नेभिगेशन
अपराध

दिनदहाडै सिक्री लुट्ने एमालेका नेता, ब्यापारी अपहरणमा १२ वर्ष बसेका थिए जेल

काठमाडौँ । जेनजी आन्दोलनपछि काठमाडौँमा सिक्री ग्याङको बिगिबिगी निकै बढेको थियो । यो ग्याङका सदस्यले दिनहाडै महिलाको घाँटीबाट सिक्रि तानेर भाग्ने गर्थ्यो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाइक वा स्कुटरमा हिड्ने र पछाडी बसेको मान्छेले सडकमा हिंडेका मानिसहरुको सिक्री थुत्ने यो ग्याङबारे काठमाडौँ प्रहरी विशेष अपरेसन चलाईरहेको छ । 

Ncell
Extreme Energy

यो ग्याङबारे हामीले केही दिनअघि पुरा विवरण सहित भिडियो बनाइसकेका छौँ । उक्त भिडियो हामीले कात्तिक १४ गते प्रसारण गरेको थियौँ । 

सो समयमा प्रहरीले काठमाडौँ उपत्यकामा भित्रभित्रै अपरेसन सञ्चालन गरिरहेको थियो । तर प्रहरीले अपरेसन चालु राखेकै समयमा पनि त्यो ग्याङका मानिसहरु सक्रिय रहेको पाइएको छ । 

यहाँ एउटा मात्र ग्याङ नभएर फरक फरक समूह लुटपाटमा संलग्न रहेको पाइएको छ । आज हामी सिक्रि ग्याङको अर्को समूह र त्यो तिनका राजनीतिक कनेक्सनबारे खुलासा गर्दैछौँ । 

मंसिर १ गते । साढे तीन बजे आसपासको समयमा काठमाडौँको नागार्जुन नगरपालिका–३ स्थित ठूलो भर्याङको एक महिला हिडिरहेकी थिइन् । बारा स्थायी घर भएकी ति महिलाले घाँटीमा डेढ तोलको सिक्री लगाएकी थिइन् । 

स्कुटरमा रहेका २ जनाले ति महिलाले लगाएको सिक्रीमाथि आँखा गाढेका थिए । ति महिला बाटोमा हिंडिरहेकै समयमा स्कुटरमा आएका २ जनाले ति महिलाको घाँटीबाट सिक्री तानेर केही समयमै बेपत्ता भए । 

महिलाले प्रहरीमा उजुरी दिइन् । प्रहरी बृत्त स्वयम्भूले केही हप्तादेखिनै सिक्रि ग्याङबारे अनुसन्धान गरिरहेको थियो । यो समूहले काठमाडौँको रानीवन, खरिबोट, ठूलोभर्याङ आसपासको क्षेत्रमा आतंक नै मच्चाएको थियो । यसअघी पनि प्रहरीले सो क्षेत्रमा लुटपाट गर्ने समूहका ५ जनालाई पक्राउ गरेको थियो । 

प्रहरीले महिलाको सिक्री लुटिएको ठूलो भर्याङ क्षेत्रको चोक चोकमा राखिएको क्यामेराको फुटेज केलायो । महिलाले उपलब्ध गराएको विवरण र हुलियाको आधारमा स्कुटरको खोजी ब्यापक बनायो । र अन्नतः प्रहरी चोर को हो भन्ने निष्कर्षमा पुग्यो । 

स्वयम्भू बृत्तको टोलीले मंसिर ९ गते काठमाडौँकै तारकेश्वर नगरपालिका ८ जरङ्खुबाट रातको ८ बजे एकजना सिक्री चोरलाई पक्राउ गर्यो । ति सिक्री चोर हुन लमजुङको दोर्दी गाउँपालिका ७ घर भएका टासी गुरुङ । 

Tashi-1764344236.jpg
टासी गुरुङ


जब प्रहरीले उनी बस्ने घरको तलासी गर्यो त्यसले थप शंका उत्पन्न गरायो । उनको घरबाट अटो पेस्तोल १ थान, पेस्तोलाको म्याग्जिन  १ थान, सोही पेस्तोलको गोली ६ थान, पेस्तोल पोज १ थान, प्रदेश ०३–००५ प ४०७१ नम्बरको कालो रङको होण्डा डियो स्कुटर, खुकुरी एक थान, औँठी १ थान, लुटपाट गर्दा प्रयोग भएको कपडा, जुत्ता फेला पार्यो । 

ति लुटेराले सिक्री लुट्ने समय र अरु समयमा स्कुटरको फरक–फरक नम्बर प्लेट प्रयोग गरेको पाइएको छ । टासी गुरुङले सिक्रि लुट्ने समयमा प्रदेश ३०२–००४ प २७३५ नम्बरको प्लेट प्रयोग गरेका थिए । प्रहरीले उनको घरबाट सो नम्बर प्लेट पनि बरामद गरेको छ । 

Baramad-Saman-1764344236.jpg
बरामद गरिएकाे सामग्री

घरबाट पेस्तोल, म्याग्जिन गोली समेत बरामद भएपछि उनी सिक्री मात्र नभएको आशंका प्रहरीले गर्यो । उनको पृष्ठभूमी जाँच गर्दा नभन्दै प्रहरीको आशंका सही सावित भयो । उनी नेपालको बहुचचर्चित अपहरणको हिस्सा भएको खुलेको छ ।
 
उनले २०६५ सालमा काठमाडौँका एक व्यापारीको अपहरणमा संलग्न रहेका थिए । भारतीय नागरिक उदय सेट्टीको योजनामा ४/५ जनाको समूहले मारुती गाडीमा हाली अपहरण गरेका थिए । ति व्यापारी अपहरणमुक्त भएपछि मात्रै प्रहरीले उनी अपहरणमा परेकोबारे थाहा पाएको थियो । अपहरणकारीले तत्कालिन समयमा ब्यापारीबाट ५० लाख रुपैयाँ धरौटी माग गरेका थिए । 

त्यतिबेला सोल्टी भनेर चिनिने टासी १२ वर्ष जेल सजाय र १ लाख ५० हजार जरिवाना तिरेर २०७७ सालमा कारागारबाट निस्केका थिए ।

जेलबाट निस्केपछि निजले लमजुङ जिल्लामा ठेक्का पट्टा तथा मस्र्याङदी खोलाबाट बालुवा,गिट्टी, ढुंगा उत्खनन गरी बिक्री गर्ने काम कार्य गरेका थिए । 

अझ अर्को रहस्यमयी कुरा त के छ भने उनी जेलबाट छुटेलगत्तै एमालेको राजनीतिमा सक्रिय भए । त्यो पनि सामान्य समर्थक वा कार्यकर्ताका रुपमा होइन युवासंघको केन्द्रीय सदस्यका रुपमा ।

२ पटक युवासंघको केन्द्रीय सदस्य बनेका टासि २०७९ को चुनाबमा पेस्तोल नै बोकेर खटिएको प्रहरीको भनाई छ । एमाले नेताहरुको सुरक्षाका लागि भन्दै उनी पेस्तोल बोकेर हिंडेका थिए । 

र अहिले तिनै टासी गुरुङ सिक्री चोर पनि भएको पाइएको छ । मंसिर १ गते एनपिएल क्रिकेट हेर्न भनि क्रिकेट रंगशाला पुग्दा प्रवेश टिकेट नपाएपछि फर्किने क्रममा हलचोक स्थित शिवम होटेल नजिक गल्लीमा सिक्री लुटपाट गरी फरार भएका थिए । 

Scooter-1764344236.jpg
लुटपाटमा प्रयाेग भएकाे स्कुटर

सोही घटनामा संलग्न नुवाकोटको शिवपुरी गा पा २ तारा गाँउ स्थायी घर भई हाल काठमाण्डौँको टोखा नगरपालिका १० सामाखुसी टोखा रोड बस्ने ५० वर्षीय अनिल भन्ने मानदेव गुरुङ  र लुटपाटको सुन खरिद गर्ने काठमाडौँको ईचङ्गुका ४३ वर्षीय शुशिल लामालाई समेत पक्राउ गरिएको छ । उनीहरुलाई टासीको बयानपछि मंसिर १० गते पक्राउ गरिएको हो ।  उनीहरुको बारेमा विस्तृत अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

Aru-Duita-1764344458.jpg
अनिल भन्ने मानदेव गुरुङ र शुशिल लामा

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

विष्णु ढुंगाना सिधाकुरा डट कमका संवाददाता हुन् । 

The Reporter
Current Affairs
Sidhakura Investigation
थप अपराध
वर्षाले १० जिल्लाका सडक प्रभावित

वर्षाले १० जिल्लाका सडक प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् ।
नेपालमै बनेको विद्युतीय 'यात्री पीटू' स्कुटरको कारखाना पुगे अर्थमन्त्री वाग्ले, विश्व बजारमा लैजान सुझाव

नेपालमै बनेको विद्युतीय 'यात्री पीटू' स्कुटरको कारखाना पुगे अर्थमन्त्री वाग्ले, विश्व बजारमा लैजान सुझाव

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहने बताएका छन् ।
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् ।
नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज समापन हुँदैछ ।