नेभिगेशन
नेताका कुरा

निष्पक्ष छानबिनका लागि कार्की आयोग बनेको होइन भन्ने पुष्टि भयोः महासचिव पोखरेल

काठमाडौँ । कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् ।

बिहीवार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धाराणा व्यक्त गर्दै महासचिव पोखरेलले  कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने कुरा आयोगले तयार पारेको प्रतिवेदनले प्रस्त पारेको बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भनेका छन्, ‘कार्की आयोग र आम निर्वाचन ०८२ अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानूनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट छ । सोही अनुसारको निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको छ ।’

Ncell
Extreme Energy

निर्वाचन र आयोगको प्रतिवेदनसंगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर रहेको भन्दै अल्गोरिदमको प्रयोगवाट लोकपृयतावाद, अराजकतावाद र अवसरवादको मिश्रणवाट नयाँ शक्तिको उदय भएको उनले बताए । त्यस्तै अबको बाटो सजिलो नहुने भएकाले राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने समेत बताएका छन् ।

यस्तै,  अहिलेको अवस्थामा, ‘नयाँ शक्ति’ र ‘नेतृत्व’ लाई उनीहरूको दृष्टिकोणअनुसार काम गर्ने अवसर दिएर जनतालाई प्रत्यक्ष अनुभवमार्फत मूल्याङ्कन गर्न दिनु नै सम्भवतः विवेकपूर्ण कदम हुन सक्ने उनले बताए ।

उनले भनेका छन्, ‘सत्य कुरा के हो भने ? लोकपृयतावाद, अराजकतावाद र अवसरवाद आजका चुनौतीहरुको समाधानको बाटो होइन र विचारधारात्मक राजनीतिको दिर्घकालिन विकल्प पनि होइन ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
खगेन्द्र सुनारमाथि निष्पक्ष छानबिन गर्न एमाले प्रचार विभाग प्रमुख आचार्यको माग

खगेन्द्र सुनारमाथि निष्पक्ष छानबिन गर्न एमाले प्रचार विभाग प्रमुख आचार्यको माग

नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि लागेको आरोपमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग गरेका छन् ।
केपी ओलीले दिवंगत विजय पौडेलको निवासमा पुगेर परिवारजनमा समवेदना व्यक्त गरे

केपी ओलीले दिवंगत विजय पौडेलको निवासमा पुगेर परिवारजनमा समवेदना व्यक्त गरे

कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिवंगत डा. विजय पौडेलको निवासमा पुगेर परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा. अनिल सुकलालबीच नेपाल–दक्षिण अफ्रिका सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको छ ।
बाढी गएको दुई दिनमै आरुघाटमा धमाधम बन्दैछ बेलिब्रिज (तस्बिरकथा)

बाढी गएको दुई दिनमै आरुघाटमा धमाधम बन्दैछ बेलिब्रिज (तस्बिरकथा)

बुढीगण्डकी नदीको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बगाएपछि बेलिब्रिज निर्माणका लागि आवश्यक सामग्री आरुघाट आइपुगेको छ ।

भर्खरै