नेभिगेशन
नेताका कुरा

बालेनको क्षेत्रमा पुगेर रवि लामिछानेले भने– न्याय माग्न आएको हुँ

तपाईँहरुले मत दिनुस्, रास्वपाले प्रधानमन्त्री दिँदैछ

झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश नै अन्यायमा परेका बेला न्याय माग्न आफू झापा ५ आएको बताएका छन् ।

चुनावी कार्यक्रम अन्तर्गत आज झापा ५ पुगेका सभापति लामिछानेले झापा ५ ले देशकै लागि न्याय गर्नुपर्ने बताए । ‘म झापा ५ मा भोट माग्न आएको होइन, न्याय माग्न आएको हुँ, न्याय पाउनका लागि एउटा युग पर्खिनुपर्छ अन्यायमा म पनि परेको छु, तर, मेरो न्याय माग्न आएको होइन, देश नै अन्यायमा परेको छ, देशकै लागि न्याय माग्न आएको हुँ।’ 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापति लामिछानेले झापा ५ का मतदातालाई फरक इतिहास लेख्न आग्रह गरे । ‘झापा ५ ले फरक इतिहास लेख्नुपर्ने छ, म यसमा विश्वस्त छु, तपाईँहरुले त्यो इतिहास लेख्नु हुनेछ।’ 

Ncell
Extreme Energy

सभापति लामिछानेले झापा ५ बाट निर्वाचित हुने रास्वपाका उम्मेदवारलाई पार्टीले प्रधानमन्त्रीका रुपमा अघि सारेको स्मरण गराए । तपाईँहरुले मत दिनुस्, रास्वपाले प्रधानमन्त्री दिँदैछ– लामिछानेले भने । झापा ५ बाट निर्वाचित व्यक्ति संसारकै कान्छो प्रधानमन्त्री बन्ने पनि उनले स्पष्ट पारे ।

झापा ५ मा रास्वपाबाट वरिष्ठ नेता बालेन शाह उम्मेदवार छन्। सभापति लामिछाने झापाबाट अहिले सुनसरीको इटहरी जाँदैछन् । इटहरीमा आयोजना हुने सभालाई सभापति लामिछाने र वरिष्ठ नेता शाहले सम्बोधन गर्ने कार्यक्रम छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात

प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम रू १७ अर्ब ७५ करोड ७५ लाख ३८ हजार २९३ पुगेको छ ।
दसैँमा अधिकांश समय मौसम सफा रहने

दसैँमा अधिकांश समय मौसम सफा रहने

दसैँमा अधिकांश समय मौसम सफा रहने देखिए पनि केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।
कोरला नाकाबाट भित्रिएका २ हजार ५०० भन्दा बढी इभी रोकिए मुस्ताङमै

कोरला नाकाबाट भित्रिएका २ हजार ५०० भन्दा बढी इभी रोकिए मुस्ताङमै

बाढीपहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएपछि चीनको कोरलानाकाबाट नेपाल भित्रिएका दुई हजार ५०० भन्दा बढी विद्युतीय सवारीसाधन (इभी) मुस्ताङमै रोकिएका छन् ।
नेपाल सर्वाधिक मतसहित मानवअधिकार परिषद् सदस्यमा निर्वाचित

नेपाल सर्वाधिक मतसहित मानवअधिकार परिषद् सदस्यमा निर्वाचित

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ ।