नेभिगेशन
नेताका कुरा

बालुवाटार छाड्ने प्रधानमन्त्री कार्कीको सुरसार

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारस्थित सरकारी निवास छोड्ने तयारी थालेकी छन् । उनले आफ्ना सबैजसो सामान निजी निवास धापासी सारिसकेको उनको सचिवालयले जनाएको छ ।

आगामी शुक्रबार रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्रीको शपथ लिएपछि कार्की स्वतः पदमुक्त हुनेछिन् । नयाँ प्रधानमन्त्रीलाई शुक्रबार राष्ट्रपति भवनमा स्वागत गरेपछि कार्की त्यहीँबाट निजी निवासतर्फ लाग्ने छिन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘अब बालुवाटारमा दुई–तीन दिन बस्नलाई चाहिने सामान मात्रै बाँकी छन्, १३ गते नै धापासी सर्नुहुन्छ’ प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले बताए । उनका अनुसार एक साताअघिबाटै सामान सार्न थालिएको हो ।

Ncell
Extreme Energy

नयाँ प्रधानमन्त्रीले शपथपछि सिधै बालुवाटार जान चाहेमा उक्त निवास पूर्णतः खाली भइसक्ने उनले बताए ।

प्रधानमन्त्री कार्कीको धापासीस्थित निजी निवास केही महिनादेखि खाली रहेका कारण फोहोर जमेको थियो । एक हप्ता लगाएर सबै सफा गरिएको र बस्नका लागि पूर्णतः योग्य भइसकेको रावलले बताए ।

प्रधानमन्त्री कार्कीका पति दुर्गा सुवेदी पनि बालुवाटारमै बस्दै आएका छन् । घर सफा गर्नुपर्ने र सामान मिलाउनुपर्ने कारण विगत एक सातादेखि उनी धापासी–बालुवाटार ओहोरदोहोर गरिरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
पूर्वउपसभामुख इन्दिरा राना मगर किन गइन् बैंकक?

पूर्वउपसभामुख इन्दिरा राना मगर किन गइन् बैंकक?

प्रतिनिधिसभा सदस्य एवं पूर्वउपसभामुख इन्दिरा राना मगर थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेकी छन् ।
खगेन्द्र सुनारमाथि निष्पक्ष छानबिन गर्न एमाले प्रचार विभाग प्रमुख आचार्यको माग

खगेन्द्र सुनारमाथि निष्पक्ष छानबिन गर्न एमाले प्रचार विभाग प्रमुख आचार्यको माग

नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि लागेको आरोपमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग गरेका छन् ।
केपी ओलीले दिवंगत विजय पौडेलको निवासमा पुगेर परिवारजनमा समवेदना व्यक्त गरे

केपी ओलीले दिवंगत विजय पौडेलको निवासमा पुगेर परिवारजनमा समवेदना व्यक्त गरे

कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिवंगत डा. विजय पौडेलको निवासमा पुगेर परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा. अनिल सुकलालबीच नेपाल–दक्षिण अफ्रिका सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको छ ।