नेभिगेशन
नेताका कुरा
एमाले नेताका आ-आफ्नै शैली

एमाले कसरी सुधार्ने ? योगेशले मागे देश–विदेशबाट सुझाब

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले एमालेलाई सुधार्ने उपाय खोज्दै देश, विदेशबाट सुझाब माग गरेका छन् । भट्टराईले आज सामाजिक सञ्जालमार्फत सुझाब माग गरेका हुन् ।

उनले निर्वाचनको परिणामले एमालेलाई ठुलो धक्का लागेको उल्लेख गर्दै  पार्टी किन यो हालतमा पुग्यो ? भन्ने प्रश्न गरेका छन् । उनले पार्टीले बेहोर्नु परेको हारको वस्तुनिष्ठ समीक्षा हुनुपर्ने पनि उल्लेख गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमालेमा चुनावी समीक्षाका लागि केन्द्रीय कमिटी बैठकको माग भइरहेको छ । तर, महासचिव शंकर पोखरेलले सबै क्षेत्रबाट प्रतिवेदन प्राप्त भएपछि मात्रै बैठक बस्ने बताउँदै आएका छन् ।

Ncell
Extreme Energy

उपमहासचिव भट्टराईले आग्रह भन्दा माथि उठेर समीक्षा गरिनु पर्ने बताएका छन् । ‘एमालेको एकता, रूपान्तरण, पुर्नगठन र पुनर्जागरणका लागि नयाँ संकल्प सहित अघि बढ़नु पर्दछ । समीक्षा मार्फÞत जिम्मेवारी किटान गर्नुका साथै जवाफदेहिताको प्रश्न हल हुनेछ । यसका लागि निम्न विषयमा राय, सुझाब, टिप्पणी पठाउन अनुरोध गर्दछु ।’ भट्टराईले फेसबुकमार्फत आग्रह गरेका छन् ।

भट्टराईले सुझाब मागेका विषयहरु
१. निर्वाचनमा एमालेको कमजोर परिणाम आउनुमा कुन कुन कारण होलान? र किन? ( नीति, नेतृत्व, संगठन, व्यवहार, कार्यशैली, व्यवस्थापन, एजेण्डा, प्रचार आदि) आन्तरिक र बाह्य कारण ? 
२. एमालेको रूपान्तरणका लागि कुन कुन पक्षमा के के सुधार गर्नु पर्ला? सुधारका प्रस्ताव सहित । अनि रूपान्तरणको विधि र प्रक्रिया बारेमा । 
३. एमालेका सबल र कमजोर पक्ष अनि एमालेको संभावना ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
पूर्वउपसभामुख इन्दिरा राना मगर किन गइन् बैंकक?

पूर्वउपसभामुख इन्दिरा राना मगर किन गइन् बैंकक?

प्रतिनिधिसभा सदस्य एवं पूर्वउपसभामुख इन्दिरा राना मगर थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेकी छन् ।
खगेन्द्र सुनारमाथि निष्पक्ष छानबिन गर्न एमाले प्रचार विभाग प्रमुख आचार्यको माग

खगेन्द्र सुनारमाथि निष्पक्ष छानबिन गर्न एमाले प्रचार विभाग प्रमुख आचार्यको माग

नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि लागेको आरोपमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग गरेका छन् ।
केपी ओलीले दिवंगत विजय पौडेलको निवासमा पुगेर परिवारजनमा समवेदना व्यक्त गरे

केपी ओलीले दिवंगत विजय पौडेलको निवासमा पुगेर परिवारजनमा समवेदना व्यक्त गरे

कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिवंगत डा. विजय पौडेलको निवासमा पुगेर परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा. अनिल सुकलालबीच नेपाल–दक्षिण अफ्रिका सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको छ ।