नेभिगेशन
नेताका कुरा
कांग्रेस केन्द्रीय समिति बैठक

कांग्रेसको एजेण्डा– हार स्वीकार्ने, सभापतिको राजीनामा नस्वीकार्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बसिरहेको छ । आजको बैठक शुक्रबार सुरु भएको बैठककै निरन्तरता हो ।

चुनावमा लज्जास्पद पराजय व्यहोरेको कांग्रेसले चुनावी समीक्षाका लागि बैठक बोलाएको हो र बैठकमा चुनावमा किन यस्तो अनपेक्षित परिणाम आयो भनेर छलफल चलिरहेको छ । सँगै विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको राजीनामा स्वीकृत गर्ने वा नगर्ने भन्ने विषयमा पनि छलफल भइरहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कांग्रेस प्रवक्ता देवराज घिमिरेले भनेका छन्– यो बैठकका मुख्य २ एजेण्डा हुन्, पहिलो– चुनावको समीक्षा गर्ने, दोस्रो– सभापतिको राजीनामा ।

Ncell
Extreme Energy

बैठकको पहिलो दिन नै उपसभापति विश्वप्रकाश शर्माले १४ पृष्ठको प्रतिवेदन पेश गर्दै चुनावमा पराजय भोग्नुका कारण खुलाएका थिए । उपसभापति शर्माले प्रतिवेदनमा भनेका छन्– अल्गोरिदम र पपुलिजमका कारण कांग्रेसले पराजय भोग्नु पर्यो ।

सभापति थापाको राजीनामा स्वीकृत गर्न नहुने विषयमा उनले ७ बुँदे तर्क पेश गरेका छन् । उनले भनेका छन्– नयाँ नेतृत्वलाई ५० दिनको समय पर्यापत भएन ।

केन्द्रीय समितिको जारी बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले पनि उपसभापति शर्माको तर्कमा सहमति जनाउँदै सभापति थापाको राजीनामा केन्द्रीय समितिबाटै अस्वीकृत गर्नुपर्ने धारणा राखिरहेका छन् । जुनसुकै कारणले होस्, चुनावमा हारियो, लोकतान्त्रिक पार्टीले जनमतलाई स्वीकार्नुपर्छ– केन्द्रीय सदस्यहरुको मत छ ।

केन्द्रीय समितिमा हालसम्म व्यक्त भएका धारणाका आधारमा यो बैठकका मुख्य दुई एजेण्डा छन्– एउटा हार स्वीकार गर्ने, दोस्रो सभापतिको राजीनामा नस्वीकार्ने । विशेष महाधिवेशनबाट बनेको केन्द्रीय समितिले सभापति थापाको नेतृत्वमा नै नियमित महाधिवेशन गराउन चाहन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
भूमिहीनका समस्या समाधान गर्न कानुनी बाटो खुल्यो– मन्त्री प्रतिभा रावल

भूमिहीनका समस्या समाधान गर्न कानुनी बाटो खुल्यो– मन्त्री प्रतिभा रावल

भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी भएसँगै भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानुनी बाटो खुलेको  बताएकी छन् ।
राष्ट्रपतिले जारी गरे  दुई अध्यादेश

राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी गरेका छन् ।
खगेन्द्र सुनार प्रकरणमा प्रहरीले के गर्दैछ ?

खगेन्द्र सुनार प्रकरणमा प्रहरीले के गर्दैछ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार विवादमा तानिएका छन्। महिलालाई अश्लील गाली गलौज गरेको अडियो बाहिरिएपछि पार्टीले पदीय हैसियतामा सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।
विजय पौडेलको निधनमा नेकपा संयुक्तले तीन दिन झण्डा आधा झुकाउने

विजय पौडेलको निधनमा नेकपा संयुक्तले तीन दिन झण्डा आधा झुकाउने

डा. विजय पौडेलको निधनमा घनश्याम भुसाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।