नेभिगेशन
नेताका कुरा

हरेक बुथमा एमालेको भोलेन्टियर फोर्स किन ? ओलीले दिए यस्तो जवाफ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदानको दिन फागुन २१ गते हरेक बुथमा एमालेको भोलेन्टियर फोर्सका कम्तीमा ३० सदस्य हुनुपर्ने बताएका छन्। आज दमकमा भोलेन्टियर फोर्सको कोशी कमाण्ड घोषणा गर्दै अध्यक्ष ओलीले चुनावमा प्रत्येक बुथमा फोर्सका कम्तीमा ३० जना हुनुपर्ने बताएका हुन् ।

‘म देशभरिको हाम्रो पार्टीलाई भन्न चाहन्छु, गाउँ गाउँमा टोल टोलमा सुरक्षा समिति बनाउनुस्, चुनावका लागि हरेक बुथमा कमसेकम ३० जना भोलेन्टियर एउटा बुथमा खटाउनुस्’ ओलीले भने ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जेनजी आन्दोलनपछि एमालेले भोलेन्टियर फोर्स गठन गरेको थियो। उतिबेलै एमालेले गठन गरेको यो फोर्सको आलोचना भएको थियो । आलोचना भए पनि एमालेले आफ्ना कार्यक्रमहरुमा भोलेन्टियर फोर्स परिचालन गर्दै आइरहेको छ। ओलीको दाबी छ– भोलेन्टियर फोर्सले शान्ति सुरक्षामा खासगरी प्रहरीलाई सहयोग गर्छ । चुनावका दिन बुथ क्याप्चर हुन नदिन भोलेन्टियर फोर्सले प्रहरीलाई सहयोग गर्ने ओलीको दाबी छ।

Ncell
Extreme Energy

केही दिनदेखि झापामा सक्रिय रहेका ओलीले त्यहाँ घरदैलो पनि गरिरहेका छन्। रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई झापा ५ मा उम्मेदवार बनाएपछि ओली दबाबमा छन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात

प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम रू १७ अर्ब ७५ करोड ७५ लाख ३८ हजार २९३ पुगेको छ ।
दसैँमा अधिकांश समय मौसम सफा रहने

दसैँमा अधिकांश समय मौसम सफा रहने

दसैँमा अधिकांश समय मौसम सफा रहने देखिए पनि केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।
कोरला नाकाबाट भित्रिएका २ हजार ५०० भन्दा बढी इभी रोकिए मुस्ताङमै

कोरला नाकाबाट भित्रिएका २ हजार ५०० भन्दा बढी इभी रोकिए मुस्ताङमै

बाढीपहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएपछि चीनको कोरलानाकाबाट नेपाल भित्रिएका दुई हजार ५०० भन्दा बढी विद्युतीय सवारीसाधन (इभी) मुस्ताङमै रोकिएका छन् ।
नेपाल सर्वाधिक मतसहित मानवअधिकार परिषद् सदस्यमा निर्वाचित

नेपाल सर्वाधिक मतसहित मानवअधिकार परिषद् सदस्यमा निर्वाचित

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ ।