नेभिगेशन
नेताका कुरा
इटहरीमा बालेनको सम्बोधन

समस्या र समाधानबीच भेट रास्वपाले गराउँछ

इटहरी । चुनाव प्रचारका क्रममा जहाँ पुग्यो, त्यहीँका स्थानीय र जनतासँग जोडिएका मुद्दा उठाउने रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आज सुनसरीको इटहरीमा आयोजित परिवर्तन उद्घोष सभामा पनि कोशी प्रदेशका जनताले भोग्नु परेका समस्या उठाए र समाधानको प्रतिबद्धता व्यक्त गरे।

इटहरीमा भएको सभामा बालेनले पूर्वी पहाडमा उत्पादित तरकारीले बजार नपाएको, तराईमा उत्पादित खाद्यान्नले खान नपुगेको, बाढीका कारण भोग्नुपरेको समस्या, उद्योग सन्चालनमा देखिएका व्यवधान, खानेपानी र खेलकुदका पूर्वाधारमा देखिएका समस्या बताए । बालेनले समस्यामात्रै बताएनन्, समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । ‘बिहान तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ? हाम्रै पूर्वी पहाडी जिल्लामा उत्पादन भएको तरकारी खान पाइएको छैन, यो समस्या समाधान गर्न चाहन्छ रास्वपा’ बालेनले सुरुमै भने।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसपछि उनले बाढीको समस्या उठाए, खेलकुद पूर्वाधारको खाँचो औंल्याए अनि तीर्थस्थल र पर्यटनको कुरा उठाए । उनले भने– विश्वको पहिलो तीर्थस्थल बराह क्षेत्र हो भनेर संसारलाई चिनाउनु पर्छ, यो काम रास्वपाले गर्छ।’ 

Ncell
Extreme Energy

मुलुककै पहिलो उद्योग रहेको कोशी प्रदेशमा पछिल्लो समय उद्योग सञ्चालनमा देखिएका समस्या समाधानको विषय पनि बालेनले उठाए । उद्योगीहरुलाई चन्दा आतंक नहुने गरी समस्या समाधान गर्न चाहन्छ रास्वपा– उनको भनाइ थियो । बालेनले भने– समस्या छन्, समाधान पनि छन्, समस्या र समाधान भेटाउने काम गर्न चाहन्छ रास्वपा ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात

प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम रू १७ अर्ब ७५ करोड ७५ लाख ३८ हजार २९३ पुगेको छ ।
दसैँमा अधिकांश समय मौसम सफा रहने

दसैँमा अधिकांश समय मौसम सफा रहने

दसैँमा अधिकांश समय मौसम सफा रहने देखिए पनि केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।
कोरला नाकाबाट भित्रिएका २ हजार ५०० भन्दा बढी इभी रोकिए मुस्ताङमै

कोरला नाकाबाट भित्रिएका २ हजार ५०० भन्दा बढी इभी रोकिए मुस्ताङमै

बाढीपहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएपछि चीनको कोरलानाकाबाट नेपाल भित्रिएका दुई हजार ५०० भन्दा बढी विद्युतीय सवारीसाधन (इभी) मुस्ताङमै रोकिएका छन् ।
नेपाल सर्वाधिक मतसहित मानवअधिकार परिषद् सदस्यमा निर्वाचित

नेपाल सर्वाधिक मतसहित मानवअधिकार परिषद् सदस्यमा निर्वाचित

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ ।