नेभिगेशन
नेताका कुरा
कांग्रेस केन्द्रीय समिति बैठक

सभापति गगनको राजीनामा अस्वीकृत गर्न उपसभापति शर्माका ७ तर्क

काठमाडौँ । कांग्रेस केन्द्रीय समिति बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापति गगनकुमार थापाले दिएको राजीनामा अस्वीकृत गर्न प्रस्ताव पेश गरेका छन् । थापाको राजीनामा अस्वीकृत गर्न उनले सात वटा तर्क राखेका छन् ।

आज केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा उपसभापति शर्माले पचास दिनको छोटो अवधिमा कसैले पनि दिग्विजयको परिणाम खोज्नु युक्तिसंगत नहुने भन्दै थापाको राजीनामा अस्वीकृत गर्नुपर्ने तर्क राखेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शर्माले आफ्नो प्रस्तावमा लेखेका छन्– ‘नैतिक जिम्मेवारी अनुभूत गर्ने सभापतिको भावनालाई उच्च कदर गर्दै, यो बैठक स्थिति सम्हाल्ने गहन दायित्व, सबैभन्दा प्रधान नैतिक दायित्व ठहर गर्दै सभापति गगन थापाले आफ्नो पदबाट दिनुभएको राजीनामा अस्वीकृत गर्ने निर्णय गर्दछ ।’

Ncell
Extreme Energy

शर्माले थापाको राजीनामा अस्वीकृत गरियोस् भन्ने प्रस्तावको पहिलो बुँदामा लेखेका छन् – ‘नेपाली कांग्रेस निर्वाचनमा पहिलो दलका रूपमा विजयी बन्न सकेन । तर सन्तोष मान्नुपर्छ कांग्रेसले अपनाएको मुल नितिको विजय भएको छ ।’

त्यस्तै दोस्रो बुँदामा ‘नेपाली कांग्रेस प्रतिनिधिसभामा पहिलो दल बनेन, तर दोस्रो दल बनिरहँदा एक संयमित र जिम्मेवार राजनीतिक दल देशको संसदले जिम्मेवार प्रतिपक्षका रूपमा पाएको छ । प्रतिपक्षी बेन्च जिम्मेवार ढंगले प्रस्तुत हुँदा त्यसले एकातर्फ लोकतान्त्रिक पद्धतिको सुदृढीकरणलाई बल पुग्छ, अर्कातर्फ समुन्नतिको गतिलाई सकारात्मक साथ पुग्नेछ । राम्रा कुरालाई साथ, खराबीमा खरो विमती कांग्रेसको रहनेछ ।’

शर्माले चुनावमा पार्टी पराजित हुँदा पनि पार्टीपंक्ति प्रतिबद्ध रहेको दाबी गरेका छन् । तेस्रो बुँदामा उनले भनेका छन्– ‘पराजय हुँदा पनि देशभर पार्टीपंक्ति हल्लिएको छैन । दृढ ढंगले अघि बढेर नयाँ परिस्थितिको विकास गर्न सकिन्छ भन्ने उर्जा आम पार्टी सदस्यमा देखिएको छ। यो अत्यन्तै सकारात्मक छ ।’

विशेष महाधिवेशन नभएको भए यो भन्दा खराब नतिजा आउने शर्माको तर्क छ । उनले भनेका छन्– ‘विशेष महाधिवेशन मार्फत परिवर्तनको सन्देश लिएर नगएको भए, चुनावमा उर्जाका साथ खट्न सकिने थिएन र यो भन्दा खराब अवस्था आउने थियो ।’

उसभापति शर्माले प्रतिकूल अवस्थाबीच चुनावमा जाँदा परिणाम अनुकूल नआउनु अनौठो नभएको दाबी गरेका छन् । उनले भनेका छन्– ‘परिवर्तनको सन्देशले पार्टी पंक्तिमा उर्जा भरेका कारण पार्टी शून्य परिणामको दुर्दशा र चरम निराशामा पुग्नबाट जोगिएको अभिमत पार्टीका शुभेच्छुक बौद्धिक क्षेत्रमा देखिएको छ ।’

शर्माले विशेष महािधवेशनसँग असहमत नेताहरु पनि अहिले विशेष महाधिवेशनको पक्षमा खुल्दै गरेको दाबी गरेका छन् । उनले भनेका छन्– ‘उसबेला विशेष महाधिवेशनसँग असहमत रहेपनि निर्वाचनपछि अहिले त्यसभित्रको ठूलो पंक्तिमा ‘पार्टी पछि फर्किनुहुन्न, अघि बढ्नुपर्छ, नियमित महाधिवेशनमा सबै सहभागी हुनुपर्छ र पार्टीलाई नवीन सम्भावनाको मार्गमा ऐक्यबद्ध भएर पुरÞ्याउनुपर्छ’ भन्ने भावना प्रबल देखिएको छ ।’

उपसभापति शर्माले वर्षौंदेखिको नागरिकको असन्तुष्टि फागुन २१ को निर्वाचनबाट हाम्रो विपक्षमा मतका रुपमा प्रकट भएको उल्लेख गरेका छन् । उनले भनेका छन्– ‘अब नयाँ ढंगले अघि बढेर, कांग्रेसले देशका लागि विगतमा गरेका सबै राम्रा काम शान्तसँग नागरिक पंक्तिमा पुरÞ्याउन हामीलाई समय मिलेको छ । नयाँ परिस्थिति विकास गर्न नयाँ संकल्प र नयाँ विश्वासका साथ नवीन उर्जाले हामी अग्रसर हुनुछ ।’

निर्वाचनमा कांग्रेसले पराजय भोगेपछि सभापति थापाले पदबाट राजीनामा दिएका छन् । तर, केन्द्रीय समितिबाट उनको राजीनामा अस्वीकृत गर्ने तयारी छ ।

आजको केन्द्रीय समिति बैठकमा सभापति उपस्थित भएनन् ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले पहिलो दिनको बैठकमा बोल्ने सबैजसो केन्द्रीय सदस्यहरुले सभापतिको राजीनामा स्वीकृत गर्न नहुने धारणा राखेको जानकारी दिएका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
भूमिहीनका समस्या समाधान गर्न कानुनी बाटो खुल्यो– मन्त्री प्रतिभा रावल

भूमिहीनका समस्या समाधान गर्न कानुनी बाटो खुल्यो– मन्त्री प्रतिभा रावल

भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी भएसँगै भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानुनी बाटो खुलेको  बताएकी छन् ।
राष्ट्रपतिले जारी गरे  दुई अध्यादेश

राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी गरेका छन् ।
खगेन्द्र सुनार प्रकरणमा प्रहरीले के गर्दैछ ?

खगेन्द्र सुनार प्रकरणमा प्रहरीले के गर्दैछ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार विवादमा तानिएका छन्। महिलालाई अश्लील गाली गलौज गरेको अडियो बाहिरिएपछि पार्टीले पदीय हैसियतामा सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।
विजय पौडेलको निधनमा नेकपा संयुक्तले तीन दिन झण्डा आधा झुकाउने

विजय पौडेलको निधनमा नेकपा संयुक्तले तीन दिन झण्डा आधा झुकाउने

डा. विजय पौडेलको निधनमा घनश्याम भुसाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।