नेभिगेशन
नेताका कुरा

यी हुन बिहीबार बसेको मन्त्रीपरिषद्का निर्णयहरु

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल यहि माघ १८ गते जापान भ्रमणमा जाने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको जापान भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो ।

CG

नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठको उपलक्ष्यमा २०८२ साल माघ १८ देखि २१ गतेसम्म जापानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

त्यस्तै बैठकले २०८२ फागुन १ गतेदेखि लागू हुने गरि नेपाल प्रहरीको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरिएको प्रवक्ता अर्यालले बताए ।

मन्त्रिपरिषद्ले नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनर्संरचना सम्बन्धी सुझाव समिति–२०८२ ले पेश गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय समेत गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
रास्वपा सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज

रास्वपा सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज

स्वास्थ्यमा समस्यादेखिपछि मङ्गलवार शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए ।
निर्वाचन सुरक्षा रणनीति निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल

निर्वाचन सुरक्षा रणनीति निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे भइरहेको गतिविधिका बारेमा जानकारी लिन बिहीबार निर्वाचन आयोग पुगेका उनले शान्तिसुरक्षा बिथोल्न खोज्ने जो कोहीलाई कडाभन्दा कडा कारबाही...
स्वास्थ्य बिमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री

स्वास्थ्य बिमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री

सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको ३०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य बिमालाई व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारले काम गरिरहेको बताइन ।
विगतका कुरालाई थाती राखेर निर्वाचनमा केन्द्रीत हुन नेकपा नेता सापकोटाको आग्रह

विगतका कुरालाई थाती राखेर निर्वाचनमा केन्द्रीत हुन नेकपा नेता सापकोटाको आग्रह

प्रेस सेन्टर नेपालको २२ औं स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सापकोटाले पार्टीभित्र नमिलेका कुरा मिलाउनुपर्ने र बहस गर्नुपर्ने धेरै कुराहरु रहेपनि त्यसलाई थाती राखेर निर्वाचनमा केन्द्रीत...