नेभिगेशन
नेताका कुरा

बालेनले इतिहास रच्दा छड्के किनाराका साक्षी ओली

झापा ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुँदा बालेनले एकै चोटी दुईटा इतिहास रचेका छन् ।

काठमाडौँ । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले माघ ६ गते झापा ५ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउँदा एमाले अध्यक्ष केपी ओलीले भनेका थिए– कोही कोही यहाँ सिँगौरी खेल्न आएका छन्, सिङ भाँचेर फर्किने छन्।’ तर, फागुन २३ गते साँझ मतपरिणाम सार्वजनिक हुँदा काठमाडौँबाट झापा पुगेका बालेनको होइन, उनै ओलीको ‘सिङ’ भाँचियो ।

झापा ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुँदा बालेनले एकै चोटी दुईटा इतिहास रचेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एउटा– संसदीय इतिहासमै सर्वाधिक मत ल्याएर सांसद निर्वाचित भए । बालेनले ६८ हजार ३४८ मत ल्याए, जुन नेपालमा सांसद निर्वाचित हुँदा हालसम्म कुनै पनि उम्मेदवारले पाएको सबैभन्दा बढी मत हो ।

Ncell
Extreme Energy

अर्को– रास्वपाबाट भावी प्रधानमन्त्री घोषित बालेनले जेनजी आन्दोलनबाट अपदस्थ प्रधानमन्त्री ओलीलाई पराजित गरे, त्यो पनि भारी मतान्तरले । ओलीले जम्मा १८ हजार ७३४ मत पाए।

जेनजी आन्दोलन पीडितहरुलाई न्याय दिन झापाबाट उम्मेदवार बनेको प्रतिक्रिया बालेनले यसअघि नै दिइसकेका थिए । चुनावी नतिजाअनुसार बालेनले राजनीतिक रुपमा जवाफ दिइसकेका छन् । अब नयाँ सरकारको नेतृत्व गरेपछि उनै बालेनमा जेनजी आन्दोलनका दोषीलाई कानुनी रुपमा नै जवाफ दिने दायित्व रहने छ ।

ओली आफैं पनि भावी प्रधानमन्त्रीका उम्मेदवार थिए । आफ्नो पार्टी एमालेबाट उनले आफैंलाई भावी प्रधानमन्त्रीका रुपमा निर्णय गराइसकेका थिए । दुई भावी प्रधानमन्त्रीको प्रतिस्पर्धामा ओली यसरी चिप्लिए कि सम्भवतः आगामी चुनावमा ओली उम्मेदवार नै नबन्न सक्छन् ।

पुराना दल र तिनका नेतामध्ये ओली सबैभन्दा बद्नाम पात्र हुन् । उनै ओलीले जेनजी आन्दोलनलाई लिएर बालेन र रास्वपा सभापति रवि लामिछानेलाई बद्नाम गर्न खोजी रहे । तर, सकेनन् । ओलीको बोलीलाई जनताले पत्याएनन् ।

ओलीका परम्परागत मतदाताले नै घण्टीमा भोट हालेर बालेनलाई जिताए । झापा ५ का मतदाताले आफूलाई हराएर बालेनलाई जिताउँदै छड्के किनाराका साक्षी स्वयम् ओली नै बने ।

बालेनले नयाँ सरकारको नेतृत्व गर्दा ओलीका लागि संसदको ढोकासमेत बन्द भएको छ । ओली त संसदमा हुने छैनन् नै, उनले नेतृत्व गरेको दल एमालेको समेत कमजोर संसदमा कमजोर उपस्थिति हुने छ । विगतमा आफूले जे बोल्यो त्यही ठीक हो भन्ने ओलीलाई जनताले चुनावबाटै गलत हुन् भन्ने प्रष्ट सन्देश दिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो।
घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् ।
२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

बैठकमा प्रस्तावित राजदूतले आ–आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए । समितिको सोमबारको बैठकमा भारत, चीन, अमेरिका र बेलायतका प्रस्तावित राजदूतको सुनुवाइ भएको थियो ।