नेभिगेशन
नेताका कुरा

बालबालिका मार्ने र सिंहदरबार जलाउने एउटै हुन्ः रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालबालिकामाथि गोली चलाउनेहरुले नै सिंहदरबार जलाएको दाबी गरेका छन् ।

आज चितवनको गेस्टहाउस चौरमा आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले भने– ‘पहिले ताकी ताकी टाउकोमा गोली हानियो, त्यसपछि संरचना चलेको हो, सिंहदरबार त्यसैले जलाएको हो जसले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनायो, सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने एउटै मानिसहरु हुन्, अरु कोही पनि होइनन्।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापति लामिछानेले अब रास्वपाले थपे– ‘हामी मुलुकलाई समुन्नतिको बाटोमा लैजान्छौं, सुशासनको नयाँ मानक बनाउँछौं, अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ उचाईमा लैजान्छौं, हामी मागिखाने होइन गरिखाने बनाउँछौं, मागेर होइन गरेर देशलाई धनी बनाउँछौं।’

Ncell
Extreme Energy

लामिछानेले अब जे गरिन्छ, मतपत्रमा गरिन्छ भन्दै सबैलाई घण्टीमा मतदान गर्न आग्रह गरे । उनले आफू पुग्न नसकेका ठाउँ र घरमा पुगेर मत मागिदिन सभामा सहभागी समर्थकहरुलाई आग्रह गरे। इतिहासले मागेको कुरा नेतृत्वले दिन सक्नुपर्छ, परिवर्तनका लागि घण्टीमा भोट हालिदिनुस्, देश हामी बनाउँछौं’ लामिछानेले भने ।

सोही सभामा लामिछानेले आफूविरुद्ध प्रमाण छ भन्नेहरुलाई पनि जवाफ दिए । ‘ममाथि प्रमाण छ भनिएको आज ६५८ दिन भएछ, चाहिएन प्रमाण भइगो, अन्तिम इच्छा सोधिएको पनि धेरै दिन भएछ, हाम्रो अन्तिम इच्छा फागुन २१ गते मतपत्रमा देखाइदिनु होला, मेरो यत्ति आग्रह छ’ उनले भने।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
दसैँमा अधिकांश समय मौसम सफा रहने

दसैँमा अधिकांश समय मौसम सफा रहने

दसैँमा अधिकांश समय मौसम सफा रहने देखिए पनि केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।
कोरला नाकाबाट भित्रिएका २ हजार ५०० भन्दा बढी इभी रोकिए मुस्ताङमै

कोरला नाकाबाट भित्रिएका २ हजार ५०० भन्दा बढी इभी रोकिए मुस्ताङमै

बाढीपहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएपछि चीनको कोरलानाकाबाट नेपाल भित्रिएका दुई हजार ५०० भन्दा बढी विद्युतीय सवारीसाधन (इभी) मुस्ताङमै रोकिएका छन् ।
नेपाल सर्वाधिक मतसहित मानवअधिकार परिषद् सदस्यमा निर्वाचित

नेपाल सर्वाधिक मतसहित मानवअधिकार परिषद् सदस्यमा निर्वाचित

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ ।
दुई हजारभन्दा बढी विद्यार्थी भएका १०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब लगानी गर्दै सरकार

दुई हजारभन्दा बढी विद्यार्थी भएका १०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब लगानी गर्दै सरकार

सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि ६ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको छ ।