नेभिगेशन
नेताका कुरा

हार स्विकार्दै रेणु दाहालले भनिन् ‘मन त जिते, तर मत जित्न सकिनँ’

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा चितवन–३ मा पराजित भएकी रेणु दाहालले आफूले काम द्वारा जनताको मन जिते पनि मत जित्न भने नसकेको बताएकी छन् ।

चितवन ३ मा दाहाल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोविता गौतमसँग ३८ हजार ६ सय ६२ मतसहितको फराकिलो मतान्तरले पराजित भएकी हुन । दाहालले शनिवार सामाजिक सञ्जाल फेसबुकमा एक देश लेख्दै सो कुरा बताएकी हुन । उनले भनेकी छन्, ‘मैले काम द्वारा तपाईँहरूको मन त जिते तर मत जित्न सकिनँ। मत जित्ने मा.सविता गौतमलाई धेरै धेरै बधाई भन्न चाहन्छु। प्रिय चितवनवासीको मत पक्कै खेर जानेछैन। आगामी दिनमा काम द्वारा जनतामा खुसीयाली र चितवनको थप विकास र समृद्धि का लागी शुभकामना व्यक्त गर्दछु।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै, उनले सुनामीको लहडमा पनि विश्वास गरेर मतदान गरेका सबै मतदाताहरू प्रति ऋणी रहेको र उनीहरूको यस गुनलाई आफूले कहिल्यै नबिर्सने बताएकी छन् । त्यस्तै पूर्व भरतपुर महानगरपालिका प्रमुख समेत रहेकी दाहालले जनताका आवश्यकता, चाहाना पुरा गर्नु नै आफ्ना सपना ठानेका कारण महानगरको प्रमुखबाट राजीनामा दिएर संसदीय निर्वाचनमा होमिएको बताएकी छन् ।

Ncell
Extreme Energy

उनले भनेकी छन्, ‘झन्डै ३० वर्षे मेरो राजनीतिक जीवनकालमा भरतपुरमा मैले मेरो जीवनको ऊर्जाशील ९ वर्ष यस ठाउँको विकास, समृद्धि र सुशासनका लागि समर्पित गरेँ। मलाई लाग्यो विकासका लागी जनताका पक्षमा राम्रा नीति नियम नहुनाले कामहरू असहज भईरहेका छन्। त्यसका लागि म १५ महिना नगर प्रमुखको कार्यकाल बाँकी छदै बाहिरिएर प्रतिनिधिसभा निर्वाचन चितवन ३ बाट उमेदवारी दिई निर्वाचनमा होमिएँ।’

दाहालले प्राप्त मत परिणामलाई स्विकार्ने र जनताको अमूल्य मतको सम्मान गर्ने बताएकी छन् । त्यस्तै चुनावी अभियानमा निरन्तर सक्रिय र उत्साहका साथ खट्नुहुने नेपाली कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता तथा सम्पूर्ण समर्थक शुभचिन्तक एवं मिडियाकर्मी ,कलाकारहरू प्रति विशेष आभार प्रकट समेत व्यक्त गरेकी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो।
घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् ।
२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

बैठकमा प्रस्तावित राजदूतले आ–आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए । समितिको सोमबारको बैठकमा भारत, चीन, अमेरिका र बेलायतका प्रस्तावित राजदूतको सुनुवाइ भएको थियो ।