नेभिगेशन
नेताका कुरा

आन्तरिक कारण नै निर्वाचनमा पार्टीले पराजय भोगेको कांग्रेसको निष्कर्ष

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको आन्तरिक कारणले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएको प्रारम्भीक निष्कर्ष निकालेको छ ।

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठककाबीच सञ्चारकर्मीसंग कुरा गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसले पार्टीले पराजय भोगेको अधिकांश क्षेत्रको मतान्तरलाई हेर्दा पार्टीको आन्तरिक कारणले नै अपेक्षित मत नआएको प्रारम्भीक निष्कर्ष रहेको बताएका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसका अतिरिक्त निर्वाचन क्याम्पेनिङमा भएका त्रुटि समेत देखिएकाले बैठकमा विस्तृत रुपमा छलफल भएरहेको उनले बताए । त्यस्तै उहाले कतिपय क्षेत्रहरूमा संगठनात्मक कमजोरी मात्रै नभइ पार्टीप्रति जनताको विश्वासमै पनि प्रश्न उठेको आभाष बैठकले गरेको उल्लेख गरे ।

Ncell
Extreme Energy

पार्टीको क्रियाशिल सदस्यको संख्या बढ्दै जादा मत भने घट्दै गएकाले निर्वाचनको परिणामलाई गहिरो र तथ्यमा आधारित भएर पार्टीले विश्लेषण गर्ने उनको भनाइ छ ।

उनले निर्वाचन परिणामका बिषयमा पार्टीमा प्रस्तुत भएका प्रतिवेदनका साथै जिल्लाबाट आएका रिपोर्टहरुलाई समेत एकै ठाँउ राखेर सुक्ष्म अध्ययनपछि निष्कर्ष निकाल्ने जानकारी दिए । उनले आगामी दिनमा कांग्रेस आफूलाई नवजीवन दिने र पार्टीलाई पुनः सुदृढ गर्दै अघि बढ्ने उल्लेख गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
भूमिहीनका समस्या समाधान गर्न कानुनी बाटो खुल्यो– मन्त्री प्रतिभा रावल

भूमिहीनका समस्या समाधान गर्न कानुनी बाटो खुल्यो– मन्त्री प्रतिभा रावल

भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी भएसँगै भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानुनी बाटो खुलेको  बताएकी छन् ।
राष्ट्रपतिले जारी गरे  दुई अध्यादेश

राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी गरेका छन् ।
खगेन्द्र सुनार प्रकरणमा प्रहरीले के गर्दैछ ?

खगेन्द्र सुनार प्रकरणमा प्रहरीले के गर्दैछ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार विवादमा तानिएका छन्। महिलालाई अश्लील गाली गलौज गरेको अडियो बाहिरिएपछि पार्टीले पदीय हैसियतामा सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।
विजय पौडेलको निधनमा नेकपा संयुक्तले तीन दिन झण्डा आधा झुकाउने

विजय पौडेलको निधनमा नेकपा संयुक्तले तीन दिन झण्डा आधा झुकाउने

डा. विजय पौडेलको निधनमा घनश्याम भुसाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।