नेभिगेशन
समाज

राष्ट्रिय स्वतन्त्र पार्टीलाई देशको पहिलो शक्ति बनाउन एकीकरणको निर्णय गर्यौँः विवेकशील साझा पार्टी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पार्टी एकता गर्ने निर्णय विवेकशील साझा पार्टीले गरेको छ। सो पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारको वैकल्पिक राजनीतिक दलबीचको बृहत्तर धुव्रिकरण र एकीकरण प्रस्तावलाई सर्वसम्मत अनुमोदन गर्दै यस्तो निर्णय गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

mahabir--1764164069.jpg
 

Ncell
Extreme Energy

‘वैकल्पिक राजनीतिक शक्तिको अपरिहार्यताको महसुस भइरहेको वेला नवयुवाहरुको आन्दोलन, जेनजी विद्रोहले विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको एकीकरणलाई तीव्रत्तर बनाई दियो’ विवेकशीलका वार्ता संयोजक एवं उपाध्यक्ष प्रकाशचन्द्र परियारको भनाई उदृत गर्दै प्रवक्ता आशुतोष प्रधानले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ निर्वाचनमा पहिलो शक्ति भएर नेपाली जनताको विकास, समृद्धि र सुशासनको उत्कृष्ट चाहनालाई परिणाममुखी बनाउने राजकीय दायित्वलाई सफल बनाउने प्रतिवद्धताका साथ एकीकरणको निर्णय गरिएको हो ।’ 

पार्टी एकीकरणका अन्य प्राविधिक सवालहरू दुवै दलका नेतृत्वहरूको उच्च समझदारीको जगमा चाँडै सहमतिमा टुङ्ग्याईने विवेकशीलले जनाएको छ। 
आगामी आइतबार राष्ट्रिय सभागृहमा एकता घोषणा कार्यक्रम हुने पनि सो पार्टीले जनाएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

बैठकले नयाँ दिल्लीमा आयोजना हुने नेपाल–इन्डिया इन्टर–गभर्मेन्टल सब–कमिटिको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ ।
मन्त्रिपरिषद्का यी हुन् ७ निर्णय

मन्त्रिपरिषद्का यी हुन् ७ निर्णय

सरकारले आगामी असोज ६ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको छ।
भोटेकोशी बाढीः पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने

भोटेकोशी बाढीः पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने

यसैगरी ६९ किलोमिटर सडक खण्ड क्षतिग्रस्त भएको छ। ३३ वटा मोटरेबल पुल बगेका छन् भने ४ वटामा आंशिक क्षति पुगेको छ। यस्तै, बाढी प्रभावित क्षेत्रमा रहेका ६४ वटा...
राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः सोविता गौतम

राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः सोविता गौतम

राष्ट्रियसभाको आजको बैठकमा समय माग गरेर समसामयिक विषयमा आफ्ना धारणा राख्दै उनले भदौ २३ गते जेनजी परिवारले आयोजना गरेको कार्यक्रममा आफूले तथ्य बाहिर गएर केही नभनेको प्रष्ट पारिन्...