नेभिगेशन
नेताका कुरा

नवनिर्वाचित सांसदको शपथ चैत्र १२ गते हुने, अभिमुखीकरणका सन्दर्भमा छलफल

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहण चैत्र १२ गते हुने भएको छ । 

संघीय संसद सचिवालय बिहीबार सिंहदबरारमा नयाँ प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलसंग छलफल गर्दै आगामी चैत्र १२ गते दिउँसो दुई बजे नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहण गराउने तयारी भएको जनाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दलहरुसंग शपथ ग्रहण, अभिमुखीकरण कार्यक्रम र संसदीय दलको कार्यालय व्यवस्थापनसँगका बिषयमा छलफल भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

Ncell
Extreme Energy

शपथ ग्रहण गराउनु अगाडि ज्येष्ठ सदस्यको पहिचान गर्ने र ज्येष्ठ सदस्यले राष्ट्रपतिसंग शपथ ग्रहण गर्ने उनले बताए । राष्ट्रपतिसंग शपथ ग्रहण गरेपछि ज्येष्ठ सदस्यले अन्य सदस्यहरुलाई सपथ खुवाउने प्रवक्ता गिरीले जानकारी दिए ।

त्यस्तै नवनिर्वाचित सदस्यहरुको अभिमूखीकरणका लागि समेटनुपर्ने बिषयमा पनि दलहरुसंग राय लिइएको उनले बताए । खासगरी सैद्धान्तिक पक्ष भन्दा पनि व्यवहारिक पक्षलाई समेटेर अलि बढी केन्द्रित गरेर अभिमुखीकरणमा जान जरुरी रहेको सुझावहरु आएको प्रवक्ता गिरीले उल्लेख गरेका थिए ।

त्यस्तै उनले संसदीय दलको कार्यालयहरू व्यवस्थापन गर्न अलिकति चुनौतीपूर्ण रहेकाले उपलव्धताकाबीच रहेर संसदीय दलको कार्यालय व्यवस्थापन गरेको बताए ।

छलफलपछि संसद सचिवालयले दलका प्रतिनिधिहरुलाई दलको कार्यालय समेत देखाएको थियो । प्रवक्ता गिरीका अनुसार ठूला संख्याका हिसावले रास्वपालाई नेकपाको दलको कार्यालयमा व्यवस्थापन गरिएको जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
यी दुई कारणले आयो बुढीगण्डकीमा भीषण बाढी

यी दुई कारणले आयो बुढीगण्डकीमा भीषण बाढी

गोरखाको बुढीगण्डकी नदीमा असोज २५ गते आएको विनाशकारी बाढीको मुख्य कारण उच्च हिमाली क्षेत्रमा गएको हिमपहिरो र त्यससँगै बगेको ठूलो परिमाणको गेग्रान रहेको प्रारम्भिक प्राविधिक प्रतिवेदनले देखाएको छ...
बुढीगण्डकीमा २५ मिटर अग्लो बाढी, हिमपहिरो र गेग्रान मुख्य कारण

सार्वजनिक सवारीसाधनका चालकलाई यातायात व्यवस्था विभागको यस्तो निर्देशन

सार्वजनिक सवारीसाधनका चालकलाई यातायात व्यवस्था विभागको यस्तो निर्देशन

सार्वजनिक यात्रुवाहक सवारीसाधनका चालकलाई यात्रुका लागि खाजा, नास्ता र खाना खुवाउन स्वच्छ तथा गुणस्तरीय खाद्य पदार्थ उपलब्ध गराउने होटल तथा रेस्टुरेन्टमा मात्र सवारी रोक्न निर्देशन दिइएको छ।
भूमिहीनका समस्या समाधान गर्न कानुनी बाटो खुल्यो– मन्त्री प्रतिभा रावल

भूमिहीनका समस्या समाधान गर्न कानुनी बाटो खुल्यो– मन्त्री प्रतिभा रावल

भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी भएसँगै भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानुनी बाटो खुलेको  बताएकी छन् ।