नेभिगेशन
समाज

तस्करी छानबिन गर्न पुगेका सशस्त्र प्रहरीमाथि व्यापारीको आक्रमण, तीन प्रहरी घाइते

वीरगंज २६ । पर्साको वीरगंज महानगरपालिका वडा नम्बर–१० आदर्शनगरस्थित एक ट्रान्सपोर्ट गोदाममा छापा मार्न पुगेको सशस्त्र प्रहरीको टोलीमाथि व्यापारीहरूले लखेटि लखेटि कुटपिट गरेका छन् । 

आक्रमणमा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् भने प्रहरीको गाडीको सिसा फुटेको छ । आदर्शनगरस्थित विनोद साह कानु सञ्चालक रहेको सबिता ट्रेडर्सको गोदाममा सोमबार बिहान सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको नेतृत्वमा सशस्त्र प्रहरीको टोली छापा मार्न पुगेको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सशस्त्र प्रहरीका अनुसार राजस्व छली भित्र्याइएको सामान गोदाममा भण्डारण गरिएको सूचना प्राप्त भएपछि छापा मारिएको हो । सोही सूचनाका आधारमा दुई वटा गाडीमा सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको थियो । 

Ncell
Extreme Energy

गोदाममा खानतलासी प्रक्रिया सुरु गर्न खोज्दा व्यापारीहरूले आफूहरूसँग बिलबिजक रहेको दाबी गर्दै अनावश्यक दुःख दिएको आरोप लगाएपछि विवाद सुरु भएको थियो । त्यसपछि सशस्त्र प्रहरीले गोदामको ताल्चा फुटाउन खोज्दा अवस्था तनावग्रस्त बनेको थियो ।

विवाद चर्किँदै गएपछि व्यापारीहरूले बाँसका फाटा र ढुंगाले सशस्त्र प्रहरीको टोली तथा उनीहरू सवार गाडीमाथि आक्रमण गरेका थिए । आक्रमणपछि सशस्त्र प्रहरी टोली गाडी लिएर घटनास्थलबाट भागेका थिए ।

626542149_1817365202304739_2576474487905569198_n-1770627824.png
सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा बल वीरगंज भन्सारका नायब उपरीक्षक विकास अधिकारीले गोदाममा खानतलासीका क्रममा केही समूहबाट आक्रमण भएको बताए । ‘आक्रमणबाट तीन जना सुरक्षाकर्मी घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।’ 

एउटा गाडीको सिसा फुटेको उनले बताए । गोदामबाट करिब सात लाख रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएका छौँ । घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

उनका अनुसार खानतलासी गरिएको गोदाम रहेको घर मदन गुप्ताको नाममा रहेको छ भने गोदाम सञ्चालकको पहिचान खुल्न सकेको छैन । 

यता आदर्शनगरका ट्रान्सपोर्ट व्यवसायीहरूले भने सशस्त्र प्रहरीले व्यापारीलाई दुःख दिने नियतले पटक–पटक गोदाममा छापा मार्ने गरेको आरोप लगाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सभापति लामिछानेलाई भेटेर के भने प्रधानमन्त्री शाहले ?

सभापति लामिछानेलाई भेटेर के भने प्रधानमन्त्री शाहले ?

प्रधानमन्त्री शाहले सार्वजनिक सरोकारमा आएका विषयमा पनि सरकार गम्भीर भई तत्कालै आवश्यक कदम चाल्दै काम गरिरहेको पनि जानकारी गराएका थिए । सभापति लामिछानेले विकसित घटनाक्रमलाई विश्लेषण गरेर देश...
खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मृत्यु हुनेमा १२ वर्षीया सबनम खातुन, १० वर्षीया रुबिना खातुन र ७ वर्षीय साइफुल शेख रहेका छन् ।
सुकुम्बासी व्यवस्थापनमा सरकार गम्भीर बनोस्

सुकुम्बासी व्यवस्थापनमा सरकार गम्भीर बनोस्

सुकुम्बासी समस्या समाधानका नाममा अहिलेसम्म कति खर्च भयो भन्ने एकीकृत तथ्याङ्क त भेटिँदैन, तथापि हालसम्म गठन भएका आयोगहरूको खर्च केलाउँदा २० अर्ब हाराहारीमा खर्च भएको देखिन्छ ।
मानवअधिकार आयोगको प्रष्टीकरणः दीपक बोहरा जेन–जी आन्दोलनका दोषी होइनन्

मानवअधिकार आयोगको प्रष्टीकरणः दीपक बोहरा जेन–जी आन्दोलनका दोषी होइनन्

सांसद बोहराले आफू जेन जी आन्दोलनमा संलग्न नभएको, जेन जी आन्दोलन भएको दिन आफू बाहिर रहेकोमा मानव अधिकार आयोगले आफ्नो प्रतिष्ठामा आँच आउनेगरीलाई आफूलाई प्रतिवेदनमा संलग्न रहेको भनी...