नेभिगेशन
नेताका कुरा

रवि-बालेन मन्त्री छान्ने अन्तिम गृहकार्यमा, सबै मन्त्रीको शपथ एकसाथ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आज नयाँ सरकारको मन्त्रिपरिषद् टुङ्गो लगाउँदैछन् । 

बढीमा १८ सदस्यीय मन्त्रिपरिषद् बनाउने रास्वपाको तयारी छ। हालसम्म प्रधानमन्त्रीमा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र अर्थमन्त्रीमा पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको शपथ निश्चित भएको छ। मन्त्रिपरिषद्का बाँकी सदस्यहरूको टुङ्गो आजै लगाइँदैछ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्वाचित सांसदहरूको योग्यता र क्षमता हेरेर मुलुकको प्रतिकूल अवस्थालाई सम्बोधन गर्न सक्ने जिम्मेवार नेताहरूलाई सरकारमा पठाउने तयारी रहेको रास्वपाले जनाएको छ।

Ncell
Extreme Energy

सुशासनको जनअपेक्षा सम्बोधन गर्न र जनतालाई सरकारबाट दिइने सेवालाई चुस्त र प्रभावकारी बनाउन सक्नेगरी सरकारले काम गरोस् भन्ने अपेक्षासहित मन्त्री चयनको तयारी भइरहेको नेताहरूले सिधाकुरालाई बताए। 

‘बुढानीलकण्ठस्थित निवासमा सभापतिज्यू र वरिष्ठ नेताबीच केही सातादेखि नै घनिभूत छलफल भइरहेको छ,’ स्रोतले सिधाकुरासँग भन्यो,‘आज पनि सांसद्को शपथ लगत्तै दुई नेताबीच छलफल हुँदैछ। आजै मन्त्रिपरिषद्को टुङ्गो लाग्छ।’

ती नेताकाअनुसार सरकारमा सहभागी हुने सबै मन्त्रीहरुले भोलि नै पद तथा गोपनीयताको शपथ लिनेछन्। ‘पहिले प्रधानमन्त्रीले राष्ट्रपतिसँग शपथ लिनुहुन्छ । त्यसपछि सबै मन्त्रीहरुले शपथ लिनेछन्,’रास्वपा स्रोतले सिधाकुरासँग भन्यो,‘ बढीमा १८ जनाको मन्त्रिपरिषद् बन्नेछ। त्यो आजै तय हुन्छ।’   

रास्वपाकाअनुसार सरकार गठनमा मन्त्रालयलाई न्याय गर्न सक्ने क्षमता भएका, लैङ्गिक सहभागिता र भूगोलको प्रतिनिधित्वलाई प्राथमिकतामा राखेर मन्त्रिपरिषद् समावेशी बनाइने गृहकार्य गरिएको छ।

जनमतलाई न्याय गर्न सक्ने सम्भावित सांसदहरूको 'सर्टलिस्ट' बनाएर मन्त्रीको जिम्मेवारी तोक्नेगरी दुई नेताले छलफल गरिरहेको रास्वपाले जनाएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
केपी ओलीले दिवंगत विजय पौडेलको निवासमा पुगेर परिवारजनमा समवेदना व्यक्त गरे

केपी ओलीले दिवंगत विजय पौडेलको निवासमा पुगेर परिवारजनमा समवेदना व्यक्त गरे

कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिवंगत डा. विजय पौडेलको निवासमा पुगेर परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा. अनिल सुकलालबीच नेपाल–दक्षिण अफ्रिका सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको छ ।
बाढी गएको दुई दिनमै आरुघाटमा धमाधम बन्दैछ बेलिब्रिज (तस्बिरकथा)

बाढी गएको दुई दिनमै आरुघाटमा धमाधम बन्दैछ बेलिब्रिज (तस्बिरकथा)

बुढीगण्डकी नदीको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बगाएपछि बेलिब्रिज निर्माणका लागि आवश्यक सामग्री आरुघाट आइपुगेको छ ।
एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

नेकपा एमालेले आगामी मङ्सिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ ।

भर्खरै