नेभिगेशन
नेताका कुरा

रास्वपा सांसदहरुलाई सभापति रवि लामिछानेको निर्देशन (भिडियो पूर्णपाठ)

सभापति लामिछानेले विजय उन्माद नदेखाउन पनि सांसदहरुलाई निर्देशन दिए । ‘विजेता हुनुको अर्थ जिम्मेवार हुनु हो’ उनले भने

काठमाडौं।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान, संसद नियामावली र पार्टीको विधान अनुसार काम गर्न पार्टीका नवनिर्वाचित सांसदहरुलाई निर्देशन दिएका छन् ।

ललितपुरको ग्वार्कोमा जारी रास्वपाका नवनिर्वाचित सांसदहरुका लागि आयोजित अभिमूखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले आफ्नो चाहनाको भारी देशलाई नबोकाउन र देशको चाहनाको भारी बोक्न सांसदहरुलाई निर्देशन दिए । ‘हामी समय र परिस्थितिले एक ठाउँमा जोडिएका हौं । परिस्थितिले हामीलाई जोडेको हो । सामूहिक खेलाडीका रुपमा काम गर्नुपर्छ । हामीले हेर्ने भनेको संविधान हो, संसदको नियमावली हो, पार्टीको विधान हो । यसैका आधारमा काम गर्ने हो । तपाईंको चाहनाको भारी देशले बोक्ने होइन, वर्षौंदेखि देशले बोकिरहेको भारी हामीले बोक्ने हो ।’ 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापति लामिछानेले रास्वपाभित्र देशको अनुहार रहेको बताए । उनले भने– यहाँ व्यापार व्यवसाय क्षेत्रका हुनुहुन्छ, जेनजी अभियन्ता हुनुहुन्छ, महिला हुनुहुन्छ, विभिन्न क्षेत्रका व्यक्तिहरु हुनुहुन्छ, त्यसैले रास्वपामा देशको अनुहार छ ।’ 

Ncell
Extreme Energy

सभापति लामिछानले जनताले जुन आशा र अपेक्षा अनुसार मत दिएका छन्, त्यसको महसुस सांसदहरुमा हुनुपर्ने बताए । ‘भोट माग्न जाँदा बाबु यो देश बचाउ भनेका छन्, यो गम्भीर कुरा हो । यसलाई बुझ्नुपर्छ । यो जिम्मेवारी पूरा गर्नुपर्छ । आशा र अपेक्षाको दियो बल्न थालेको छ, यसलाई निभ्न नदिनुहोला’ उनले भने।

सभापति लामिछानले देशको व्यवस्था र संविधानप्रति रास्वपाको पूर्ण प्रतिबद्धता रहेको उल्लेख गरे । उनले भने– ‘वर्तमान व्यवस्था र संविधानप्रति हाम्रो आस्था डगमगाएको छैन । डगमगाउन नदिनु होला । पुराना दल र नेताहरुले इतिहासमा दिनु भएको योगदानप्रति धन्यवाद दिन चाहन्छु । इतिहास तपाईंहरुले लेख्नु भयो, भविष्य हामी लेख्छौं ।’ 

सभापति लामिछानेले विजय उन्माद नदेखाउन पनि सांसदहरुलाई निर्देशन दिए । ‘विजेता हुनुको अर्थ जिम्मेवार हुनु हो’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो।
घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् ।
२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

बैठकमा प्रस्तावित राजदूतले आ–आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए । समितिको सोमबारको बैठकमा भारत, चीन, अमेरिका र बेलायतका प्रस्तावित राजदूतको सुनुवाइ भएको थियो ।