नेभिगेशन
समाज

मन्त्रीबाट राजीनामा दिएपछि रवि लामिछानेसँग कुलमानको ३ घण्टा वार्ता: के भयो छलफल ?

'पूर्व सहमति अनुरूप नै अघि बढ्ने र चरणबद्धरुपमा क्षमताका आधारमा पार्टीमा जिम्मेवारी दिने विषयमा दुवै नेता एकमत'

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र पूर्व मन्त्री कुलमान घिसिङबिच भेटवार्ता भएको छ । सरकारबाट राजीनामा दिएपछि घिसिङले आज सभापति लामिछानेसँग बुढानीलकण्ठस्थित निवासमै पुगेर भेटवार्ता गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपा र उज्यालो नेपालबिच एकताको सहमति भएपछि पार्टी समायोजनमा देखिएको अलमल अन्त्य गर्न सभापति लामिछाने र घिसिङबिच वार्ता भएको स्रोतले जनाएको छ ।

Ncell
Extreme Energy

'बाहिर चर्चा भएजस्तो अवस्था होइन', स्रोतले भन्यो 'पुराना शक्तिविरुद्ध लड्न एक भएर जाने कुरामा दुई मत छैन, एकता पूर्व नै उज्यालो नेपालको केन्द्रीय समिति पनि ठुलो भइसकेकोले कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा नेताहरूबिच छलफल भएको हो ।'

उज्यालो नेपाललाई केन्द्रीय समितिमा समाहित गर्न सदस्यसँख्यामा विवाद भएको भनिए पनि लामिछाने र घिसिङले यसलाई समाधान गरेको जनाइएको छ । स्रोतका अनुसार पूर्व सहमति अनुरूप नै अघि बढ्ने र चरणबद्धरुपमा क्षमताका आधारमा पार्टीमा जिम्मेवारी दिने विषयमा दुवै नेताले एकमत बनाएर निस्किएका छन् ।

साथै फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार छनोटका विषयमा समेत कुनै नेताको समूहबाट नभई आकाङ्क्षीहरू मध्येबाट उत्कृष्टलाई उम्मेदवार बनाउने तयारी गरिएको छ । स्रोतले भन्यो, 'कोही उम्मेदवार यो समूहबाट भन्ने हुँदैन जो हुन्छ रास्वपाको उम्मेदवार हुन्छ ।' 

साथै समानुपातिक सूचिमा देखिएको विवादलाई समेत आजै टुङ्गाएर अन्तिमरुप दिने तयारी गरिएको  छ । साथै 'अब केही दिनभित्रै तीनै नेताको उपस्थितिमा घोषणा सभाको समेत तयारी चलिरहेकाले बाहिर चर्चामा आएजस्तो समस्या छैन, हुँदैन' रास्वपा उच्च स्रोतले भन्यो 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...