नेभिगेशन
नेताका कुरा

प्रमुख सचेतक नपाउने भएपछि ‘भड्किए’ हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आज दिउँसो सामाजिक सञ्जाल फेसबुकमा एउटा आक्रोशयुक्त स्टेटस पोस्ट गरे । उनले लेखे– ‘राष्ट्रिय पार्टी श्रम संस्कृतिलाई कुनै सुविधा नदिने हो भने मन्त्रीहरुले पनि सुविधा नलिनु होला । सुरक्षाकर्मी पनि नलिनू, आफैं हिँड्नु। काम छैन ।’

साम्पाङले किन यस्तो लेखे ? सामाजिक सञ्जालमा चर्चा सुरु भएको छ । उनकै फेसबुकमा पनि कैयौंले ‘के सुविधा पाउनु भएन र ?’ भन्दै प्रश्न सोधिरहेका छन् । यो समाचार तयार पार्दासम्म उनले जवाफ दिएका छैनन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर, विषय भने पत्ता लागेको छ । हर्क साम्पाङ नेतृत्वको दल श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्रमुख सचेतक राख्न नपाउने भएको छ । प्रमुख सचेतक राख्न नपाउने भएपछि प्रमुख सचेतकले पाउने सुविधा पनि संसद सचिवालयबाट पाउने कुरै भएन ।

Ncell
Extreme Energy

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट ६ वटा पार्टीले राष्ट्रिय दलको मान्यता पाएका छन् । रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राप्रपा र श्रम संस्कृति राष्ट्रिय मान्यताप्राप्त दल बनेका छन् ।

संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ अनुसार राप्रपा र श्रम संस्कृति पार्टीले प्रमुख सचेतकको सुविधा पाउने छैनन् ।

ऐनको दफा २ को (ञ) मा तोकिएको व्यवस्थाका कारण यी दुई दलले प्रमुख सचेतकको सुविधा नपाउने भएका हुन् । ऐनमा लेखिएको छ, ‘दलको प्रमुख सचेतक भन्नाले प्रतिनिधिसभामा दश जना भन्दा बढी सदस्यहरू रहेको दलको नेताले सो दलको प्रमुख सचेतक भई काम गर्न तोकेको त्यस्तो सभाको सदस्य सम्झनुपर्छ ।’

संसदमा श्रम संस्कृतिले ७ र राप्रपाले ५ सिट जितेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
भूमिहीनका समस्या समाधान गर्न कानुनी बाटो खुल्यो– मन्त्री प्रतिभा रावल

भूमिहीनका समस्या समाधान गर्न कानुनी बाटो खुल्यो– मन्त्री प्रतिभा रावल

भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी भएसँगै भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानुनी बाटो खुलेको  बताएकी छन् ।
राष्ट्रपतिले जारी गरे  दुई अध्यादेश

राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी गरेका छन् ।
खगेन्द्र सुनार प्रकरणमा प्रहरीले के गर्दैछ ?

खगेन्द्र सुनार प्रकरणमा प्रहरीले के गर्दैछ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार विवादमा तानिएका छन्। महिलालाई अश्लील गाली गलौज गरेको अडियो बाहिरिएपछि पार्टीले पदीय हैसियतामा सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।
विजय पौडेलको निधनमा नेकपा संयुक्तले तीन दिन झण्डा आधा झुकाउने

विजय पौडेलको निधनमा नेकपा संयुक्तले तीन दिन झण्डा आधा झुकाउने

डा. विजय पौडेलको निधनमा घनश्याम भुसाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।