नेभिगेशन
नेताका कुरा

काठमाडौँको विकासका लागि कांग्रेसका १५ उम्मेदवारको भिजन

काठमाडौँ। संघीय राजधानी काठमाडौँ उपत्यकामा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूले संयुक्त रुपमा दश बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्। 

आज काठमाडौमा आयोजित एक कार्यक्रमकाबीच महामन्त्री प्रदीप पौडेलको उपस्थितिमा प्रतिज्ञा पत्र सार्वजनिक गरिएको हो । प्रतिज्ञा पत्रमा तीन ओटै जिल्लालाई एउटै सहरका रुपमा लिई स्थान विशेषका मौलिक विशिष्टतालाई ध्यानमा राख्दै एकीकृत सहरी विकास योजना तर्जुमा गरी कार्यान्वयन गरेर विश्वको सफा, सुन्दर, विकसित, आधुनिक, सुशासित एवं जीवन्त सहरका रुपमा विकास गरिने उल्लेख छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उपत्यकाको बहन क्षमता बमोजिम सहरको व्यवस्थापन गर्दै वृहत्तर संघीय राजधानी पुनःसंरचना योजना कार्यान्वयन गर्न काठमाडौँ उपत्यका विकास प्राधिकरणलाई सृदृढ एवं सक्षम बनाइने प्रतिज्ञा पत्रमा छ ।

Ncell
Extreme Energy

यसैगरी उपत्यकाको सडक यातायातलाई सहज, व्यवस्थित र अनुमानयोग्य बनाउन एकीकृत सहरी यातायात र स्मार्ट मोबिलिटी नीति अवलम्बन गर्दै मास ट्रान्सपोर्ट सहितको सडक पूर्वाधार निर्माण तथा यातायात व्यवस्थापन गर्दा पैदलयात्री, साइकल यात्री तथा सबै नागरिकको आवश्यकतालाई विशेष ध्यान दिँदै केबल सिटीका रुपमा विकास गरिने प्रतिज्ञा पत्रमा छ ।

प्रतिज्ञा पत्रमा काठमाडौँ १ का उम्मेदवार प्रबल थापा, काठमाडौँ २ का उम्मेदवार कविर शर्मा, काठमाडौँ ३ का उम्मेदवार रमेश अर्याल, काठमाडौँ ४ का उम्मेदवार सचिन तिमिल्सना तथा महामन्त्रीसमेत रहेका काठमाडौँ ५ का उम्मेदवार प्रदीप पौडेलको प्रतिबद्धता छ । यसैगरी काठमाडौँ ६ का उम्मेदवार कृष्णसबुज बानियाँ, काठमाडौँ ७ का उम्मेदवार प्रमोदहरि गुरागाईं, काठमाडौँ ८ की सपना राजभण्डारी, काठमाडौँ ९ की नानू बास्तोला तथा काठमाडौँ १० का उम्मेदवार हिमाल कार्कीको प्रतिबद्धतासमेत छ ।

कांग्रेसका तर्फबाट ललितपुर १ का उम्मेदवार उदयशमशेर राणा, ललितपुर २ का प्रेमकृष्ण महर्जन तथा ललितपुर ३ का उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले समेत प्रतिज्ञा पत्रमा प्रतिबद्धता जनाएका छन् । त्यस्तै भक्तपुर १ का उम्मेदवार किरण न्यौपाने र भक्तपुर २ का उम्मेदवार कबिर राणाको पनि प्रतिबद्धता रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
दसैँमा अधिकांश समय मौसम सफा रहने

दसैँमा अधिकांश समय मौसम सफा रहने

दसैँमा अधिकांश समय मौसम सफा रहने देखिए पनि केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।
कोरला नाकाबाट भित्रिएका २ हजार ५०० भन्दा बढी इभी रोकिए मुस्ताङमै

कोरला नाकाबाट भित्रिएका २ हजार ५०० भन्दा बढी इभी रोकिए मुस्ताङमै

बाढीपहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएपछि चीनको कोरलानाकाबाट नेपाल भित्रिएका दुई हजार ५०० भन्दा बढी विद्युतीय सवारीसाधन (इभी) मुस्ताङमै रोकिएका छन् ।
नेपाल सर्वाधिक मतसहित मानवअधिकार परिषद् सदस्यमा निर्वाचित

नेपाल सर्वाधिक मतसहित मानवअधिकार परिषद् सदस्यमा निर्वाचित

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ ।
दुई हजारभन्दा बढी विद्यार्थी भएका १०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब लगानी गर्दै सरकार

दुई हजारभन्दा बढी विद्यार्थी भएका १०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब लगानी गर्दै सरकार

सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि ६ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको छ ।