नेभिगेशन
नेताका कुरा

नेविसंघको वर्तमान कार्यसमिति भंग गर्नुपर्ने असन्तुष्ट पक्षधरको माग

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)को असन्तुष्ट पक्षले संस्थाको वर्तमान कार्यसमिति भंग गर्न माग गर्दै कांग्रेस नेतृत्वलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

दुजाङ शेर्पा नेतृत्वको कार्यसमितिले एकलौटी ढंगले सिनेट बैठक बोलाएर संस्था र पार्टी म्याण्डेड बिपरित कार्य गरेको भन्दै असन्तुष्ट पक्षले संस्थाको वर्तमान कार्यसमिति भंग गर्न माग गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी महामन्त्री गुरुराज घिमिरेलाई बुझाइएको ध्यानाकर्षण पत्रमा नेतृत्वले गलत कार्य गरेकाले वर्तमान कार्यसमितिलाई भंग गरि आवश्यक निर्णय गर्न माग गरिएको छ ।

Ncell
Extreme Energy

नेविसंघका विद्यार्थी नेता आदित्य कुमार दासले त्रिविमा बसेको सिनेट बैठकबाट गरेको निर्णयका कारण संस्था र पार्टीलाई प्रभाव परेकाले तत्काल आवश्यक कदम चाल्न ध्यानाकर्षण गराइएको बताए ।

उनले अधिवेशन गराउने म्यान्डेट पुरा नगर्ने र पार्टीको नीति बिपरित चल्न खोज्ने कार्यलाई कसैलाई हित नगर्ने उल्लेख गरे । नेविसंघको नेतृत्व गलत बाटोमा हिड्न खोजेकाले पार्टीले आवश्यक निर्णय लिनुपर्ने उनको भनाइ छ ।

ध्यानाकर्षण पत्र बुझ्दै महामन्त्री घिमिरेले पार्टीका भ्रातृ र शुभेच्छुक संस्थालाई बलियो बनाउने दायित्व पार्टीको भएकाले यसबिषयमा बाहिर आएका बिषयमा पार्टीले आवश्यक निर्णय गर्ने बताए ।

यसअघि नेविसंघको सिनेटले स्वात्तताका लागि भन्दै दलको भ्रातृ संगठनबाट बाहिर निस्कने निर्णय गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
भूमिहीनका समस्या समाधान गर्न कानुनी बाटो खुल्यो– मन्त्री प्रतिभा रावल

भूमिहीनका समस्या समाधान गर्न कानुनी बाटो खुल्यो– मन्त्री प्रतिभा रावल

भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी भएसँगै भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानुनी बाटो खुलेको  बताएकी छन् ।
राष्ट्रपतिले जारी गरे  दुई अध्यादेश

राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी गरेका छन् ।
खगेन्द्र सुनार प्रकरणमा प्रहरीले के गर्दैछ ?

खगेन्द्र सुनार प्रकरणमा प्रहरीले के गर्दैछ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार विवादमा तानिएका छन्। महिलालाई अश्लील गाली गलौज गरेको अडियो बाहिरिएपछि पार्टीले पदीय हैसियतामा सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।
विजय पौडेलको निधनमा नेकपा संयुक्तले तीन दिन झण्डा आधा झुकाउने

विजय पौडेलको निधनमा नेकपा संयुक्तले तीन दिन झण्डा आधा झुकाउने

डा. विजय पौडेलको निधनमा घनश्याम भुसाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।