नेभिगेशन
नेताका कुरा

अध्यक्ष ओली पक्राउको विषयमा नेकपा एमालेले सरकारलाई विरोधपत्र बुझाउँदै

काठमाडौँ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विषयमा सरकारलाई विरोधपत्र बुझाउने भएको छ ।आइतवार नेकपा एमालले देशका ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई विरोधपत्र बुझाउन लागेको हो ।

काठमाडौँमा मध्यान्ह १२ बजे माइतिघर मण्डलामा भेला भई अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको प्रतिशोधपूर्ण गिरफ्तारीविरुद्ध काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई विरोध पत्र बुझाउने कार्यक्रम रहेको नेकपा एमाले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै देशभरका जिल्ला सदरमुकाममा आज विरोधपत्र बुझाउने कार्यक्रममा सहभागी हुन् पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकहरुमा नेकपा एमालेका सचिव महेश बस्नेतले आग्रह गरेका छन् ।

Ncell
Extreme Energy

उनले भने, आज ठीक १२ बजे माइतिघर मण्डलामा भेला भई पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको प्रतिशोधपूर्ण गिरफ्तारीविरुद्ध काठमाडौंका सीडीओ मार्फत सरकारलाई विरोध पत्र बुझाउने कार्यक्रममा सहभागी बनौँ। साथै, देशभरका सबै जिल्लाका सदरमुकामबाट समेत कार्यक्रम आयोजना हुने भएकाले आ–आफ्नो जिल्लामा सक्रिय रूपमा सहभागी बनौँ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
खगेन्द्र सुनारका विषयमा संसदीय छानविन हुनुपर्छः एमाले

खगेन्द्र सुनारका विषयमा संसदीय छानविन हुनुपर्छः एमाले

सम्बन्धित व्यक्ति दोषी ठहरिएमा कानुन अनुसार कडाभन्दा कडा कारबाही गरिनुपर्ने उनको भनाइ छ । उनले सार्वजनिक व्यक्तित्वहरू निश्चित मर्यादा, आचरण र जवाफदेहिताभित्र रहेर एक सेवकको रूपमा प्रस्तुत हुनुपर्नेमा...
सुनचाँदीको मूल्य क्रमशः घट्दै

सुनचाँदीको मूल्य क्रमशः घट्दै

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजार २०० र चाँदीको मूल्य रु चार हजार ३५५ कायम भएको छ ।
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
विपद् आइपर्दा पूर्वतयारीको कार्यान्वयन : रेडक्रस प्रतिकार्यकर्मीको दृष्टिकोण

विपद् आइपर्दा पूर्वतयारीको कार्यान्वयन : रेडक्रस प्रतिकार्यकर्मीको दृष्टिकोण

पूर्वतयारीले सायदै कहिल्यै मुख्य समाचारमा स्थान पाउँछ, तर यसको प्रभाव मानिसहरूसम्म छिटो पुग्ने हरेक प्रतिकार्यमा, सबैभन्दा बढी आवश्यकता परेको बेला सहयोग पाउने हरेक परिवारमा र आगामी सङ्कटको सामना...