नेभिगेशन
नेताका कुरा

रास्वपा सभापति लामिछानेले भने– निर्वाचन परिणामले जेनजी पुस्ताको आशा र अपेक्षा सम्बोधन गर्ने विश्वास छ

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब आउने निर्वाचन परिणामले जेनजी पुस्ताको लोकतन्त्र, पारदर्शिता, उत्तरदायित्व र सुशासनप्रति राखेको अपेक्षा र आकांक्षालाई सम्बोधन गर्ने आशा तथा विश्वास व्यक्त गरेका छन् ।

सभापति लामिछानेले विज्ञप्ति जारी गर्दै भनेका छन्– ‘अब आउने निर्वाचन परिणामले जेनजी पुस्ताको लोकतन्त्र, पारदर्शिता, उत्तरदायित्व र सुशासनप्रति राखेको अपेक्षा र आकांक्षालाई सम्बोधन गर्ने आशा तथा विश्वास गर्दछौं।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसैगरी लामिछानेले चौतर्फी चुनौतीका बाबजुद आमनिर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न अहम् भूमिका निर्वाह गर्ने सरोकारवाला सबै पक्षहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।

Ncell
Extreme Energy

यस्तो छ रास्वपा सभापति लामिछानेले जारी गरेको विज्ञप्ति

चौतर्फी चुनौतीका बाबजुद आजको ऐतिहासिक प्रतिनिधि सभा सदस्यको आमनिर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न अहम् भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण सरोकारवाला पक्षहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी हार्दिक धन्यवाद ज्ञापन गर्दछ।
विशेषगरी निर्वाचनलाई निर्धारित मितिमा सम्पन्न गर्न अहोरात्र खटिनुभएका सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यू, नेपाल सरकारका सम्पूर्ण निकायहरु, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षा निकायहरु,सम्पूर्ण राजनीतिक दल, सञ्चार जगत्, नागरिक समाज, राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यवेक्षक  तथा सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक कृतज्ञता तथा उच्च सम्मान व्यक्त गर्दछौं ।

अब आउने निर्वाचन परिणामले जेनजी पुस्ताको लोकतन्त्र, पारदर्शिता, उत्तरदायित्व र सुशासनप्रति राखेको अपेक्षा र आकांक्षालाई सम्बोधन गर्ने आशा तथा विश्वास गर्दछौं।

रवि लामिछाने
सभापति  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो।
घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् ।
२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

बैठकमा प्रस्तावित राजदूतले आ–आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए । समितिको सोमबारको बैठकमा भारत, चीन, अमेरिका र बेलायतका प्रस्तावित राजदूतको सुनुवाइ भएको थियो ।