नेभिगेशन
नेताका कुरा

प्रतिनिधि सभाका प्रदेशगत सांसदसंग प्रधानमन्त्री शाहको छलफल

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले बिभिन्न प्रदेशका सांसदहरुसंग निर्वाचन क्षेत्रका समस्याबारे छलफल गरेका छन्।

मन्त्री शाहले कोशी र कर्णाली प्रदेशका सांसदहरुसंग निर्वाचन क्षेत्रका समस्याबारे छलफल गरेका हुन्। सो क्रममा प्रधानमन्त्री शाहले निर्वाचन क्षेत्रमा देखिएका समस्या र बिकासका लागि तत्काल गर्नुपर्ने प्राथमिकताका कार्यका बारे चासो व्यक्त गरेका थिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भने सांसदहरुले आ–आफ्ना क्षेत्रमा रहेका समस्या र सम्भावनाका बिषयमा प्रधानमन्त्री शाहलाई जानकारी गराएका थिए । छलफलपछि रास्वपा इन्दिरा रानामगरले प्रदेश र क्षेत्रका तत्कालीन समस्याका बारेमा प्रधानमन्त्रीले जानकारी लिएका थिए।

Ncell
Extreme Energy

उनले आफ्नो क्षेत्रमा धेरै समस्या रहेपनि पुल निर्माणमा ढिलाई, सडक निर्माण लगाएतका बिषयमा जानकारी गराएको उल्लेख गरे। तत्कालै समाधान गर्न सकिने कुरालाई वर्तमान सरकारले प्राथमिकतामा राख्ने प्रधानमन्त्रीले बताएको सांसद रानाले जानकारी दिए।

त्यस्तै राप्रपा सांसद ज्ञान बहादुर शाहीले कर्णाली प्रदेशमा देखिएका समग्र समस्या र समयमा नै काम नगर्नेलाई कारवाही गर्न आग्रह गरिएको जानकारी दिए। उनले आवश्यकताका अनुसार बजेट बिनियोजन गर्न समेत आग्रह गरेको बताए।

आगामी बर्षको बजेट निर्माणको प्राथमिकता, अधुरा रहेका योजना र अन्य समस्याका बारे प्रधानमन्त्री शाहले छलफल गरेका हुन्। अन्य प्रदेशका सांसदहरुसंगपनि निरन्तर छलफल हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
सुनचाँदीको मूल्य क्रमशः घट्दै

सुनचाँदीको मूल्य क्रमशः घट्दै

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजार २०० र चाँदीको मूल्य रु चार हजार ३५५ कायम भएको छ ।
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
विपद् आइपर्दा पूर्वतयारीको कार्यान्वयन : रेडक्रस प्रतिकार्यकर्मीको दृष्टिकोण

विपद् आइपर्दा पूर्वतयारीको कार्यान्वयन : रेडक्रस प्रतिकार्यकर्मीको दृष्टिकोण

पूर्वतयारीले सायदै कहिल्यै मुख्य समाचारमा स्थान पाउँछ, तर यसको प्रभाव मानिसहरूसम्म छिटो पुग्ने हरेक प्रतिकार्यमा, सबैभन्दा बढी आवश्यकता परेको बेला सहयोग पाउने हरेक परिवारमा र आगामी सङ्कटको सामना...
चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६० ग्राहकलाई भूमिगत माध्यमबाट विद्युत् प्रदान गरिएको छ ।