नेभिगेशन
नेताका कुरा
कांग्रेसमा चर्कियो विवाद

कांग्रेसको अपदस्थ केन्द्रीय समितिको बैठक कहिले ?

काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यालयमा चुनावी समीक्षा भइरहेका विशेष महाधिवेशनबाट अपदस्थ केन्द्रीय समिति सक्रिय हुन थालेको छ । अपदस्थ केन्द्रीय समितिको छुट्टै बैठक बोलाउने तयारी सुरु भएको छ ।

निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा आज निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षका नेताहरुको बैठक बसेको छ । बैठकले चोधौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको नेता मीन विश्वकर्माले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकको मिति र स्थान तोक्ने जिम्मेवारी खड्कालाई दिएका छौं– विश्वकर्माले भने– उहाँले तोकेको मिति र स्थानमा चोधौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक बस्छ ।

Ncell
Extreme Energy

जेनजी आन्दोलनपछि तत्कालीन सभापति शेरबहादुर देउवाले खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका थिए । खड्कालाई जिम्मेवारी दिए पनि निर्णयहरु भने देउवाकै सल्लाहमा हुने गरेको थियो । देउवा हाल स्वदेशमा छैनन् । सिंगापुरमा उपचार गरेर उनी थप उपचार र पारिवारिक कार्यक्रमका लागि भन्दै हङकङ पुगेका छन् ।

निवर्तमान कार्यबाहक सभापति खड्काको नेतृत्वमा आज बसेको बैठकमा नेता शेखर कोइरालासहित उनी पक्षधर नेताहरु पनि सहभागी थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
भूमिहीनका समस्या समाधान गर्न कानुनी बाटो खुल्यो– मन्त्री प्रतिभा रावल

भूमिहीनका समस्या समाधान गर्न कानुनी बाटो खुल्यो– मन्त्री प्रतिभा रावल

भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी भएसँगै भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानुनी बाटो खुलेको  बताएकी छन् ।
राष्ट्रपतिले जारी गरे  दुई अध्यादेश

राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी गरेका छन् ।
खगेन्द्र सुनार प्रकरणमा प्रहरीले के गर्दैछ ?

खगेन्द्र सुनार प्रकरणमा प्रहरीले के गर्दैछ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार विवादमा तानिएका छन्। महिलालाई अश्लील गाली गलौज गरेको अडियो बाहिरिएपछि पार्टीले पदीय हैसियतामा सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।
विजय पौडेलको निधनमा नेकपा संयुक्तले तीन दिन झण्डा आधा झुकाउने

विजय पौडेलको निधनमा नेकपा संयुक्तले तीन दिन झण्डा आधा झुकाउने

डा. विजय पौडेलको निधनमा घनश्याम भुसाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।