नेभिगेशन
नेताका कुरा

कांग्रेसले फेरि बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ। सभापति गगनकुमार थापाको राजीनामा र चुनावी समीक्षाका लागि आयोजित बैठक सकिएको एक दिनपछि भोलि मंगलबार दिउँसो १ बजे बस्ने गरी कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको हो ।

केन्द्रीय कार्यालयका कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले केन्द्रीय समितिको बैठक आह्वान भएको सूचना जारी गरेका हुन् । सूचनामा भनिएको छ – ‘नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक २०८२ चैत १० गते मंगलबार दिनको १ बजे पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, वी.पी। नगर ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरुको उपस्थितिका लागि अनुरोध गरिन्छ ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि चैत ६ र ८ गते बसेको केन्द्रीय समितिको बैठकले सभापति गगनकुमार थापाले दिएको राजीनामा अस्वीकृत गरेको थियो । त्यो बैठकमा सभापति थापा अनुपस्थित थिए । उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा बैठक बसेको थियो ।

Ncell
Extreme Energy

अब भोलि बस्ने बैठकमा भने सभापति थापा सहभागी हुने र उनकै सभापतित्वमा बैठक बस्ने कांग्रेसका नेताहरुले बताएका छन् ।

भोलि सुरु हुने केन्द्रीय समितिको बैठकमा पन्ध्रौं महाधिवेशनका विषयमा छलफल हुने जनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
पूर्वउपसभामुख इन्दिरा राना मगर किन गइन् बैंकक?

पूर्वउपसभामुख इन्दिरा राना मगर किन गइन् बैंकक?

प्रतिनिधिसभा सदस्य एवं पूर्वउपसभामुख इन्दिरा राना मगर थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेकी छन् ।
खगेन्द्र सुनारमाथि निष्पक्ष छानबिन गर्न एमाले प्रचार विभाग प्रमुख आचार्यको माग

खगेन्द्र सुनारमाथि निष्पक्ष छानबिन गर्न एमाले प्रचार विभाग प्रमुख आचार्यको माग

नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि लागेको आरोपमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग गरेका छन् ।
केपी ओलीले दिवंगत विजय पौडेलको निवासमा पुगेर परिवारजनमा समवेदना व्यक्त गरे

केपी ओलीले दिवंगत विजय पौडेलको निवासमा पुगेर परिवारजनमा समवेदना व्यक्त गरे

कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिवंगत डा. विजय पौडेलको निवासमा पुगेर परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा. अनिल सुकलालबीच नेपाल–दक्षिण अफ्रिका सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको छ ।