नेभिगेशन
नेताका कुरा

प्रचण्डको दाबी– चुनावपछि वामपन्थीहरु एकै ठाउँमा

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनपछि सबै वामपन्थी पार्टीहरु एकै ठाउँ हुने दाबी गरेका छन् ।

आज नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा एमाले निकट मुक्ति समाज दोलखाका नेता तथा कार्यकताहरुलाई पार्टी प्रवेश गराउदै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा अधिकांश क्षेत्रमा नेकपाको जित सुनिश्चित रहेको दाबी गरे। निर्वाचनपछि बन्ने सरकारमा नेकपाको भूमिका निकै महत्वपूर्ण हुने उनको दाबी थियो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अध्यक्ष प्रचण्डले नेकपा गठन भएपछि ध्रवीकरणको नयाँ माहोल बनेको भन्दै फेरि सबै वामपन्थीहरु (कम्युनिस्टहरु) एकै ठाउँमा हुने दाबी गरे। एमालेमा केपी ओलीको कार्यशैलीप्रति निकै विरोध रहेकाले एमालेकै नेता तथा कार्यकर्ताले फेरि एकताको झण्डा उठाउने उनको दाबी थियो। 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात

प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम रू १७ अर्ब ७५ करोड ७५ लाख ३८ हजार २९३ पुगेको छ ।
दसैँमा अधिकांश समय मौसम सफा रहने

दसैँमा अधिकांश समय मौसम सफा रहने

दसैँमा अधिकांश समय मौसम सफा रहने देखिए पनि केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।
कोरला नाकाबाट भित्रिएका २ हजार ५०० भन्दा बढी इभी रोकिए मुस्ताङमै

कोरला नाकाबाट भित्रिएका २ हजार ५०० भन्दा बढी इभी रोकिए मुस्ताङमै

बाढीपहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएपछि चीनको कोरलानाकाबाट नेपाल भित्रिएका दुई हजार ५०० भन्दा बढी विद्युतीय सवारीसाधन (इभी) मुस्ताङमै रोकिएका छन् ।
नेपाल सर्वाधिक मतसहित मानवअधिकार परिषद् सदस्यमा निर्वाचित

नेपाल सर्वाधिक मतसहित मानवअधिकार परिषद् सदस्यमा निर्वाचित

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ ।