नेभिगेशन
नेताका कुरा

मतगणनाको प्रारम्भिक रुझानः जनताले परिवर्तन खोजे, घण्टी रोजे

मतगणनाको प्रारम्भिक रुझानले देखाएको छ– जनताले परिवर्तन खोजे, मतपत्रमा घण्टी रोजे ।

काठमाडौँ । फागुन २१ गते विहीबार देशभर भएको निर्वाचनको अहिले मतगणना जारी छ । मतगणनाको प्रारम्भिक रुझानले देखाएको छ– जनताले परिवर्तन खोजे, मतपत्रमा घण्टी रोजे ।

चुनाव प्रचार प्रसारका क्रममा रास्वपा सभापति रवि लामिछानेले भनेका थिए– तपाईंहरुले पार्टी छाड्नु पर्दैन, रास्वपाको सदस्यता पनि लिनु पर्दैन, केबल घण्टीमा मत दिनु भए हुन्छ ।’ परिवर्तनको चाहना राखेका मतदाताले रविको त्यो आग्रहलाई स्वीकार गरेको देखियो, मतपत्रमा त्यो झल्कियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी)ले भनिरहेका छन्– हामी १८६ मा काम गरिरहेका छौं । यसको अर्थ हो– प्रतिनिधिसभाको २७५ सिटमा १८६ सिट जित्ने गरी रास्वपाले काम गरिरहेको छ । डीपीले १८६ किन भने ? यसको संकेत हो– बहुमत मात्रै होइन, रास्वपालाई दुई तिहाइ चाहिएको छ र यो निर्वाचनमा रास्वपाले दुई तिहाइ सिट जित्छ ।

Ncell
Extreme Energy

अहिले जुन संकेत देखिएको छ, यसले रास्वपालाई बहुमत ल्याउन त कसैले रोक्ने छैन । प्रत्यक्षमा जुन रुझान देखिएको छ– यही रुझान समानुपातिकतर्फ पनि देखियो भने डीपीले भन्दै आएको दुई तिहाइ टाढा छैन ।

पुराना दलहरुबाट वाक्क दिक्क भएका जनताले परिवर्तन खोजेका हुन् । पुराना दलका पुराना नेताहरुको सत्ताको ‘म्युजिकल चेयर’बाट आजित भएका जनताले उनीहरुबाट मुक्ति खोजेका हुन् । आफ्ना सबै ठीक, अरु सबै बेठीक भन्ने पुराना नेताहरुको भ्रष्ट आचरणबाट जनता दिक्दार भएका हुन् र त्यसबाट पनि जनताले छुटकारा खोजेका हुन् । त्यसलाई उनीहरुले यसपालिको चुनावमा मतपत्रमार्फत प्रतिबिम्बित गरेका हुन् ।

यो पनि हो कि, विगतमा ठूला भनिएका दलहरुले जनतालाई दास सम्झिए, सत्तालाई पेवा ठाने अनि देशलाई बिर्ता । जनता न उनीहरुका दास हुन्, सत्ता न उनीहरुको पेवा हो अनि न देश उनीहरुको बिर्ता हो ।

चुनाव प्रचारका क्रममा रास्वपा र रास्वपाका नेताहरुले जनतालाई कुनै लोभ र प्रलोभन दिएनन् । केबल जनताले भोग्नु परेका समस्या समाधान गर्छौं भने । जेनजी पुस्ताको चाहना अनुसार देशलाई सम्हाल्छौं भने । स्वदेशमै गरिखाने वातावरण बनाउँछौं भने । छोराछोरी पढाउँदा र उपचार गर्दा घरखेत बेच्नुपर्ने अवस्थाको अन्त्य गर्छौं भने । सिंहदरबारदेखि उपभोक्ता समितिसम्म हुने भ्रष्टाचार र अनियमितता रोक्छौं भने । अर्बौं भ्रष्टाचार गरेर पनि चोखो देखिन खोजिरहेकाहरुलाई कानुनको दायरामा ल्याउँछौं भने । हरेक क्षेत्रमा फस्टाएको राजनीतिकरणलाई अन्त्य गर्छौं भने । राजनीतिक नियुक्ति मेरिटका आधारमा गछौं । आखिर जनताले चाहेको यही त थियो । त्यसैका लागि पतपत्रमा घण्टी रोजे । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् ।
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बूढीगण्डकी बाढी : उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

बूढीगण्डकी बाढी : उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

“बाढीले विद्युत्को १२ पोल बगायो, एउटा टावर र तारहरु पनि कता पु¥यायो, पु¥यायो । पावर हाउस चाँही सुरक्षित छ”, उनले भने । विद्युत् नहुँदा उत्तरी गोरखाको गाउँबस्ती समस्यामा...