नेभिगेशन
नेताका कुरा

कांग्रेसको १५औं महाधिवेशन भदौमा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी भदौमा पार्टीको १५औं महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।

राजीनामा अस्वीकृत भएपछि पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी सभापति थापाले आज पन्ध्रौं महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेका हुन् । विधानतः विशेष महाधिवेशन भएको एक वर्षभित्र नियमित महाधिवेशन हुनुपर्छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

थापा गत पुस अन्तिम साता भएको विशेष महाधिवेशनबाट कांग्रेसको सभापति चुनिएका थिए ।

Ncell
Extreme Energy

कांग्रेसको जारी केन्द्रीय समिति बैठकले पन्ध्रौं महाधिवेशनको मिति टुंगो लगाउने कांग्रेसका नेताहरुले बताएका छन् । थापाको प्रस्ताव अनुसार पन्ध्रौं महाधिवेशनको कार्यतालिका आउँदो बैशाख १ मा सुरु हुने छ । थापाले मिति प्रस्ताव गरे पनि स्थान भने प्रस्ताव गरेका छैनन् ।

कांग्रेस अधिवेशनको तालिका 
१. क्रियाशील सदस्यता नवीकरण र वितरण– वैशाख १ देखि मसान्तसम्म 

२. केन्द्रबाट क्रियाशील सदस्यता छानबिन– असार १५ गते

३. क्रियाशील सदस्यता सूची निर्वाचन समितिलाई बुझाउने– असार मसान्त

४. गाउँ, नगर वडा अधिवेशन– साउन ६ गते

५. गाउँ–नगरपालिका अधिवेशन– साउन १२ गते

६. प्रदेश सभा क्षेत्र अधिवेशन– साउन २३ गते

७. प्रतिनिधि सभा क्षेत्र अधिवेशन–साउन ३० गते

८. जिल्ला अधिवेशन– भदौ ६ र ७ गते

९. प्रदेश अधिवेशन– भदौ १५ र १६ गते

१०. केन्द्रीय महाधिवेशन– भदौ २४ देखि २६ गतेसम्म
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
पूर्वउपसभामुख इन्दिरा राना मगर किन गइन् बैंकक?

पूर्वउपसभामुख इन्दिरा राना मगर किन गइन् बैंकक?

प्रतिनिधिसभा सदस्य एवं पूर्वउपसभामुख इन्दिरा राना मगर थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेकी छन् ।
खगेन्द्र सुनारमाथि निष्पक्ष छानबिन गर्न एमाले प्रचार विभाग प्रमुख आचार्यको माग

खगेन्द्र सुनारमाथि निष्पक्ष छानबिन गर्न एमाले प्रचार विभाग प्रमुख आचार्यको माग

नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि लागेको आरोपमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग गरेका छन् ।
केपी ओलीले दिवंगत विजय पौडेलको निवासमा पुगेर परिवारजनमा समवेदना व्यक्त गरे

केपी ओलीले दिवंगत विजय पौडेलको निवासमा पुगेर परिवारजनमा समवेदना व्यक्त गरे

कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिवंगत डा. विजय पौडेलको निवासमा पुगेर परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा. अनिल सुकलालबीच नेपाल–दक्षिण अफ्रिका सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको छ ।