको मिसन ८४ लाई ब्यालेटबाटै देखाउने अवसरका रुपमा बुुझ्थे । 

तर, राजनीतिको बढ्दो उचाई, लोकप्रियतासंगै पुराना दलका नेताहरुमाथिको खबरदारीकै कारण रास्वपा सभापति रवि लामिछानेलाई गत वर्ष प्रतिशोधपूर्ण मुद्दा बनाएर कांग्रेस एमाले  सरकारले पक्राउ गर्यो । 

८४ मा देखाइदिने बताउँदै आएका रविलाई ८१ मै कांग्रेस एमालेले जेलमा पुु¥याएर देखाए । लगत्तै देशभरका रास्वपा कार्यकर्ता कांग्रेस एमालेको सत्तासँग रुष्ट बने । रविमाथि साँधिएको राजनीतिक प्रतिशोधविरुद्ध देशैभर रास्वपा आन्दोलित बन्यो ।

कांगेस एमालेका नेता कार्यकर्तासमेत आफ्ना नेता र पार्टीसँग वाक्क भए । रविलाई कांग्रेस एमालेले गरेको व्यवहार अधिक शक्ति दुरुपयोगको मानवता विरोधी अपराधको रुपमा चित्रित भयो । रविलाई न्यायका लागि ४५ लाख मानिसले ऐक्यवद्धताको हस्ताक्षर गरे । यही बेला रास्वपाका कार्यकर्ताहरुले सामूहिक खबरदारी गर्दै भने ‘‘कतिसम्म गरौला, ८४ मा हेरौँला ।’’

तर, समयले कुरेन । उनीहरुले कुरेको आवधिक निर्वाचन त ८२ मै आयो । अर्थात ८४ त ८२ मै आयो । भदौ २३ को जेनजी आन्दोलन र यसमा कांग्रेस एमालेले गरेको मानवता विरोधी बर्बर दमनको अपराधले २४ भदौ घट्न पुुग्यो । कांग्रेस एमालेको दुुईतिहाइको सत्ता ५ घण्टामै हेलिकप्टर चढेर भाग्नु प¥यो ।  
 
जेनजी आन्दोलन पछिको विषम परिस्थितिमा बनेको अन्तरिम सरकार निर्वाचन गराउन सक्रिय छ । तोकिएको फागुन २१ मै संसदीय निर्वाचन गराएर संक्रमणबाट सत्तालाई संविधानको ट्रयाकमा फर्काउने सरकारका प्रधानमन्त्री सुुसिला कार्कीले बताएकी छिन् । 

अन्य दलहरु निर्वाचनको तयारीमा उत्साहित नदेखिए पनि रास्वपा भने फागुन २१ को निर्वाचनका लागि कम्मर कसेर लागेको छ । परम्परागत दलका भन्दा स्वच्छ, क्षमतावान र पारदर्शी व्यक्तिलाई उम्मेदवार बनाएर निर्वाचन लड्न रास्वपाले प्रक्रियालाई सुरु गरिसकेको छ र रास्वपा मिसन ८४ लाई ८२ मै फर्काउने अभियानमा लागेको छ ।  

सो पार्टीका अनुसार फागुन २१ को निर्वाचनका लागि अहिले समानुुपातिक सांसद सदस्य छान्नका लागि खुला आह्वान चलिरहेको छ ।

रास्वपाकाअनुसार विभिन्न अध्यनयनहरुबाट अहिले रास्वपा नेपालको सबै भन्दा लोकप्रिय राजनीतिक दल हो र यसका नेता रवि लामिछाने पनि अत्याधिक लोकप्रिय नेताका रुपमा रहेका छन् । यही पृष्ठभूमीमा निर्वाचनमा होमिएको रास्वपा दुुई तिहाई बहुमतका साथ सत्ताको नेतृत्व गर्ने र देशको आमुुल परिवर्तन सुरु गर्ने होडमा छ ।

यही पृष्ठभूमीमा उसले पार्टी सदस्य लिएका वा लिएर समानुुपातिक सांसदको उम्मेदवार बन्न पार्टीका नेता, कार्यकर्ता र शुुभेच्छुकहरुलाई आग्रह गरेको छ ।

कसरी बन्ने रास्वपाको समानुुपातिक उम्मेदबार ?

रास्वपाका अनुसार रास्वपाको आगामी निर्वाचनको समानुपातिक उम्मेदवार बन्न सबै भन्दा पहिले पार्टी सदस्यता भएको व्यक्ति हुनुुपर्छ । निर्वाचन ऐनले उम्मेदवार हुन कायम गरेको कानुुनी योग्यताका साथ रास्वपाले तोकेको योग्यता पनि उम्मेदवारका लागि जरुरी हुन्छ ।

यस्ता उम्मेदवारले ५० हजार रुपैयाँ शुुल्कसहित उम्मेदवारीको निवेदन रास्वपाको मोबाइल एप वा ह्वाट्सएप अथवा उम्मेदवार छनोट समितिका संयोजक एवम् पार्टीका सहमहामन्त्री विपिन कुुमार आचार्यलाई सम्पर्क गर्नुपर्नेछ । 
 
कति चाहिन्छ योग्यता ?

निर्वाचन कानुनले तोकेको बाहेक थप दुुई वटा विषय थप गरेर रास्वपाले आफ्नो पार्टीको उम्मेदवार बनाउने घोषणा गरेको छ । नेपालमा उन्नत राजनीतिक अभ्यास सुरु गर्न, क्षमतावान व्यक्तिलाई राजनीतिमा ल्याउन र पुराना दलले पैसामा किनबेच गरेको समानुपातिक प्रणालीको  गरिमा वृद्धिका लागि यस्तो मापदण्ड बनाइएको रास्वपाका प्रवक्ता मनिष झा बताउँछन् । 

उनकाअनुसार पार्टीको विधान र व्यक्तिको इमान्दारीता र स्वच्छताको स्वघोषणा अहिले उम्मेदवार छान्न अनिवार्य बनाइएको छ । विधानअनुसार पार्टीको केन्द्रीय अनुशासन आयोगलाई सम्पत्ति विवरण र प्रहरी रिपोर्ट पेश गरेको व्यक्ति उम्मेदवार बन्नसक्छ । यस्तै, पार्टीले जारी गरेको पार्टीको मूल्य मान्यता प्रस्ट्याउने दस्तावेजहरूप्रति प्रतिबद्ध रहेको, अन्य राजनीतिक पार्टी त्याग गरेको व्यक्ति निर्वाचनमा सहभागी हुन पाउँछन ।

थप स्वघोषणा/योग्यता

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन र पार्टी विधानमा उल्लेख गरिएका योग्यता बाहेक थप ५ वटा स्वघोषणालाई योग्यताका रुपमा रास्वपाले थप गरेको छ । जसमा सार्वजनिक पदको दुरुपयोग नगरेको, शैक्षिक प्रमाणपत्रको प्रमाणीकरण भएको, वैवाहिक अवस्थाको वैध स्पष्टता भएको, सार्वजनिक रूपमा प्रमाणित (अनलाइनसहित) घृणात्मक अभिव्यक्ति, दुव्र्यवहार÷धम्की, जात –लिंग–आधारित अपमान, वा कमजोर समूहको शोषणजस्ता आचरण नगरेको र आफू वा आफ्ना परिवारका सदस्यहरूले उम्मेदवारीको समयदेखि प्रतिनिधि सभा सदस्यको सम्पूर्ण पदावधिभर एक–अर्काका आधारभूत आवश्यकताहरू स्थिर रूपमा पूरा गर्न सक्ने नियमित र पारदर्शी आम्दानी–स्रोत भएको स्वघोषणा गर्नुपर्ने रास्वपाले जनाएको छ । 

बन्न सक्छ ऐतिहासिक निर्वाचन

जेनजी आन्दोलन पछि मात्रै ८ लाख ३८ हजार नयाँ मतदाता थपिएका छन् । विदेशमा रहेको नेपालीलाई समेत मताधिकार दिन खोजिएको यो निर्वाचन आफैंमा ऐतिहासिक हुने अनुमान गरिएको छ । 

यदी प्रवासमा रहेका ४० लाख हाराहारी मध्ये आधा मात्रै नेपाली मात्रै पनि निर्वाचनमा सहभागी हुुने परिस्थिति बन्यो भने झण्डै ३० लाख नयाँ मत यसपटकको निर्वाचनमा नयाँ र निर्णयक बन्ने छ  । साबिकको ११ लाख बढी मत, रवि लामिछानेमाथिको अन्यय विरुद्ध हस्ताक्षर गर्ने ४५ लाख जनसमुदाय र यस अवधिमा जोडिएको युुवा मतले आफू निर्णयक र विशाल शक्ति बन्ने रास्वपाको दाउ छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
पेट्रोलियम पदार्थको मूल्य  बढ्यो,  पेट्रोल प्रतिलिटर १८७ रुपैयाँ पुग्याे

पेट्रोलियम पदार्थको मूल्य  बढ्यो, पेट्रोल प्रतिलिटर १८७ रुपैयाँ पुग्याे

निगमले पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ तथा डिजेलरमट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १६४ रुपैयाँ ५०...
नेपाल बाल संगठन र बालमन्दिर जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको घोषणा

नेपाल बाल संगठन र बालमन्दिर जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको घोषणा

यस्तै यसअघि हिजो मङ्गलबार उहाँले नेपाल बाल सङ्गठन र बालमन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन संघीय संसद सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गर्नुभएको रावलले...
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

प्रधानकमन्त्रीका प्रेस सल्लाहकार राम बहादुर रावलले सरकारले उक्र प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सिधाकुरालाई जानकारी दिए ।
सुशीला सरकारका निर्णयमा शीतलनिवासको ‘चेक एण्ड होल्ड’

सुशीला सरकारका निर्णयमा शीतलनिवासको ‘चेक एण्ड होल्ड’

सेरेमोनियल राष्ट्रपति रामचन्द्र पौडेलले कार्यकारी प्रधानमन्त्रीका केही निर्णय शीतलनिवाससम्म पुग्नै दिएनन्, शीतलनिवाससम्म पुगेका केही निर्णय पनि अनुमोदन गरिदिएनन् । यसको अर्थ शीतलनिवासले सरकारका निर्णय नै ‘चेक एण्ड होल्ड’...