नेभिगेशन
नेताका कुरा

चितवनको सभामा बालेनले के-के मुद्दा उठाए ?

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले चितवनवासीले भोग्नु परेका समस्या उठाउँदै ती समस्या समाधानका लागि रास्वपालाई मत मागेका छन्। 
बालेनले चितवनका पर्यटन व्यवसायीको मुद्दा उठाए, चितवनका किसानका मुद्दा उठाए, चितवनका उद्योगीको मुद्दा उठाए । 

आफूलाई चितवनको पर्यटनमा ध्यान दिन आग्रह गरिएको बताउँदै बालेनले भने– चितवनले पर्यटन प्रबद्र्धन गर्न विश्वलाई सिकाउनुपर्छ । ‘मेसीलाई फुटबल खेल्न सिकाउनुपर्छ ? रोनाल्डोलाई फुटबल खेल्न सिकाउनुपर्छ ? चितवनले अब देशलाई पर्यटन प्रवद्र्धन गर्न सिकाउनुपर्छ, टुरिजम प्रमोसन चितवनले सिकाउनुपर्छ।’ बालेनको भनाइ थियो। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चितवनका किसानले आफ्ना उत्पादनको बजार नपाएको, उचित मूल्य नपाएको, सीमापारीबाट सस्तोमा तरकारी ल्याएर त्यहाँका किसानलाई मारमा पार्ने काम भइरहेको उल्लेख गर्दै उनले अब त्यसलाई हटाउनैपर्ने बताए । ‘यहाँ उत्पादित तरकारीलाई कोल्ड स्टोरमा राख्नुपर्छ, पूर्वदेखि पश्चिमसम्मको तरकारी स्टोर गर्ने कोल्ड स्टोर हब बन्न सक्छ चितवन’ उनले भने । 

Ncell
Extreme Energy

रास्वपाबाट भावी प्रधानमन्त्रीका रुपमा घोषणा गरिएका बालेनले नेपाल हेटौंडा सिमेन्ट कारखाना जस्तै भएको उल्लेख गरे । हाम्रो देश हेटौंडा सिमेन्ट कारखाना जस्तैछ, मेसिन पनि छ, जनशक्ति पनि छ, तर चल्दैन, यसलाई पनि कांग्रेसको चाउचाउ (कांग्रेस उम्मेदवार विनोद चौधरीको  वाईवाई चाउचाउ) जस्तै चल्ने बनाउनुपर्छ, उनले भने। 

रास्वपा वरिष्ठ नेता बालेनले चितवनबाट पार्टी सभापति नै चुनाव लडेकाले अब चितवनका मतदाताले चिन्ता गर्नै नपर्ने उल्लेख गरे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
दसैँमा अधिकांश समय मौसम सफा रहने

दसैँमा अधिकांश समय मौसम सफा रहने

दसैँमा अधिकांश समय मौसम सफा रहने देखिए पनि केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।
कोरला नाकाबाट भित्रिएका २ हजार ५०० भन्दा बढी इभी रोकिए मुस्ताङमै

कोरला नाकाबाट भित्रिएका २ हजार ५०० भन्दा बढी इभी रोकिए मुस्ताङमै

बाढीपहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएपछि चीनको कोरलानाकाबाट नेपाल भित्रिएका दुई हजार ५०० भन्दा बढी विद्युतीय सवारीसाधन (इभी) मुस्ताङमै रोकिएका छन् ।
नेपाल सर्वाधिक मतसहित मानवअधिकार परिषद् सदस्यमा निर्वाचित

नेपाल सर्वाधिक मतसहित मानवअधिकार परिषद् सदस्यमा निर्वाचित

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ ।
दुई हजारभन्दा बढी विद्यार्थी भएका १०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब लगानी गर्दै सरकार

दुई हजारभन्दा बढी विद्यार्थी भएका १०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब लगानी गर्दै सरकार

सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि ६ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको छ ।