नेभिगेशन
नेताका कुरा

हार स्विकार्दै रेणु दाहालले भनिन् ‘मन त जिते, तर मत जित्न सकिनँ’

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा चितवन–३ मा पराजित भएकी रेणु दाहालले आफूले काम द्वारा जनताको मन जिते पनि मत जित्न भने नसकेको बताएकी छन् ।

चितवन ३ मा दाहाल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोविता गौतमसँग ३८ हजार ६ सय ६२ मतसहितको फराकिलो मतान्तरले पराजित भएकी हुन । दाहालले शनिवार सामाजिक सञ्जाल फेसबुकमा एक देश लेख्दै सो कुरा बताएकी हुन । उनले भनेकी छन्, ‘मैले काम द्वारा तपाईँहरूको मन त जिते तर मत जित्न सकिनँ। मत जित्ने मा.सविता गौतमलाई धेरै धेरै बधाई भन्न चाहन्छु। प्रिय चितवनवासीको मत पक्कै खेर जानेछैन। आगामी दिनमा काम द्वारा जनतामा खुसीयाली र चितवनको थप विकास र समृद्धि का लागी शुभकामना व्यक्त गर्दछु।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै, उनले सुनामीको लहडमा पनि विश्वास गरेर मतदान गरेका सबै मतदाताहरू प्रति ऋणी रहेको र उनीहरूको यस गुनलाई आफूले कहिल्यै नबिर्सने बताएकी छन् । त्यस्तै पूर्व भरतपुर महानगरपालिका प्रमुख समेत रहेकी दाहालले जनताका आवश्यकता, चाहाना पुरा गर्नु नै आफ्ना सपना ठानेका कारण महानगरको प्रमुखबाट राजीनामा दिएर संसदीय निर्वाचनमा होमिएको बताएकी छन् ।

Ncell
Extreme Energy

उनले भनेकी छन्, ‘झन्डै ३० वर्षे मेरो राजनीतिक जीवनकालमा भरतपुरमा मैले मेरो जीवनको ऊर्जाशील ९ वर्ष यस ठाउँको विकास, समृद्धि र सुशासनका लागि समर्पित गरेँ। मलाई लाग्यो विकासका लागी जनताका पक्षमा राम्रा नीति नियम नहुनाले कामहरू असहज भईरहेका छन्। त्यसका लागि म १५ महिना नगर प्रमुखको कार्यकाल बाँकी छदै बाहिरिएर प्रतिनिधिसभा निर्वाचन चितवन ३ बाट उमेदवारी दिई निर्वाचनमा होमिएँ।’

दाहालले प्राप्त मत परिणामलाई स्विकार्ने र जनताको अमूल्य मतको सम्मान गर्ने बताएकी छन् । त्यस्तै चुनावी अभियानमा निरन्तर सक्रिय र उत्साहका साथ खट्नुहुने नेपाली कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता तथा सम्पूर्ण समर्थक शुभचिन्तक एवं मिडियाकर्मी ,कलाकारहरू प्रति विशेष आभार प्रकट समेत व्यक्त गरेकी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...

भर्खरै