नेभिगेशन
नेताका कुरा

नवनियुक्त सञ्चारमन्त्री तिमिल्सिनाद्वारा पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले पदभार ग्रहण गरेका छन्। सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा शुक्रवार उनले पदबहाली गरेका हुन्।

मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारी र मातहतका निकायका प्रमुख तथा प्रतिनिधिलाई सम्बोधन गर्दै मन्त्री डा तिमिल्सिनाले पद प्राप्तिभन्दा जिम्मेवारी पूरा गर्नु नै आफ्नो प्राथमिकता भएको बताए । उनले देशले निकास खोजिरहेको उल्लेख गर्दै राजनीति र प्रशासनप्रति घट्दो विश्वास पुनःस्थापित गर्न सबैलाई आह्वानसमेत गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“हामीले जिम्मेवारी लिएका छौँ, हाम्रो सबैभन्दा ठूलो धर्म राजनीति र प्रशासनप्रति घट्दो विश्वास पुनःस्थापित गर्नु हो”, डा तिमिल्सिनाले भने, “राजनीति नै गलत हो भन्ने सन्देश प्रवाह भइरहेको अवस्थालाई  सुधार्दै देशमा आशा जगाउनुपर्छ ।”

Ncell
Extreme Energy

डा तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र शाहको ‘मिसन’ र ‘भिजन’अनुसार मन्त्रालयले पूर्ण सहयोग गर्ने उल्लेख गरेका थिए । कर्मचारीलाई पनि इमानदारिता र क्षमता प्रयोग गर्दै सामूहिक भावनाका साथ  काम गर्न उनले आग्रहसमेत गरेका छन्।

“तपाइका हरेक विचारहरू यो देशका नीतिनियम, ऐनसँग बाझिने पनि हुनुहुँदैन । यो देशका जनताको सपनासँग बाझिने पनि हुनुहँुदैन । कृपया यो कुरा मनमा राखेर आफ्ना काम कर्तव्यलाई अगाडि बढाउनु होला”, मन्त्री तिमिल्सनाले भने।
   
उनले आजैका दिनदेखि आफ्नो कर्तव्यमा होमिएका र देशलाई अगाडि बढाउनका लागि समर्पित भएर लाग्ने धारणा व्यक्त गरेका थिए ।
मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले मन्त्रालयका प्रमुख कार्य र मुख्य नीति तथा योजना र कानुनबारे मन्त्रीलाई ‘ब्रिफिङ’ गरेका थिए ।

“बजेट सिलिङ प्राप्त भइसकेको छ । बजेट तर्जुमा, प्राथमिकता निर्धारणलगायत काम मन्त्रीको निर्देशनमा गर्नेछौँ”, उनले भने ।
नवनियुक्त मन्त्रीलाई मन्त्रालयका कर्मचारी र मातहतका पदाधिकारीहरुले स्वागत एवं कार्यकालको शुभकामना व्यक्त गरे ।

अनुसन्धान विशेषज्ञ एवं विश्लेषक सञ्चारमन्त्री
नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमल्सिना राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यमा नुवाकोट क्षेत्र नं १ बाट निर्वाचन सांसद हुन्।

रास्वपाका केन्द्रीय परराष्ट्र विभागका उपप्रमुख डा तिमल्सिनाले अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट राजनीतिक र अन्तरराष्ट्रिय मामिलामा विद्यावारिधि उपाधि प्राप्त गरेका छन्। सांसद बन्नुअघि उनले त्रिभुवन विश्वविद्यालयको आन्तरिक सुरक्षा, राजनीति र कूटनीतिमा अध्यापन गराउँदै आएका थिए ।

डा तिमल्सिना अनुसन्धान विशेषज्ञ एवं विश्लेषक हुन्। नेपालको शान्ति प्रक्रिया, परराष्ट्र नीति र भू–राजनीतिक जटिलताको सूक्ष्म अध्ययन एवं अन्तरराष्ट्रिय मञ्चमा अनुसन्धानमूलक प्रस्तुतिमार्फत देशको नीतिगत बहसलाई डोर्‍याउने कार्यमा पनि संलग्न थिए ।

साहित्य, लेखन र पत्रकारिता क्षेत्रमा पनि आबद्ध डा तिमल्सिना ‘भ्रष्टाचारविरुद्धको लडाईंः एन्टी करप्सन स्टडिज’ का विज्ञ मानिन्छन्। उनी  ‘एसियन इस्टिच्युट फर एड्भान्स रिसर्च’ का संस्थापक पनि हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
बाँझो र उपयोगविहिन जमिनलाई कृषि उत्पादनसँग जोड्दै, ४ स्थानीय तहमा मन्त्रालयले दियो भूमि बैंकको स्वीकृति

बाँझो र उपयोगविहिन जमिनलाई कृषि उत्पादनसँग जोड्दै, ४ स्थानीय तहमा मन्त्रालयले दियो भूमि बैंकको स्वीकृति

भूमि बैंकमार्फत स्थानीय तहमा रहेका बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गरी कृषि उत्पादनमा प्रयोग गरिनेछ। जग्गाधनीको स्वामित्व कायम रहने गरी सम्झौताका आधारमा जग्गा उपयोगमा...
ज्यानमारा सडक, १८ वर्षमा सडक दुर्घटनाबाट झण्डै ४० हजारले गुमाए ज्यान

ज्यानमारा सडक, १८ वर्षमा सडक दुर्घटनाबाट झण्डै ४० हजारले गुमाए ज्यान

सुदूरबासीलाई बचाउन सरकार आउँदैन काल आफै सचेत हुनुपर्छ ।
नेपाल ल्याइयो थप तीन आरोहीको शव

नेपाल ल्याइयो थप तीन आरोहीको शव

किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव मंगलबार अपरान्ह कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो ।
राहदानी उत्पादनमा छलाङ, एकै दिन ५ हजार ८७८ ई–पासपोर्ट छापियो

राहदानी उत्पादनमा छलाङ, एकै दिन ५ हजार ८७८ ई–पासपोर्ट छापियो

राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) उत्पादन क्षमता उल्लेख्य रूपमा बढाएको छ । विभागले साउन २५ गते एकै दिन ५ हजार ८७८ वटा ई–पासपोर्ट उत्पादन गरेको जनाएको छ ।