नेभिगेशन
नेताका कुरा

निर्वाचन लोकतन्त्रको मेरुदण्डः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको काँधमा ठूलो दायित्व आएको बताएका छन् ।

निर्वाचन आयोग नेपालद्वारा बुधवार आयोग परिसर बहादुर भवनमा आयोजित जलपान कार्यक्रमलाई सम्बोधन गर्दैं उनले स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि  सबैले एकजुट भएर काम गर्नु पर्ने बताएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, “निर्वाचनमार्फत जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने दायित्व अब जनप्रतिनिधिको काँधमा आएको छ, लोकतन्त्रमा मत फरक हुन सक्छन्, तर राष्ट्र निर्माणको साझा लक्ष्यमा सबै नेपालीको एउटै मत हुनेछ भन्ने मैले विश्वास लिएको छु।”

Ncell
Extreme Energy

यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ तुल्याएको छ,  मतदाताले मतदान केन्द्रसम्म पुगेर व्यक्त गर्नुभएको मतादेशले मुलुकको भविष्यलाई दिशानिर्देश गरेको छ ।”

आयोगले यस पटक निर्वाचनमा मतदाताको सहभागिता बढाउने, मितव्ययिता  र पारदर्शिता कायम गर्ने, आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्ने, हरित निर्वाचनको अवधारणा कार्यान्वयन गर्नेलगायतका क्षेत्रमा उल्लेखनीय कार्य गरेको उनले बताए ।

राष्ट्रपति पौडेलले भने, “यसले निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष, विश्वसनीय र वातावरण मैत्री बनाउन मद्दत पुगेको छ, निर्वाचनले अन्तरराष्ट्रिय समूहबाट समेत प्रशंसा बटुल्न सफल भएको मैले महसुस गरेको छु ।”

निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दैं उनले देशको जटिल र कठिन परिस्थितिबाट मुलुकलाई निकास दिन घोषणा गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा अहोरात्र खटेर मन, वचन र कर्मले क्रियाशील भई शान्तिपूर्णरुपमा सफलतापूर्वक सम्पन्न गरेकोमा सरकार, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सम्बद्ध सरोकारवाला तथा आ–आफ्नो क्षेत्रबाट प्रभावकारी भूमिका निर्वाह गर्नुभएकोमा सम्पूर्ण देशवासी दिदीबहिनी तथा दाजुभाइलाई धन्यवाद पनि व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
पूर्वउपसभामुख इन्दिरा राना मगर किन गइन् बैंकक?

पूर्वउपसभामुख इन्दिरा राना मगर किन गइन् बैंकक?

प्रतिनिधिसभा सदस्य एवं पूर्वउपसभामुख इन्दिरा राना मगर थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेकी छन् ।
खगेन्द्र सुनारमाथि निष्पक्ष छानबिन गर्न एमाले प्रचार विभाग प्रमुख आचार्यको माग

खगेन्द्र सुनारमाथि निष्पक्ष छानबिन गर्न एमाले प्रचार विभाग प्रमुख आचार्यको माग

नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि लागेको आरोपमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग गरेका छन् ।
केपी ओलीले दिवंगत विजय पौडेलको निवासमा पुगेर परिवारजनमा समवेदना व्यक्त गरे

केपी ओलीले दिवंगत विजय पौडेलको निवासमा पुगेर परिवारजनमा समवेदना व्यक्त गरे

कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिवंगत डा. विजय पौडेलको निवासमा पुगेर परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा. अनिल सुकलालबीच नेपाल–दक्षिण अफ्रिका सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको छ ।