नेभिगेशन
मुख्य समाचार

सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश आर्यालले सहिदहरू राष्ट्रका ऊर्जा, प्रेरणा र मार्गदर्शनका शाश्वत स्रोतका रूपमा रहेका बताएका छन् ।

राष्ट्रिय सहिद दिवसका अवसरमा शुक्रवार काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ मा आयोजित ‘जेनजी’ सुशासन योद्धा र अमर प्रहरीको विवरण समेटिएको सहिद स्मृति स्तम्भ उद्घाटन समारोहमा उनले सहिदहरूको बलिदानकै कारण आज मुलुक स्वतन्त्रता भएको धारणा व्यक्त गरेका थिए ।

CG

गृहमन्त्री आर्यालले मुलुकमा लोकतन्त्र, संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना सम्भव हुनुको कारण सहिदहरूको बलिदान रहेको स्पष्ट पारे । उनले विभिन्न कालखण्डमा राष्ट्रका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने वीर सहिदप्रति उच्च सम्मान व्यक्त गरे ।

उनले भने, “सहिदहरूको रगतले सिञ्चित यो भूमि आज स्वतन्त्र छ । उहाँहरूको बलिदानकै कारण संविधानसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । सहिदहरूले देखाएका सपना साकार पार्न वर्तमान सरकार पूर्ण रूपमा कटिबद्ध छ ।”

गृहमन्त्री आर्यालले सहिद परिवारको संरक्षण, सम्मान र सहयोगलाई सरकारले सधैँ उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि राज्यको तर्फबाट आवश्यक सहयोग र सम्मान निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सहिद परिवारले भोग्नुपरेका समस्या समाधान गर्न सरकार गम्भीरतापूर्वक लागिपरेको उनको भनाइ छ । “विभिन्न समयमा देशका लागि आफ्नो ज्यान अर्पण गर्ने सम्पूर्ण अमर सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु”, गृहमन्त्री आर्यालले भने, “जेनजी आन्दोलनका सहिदसहित सबै सहिद परिवारलाई सरकारले सधैँ उच्च सम्मान प्रदान गर्नेछ । उहाँहरूका पीडा र समस्या समाधान गर्नु सरकारको प्रमुख दायित्व हो ।”

गृहमन्त्री आर्यालले वर्तमान सरकार नागरिकमैत्री सरकार भएको उल्लेख गर्दै यो सरकारले सधैँ नागरिकसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले कठिन परिस्थितिमा अभिभावकविहीन महसुस गरेका नागरिकका लागि सरकारले अभिभावकको भूमिका निर्वाह गरिरहेको दाबी गरे ।

उनले सुशासन, शान्ति सुरक्षा, सामाजिक न्याय र नागरिकको जीवनस्तर उकास्ने कार्यमा सरकार केन्द्रित रहेको जिकिर गरेका थिए । सहिदहरूको त्याग र बलिदानलाई स्मरण गर्दै त्यसबाट प्रेरणा लिई राष्ट्र निर्माणमा सबै नागरिक एकजुट हुनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, सहिद परिवारका सदस्य, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उपस्थिति थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

पक्राउ पर्नेमा कास्की घर भई शुक्लागण्डकी नगरपालिका–५ बस्ने ४६ वर्षीय कुमार नेपालीविरुद्ध जिल्ला अदालतबाट बिहीबार सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
गृह मन्त्रालयबाट सुव्यवस्थित निर्वाचनसम्बन्धी अवधारणा जारी

गृह मन्त्रालयबाट सुव्यवस्थित निर्वाचनसम्बन्धी अवधारणा जारी

मन्त्रालयले ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्नेसम्बन्धी अवधारणा, २०८२’ जारी गरिसकेको छ ।
राष्ट्रिय युवा सङ्घको जिम्मेवारी महाराज गुरुङलाई

राष्ट्रिय युवा सङ्घको जिम्मेवारी महाराज गुरुङलाई

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेल, सचिव महेश बस्नेत, सचिव भानुभक्त ढकाललगायत नेताहरूको उपस्थितिमा भएको बैठकमा अध्यक्ष क्षितिज थेबेले उपाध्यक्ष गुरुङलाई नेतृत्व हस्तान्तरण गरेका हुन ।
प्रचण्डको दावी–‘प्रत्यक्षतर्फ आफ्नो पार्टी पहिलो हुन्छ’

प्रचण्डको दावी–‘प्रत्यक्षतर्फ आफ्नो पार्टी पहिलो हुन्छ’

पार्टीको रुकुम पूर्व–काठमाडौं सम्पर्क समन्वय समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले केहि शक्तिहरु निर्वाचनलाई गलत ढंगले प्रभावित पार्ने कोशिशमा रहेको भन्दै स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपमा निर्वाचन...