नेभिगेशन
नेताका कुरा

संसदमा प्रखर रुपमा प्रस्तुत हुन आफ्ना सांसदलाई कांग्रेस नेता खड्काको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना दलका सांसदहरुलाई आग्रह गरेका छन्।

सोमबार काठमाडौंमा कांग्रेसका प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुलाई बधाई तथा शुभकामना दिदै नेता खड्काले संसदमा आफ्ना सांसदहरुको भूमिका प्रभावकारी र अनुकरणीय रहने बताएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीको इतिहास र आदर्शका साथै नेपाल र नेपाली जनताको हितका लागि संसदमा प्रखर रुपमा प्रस्तुत हुन समेत उनले सुझाव दिएका थिए।

Ncell
Extreme Energy

नेता खड्काले संख्याको हिसाबले केहि कम भएपनि नेपालको लोकतान्त्रिक प्रजातान्त्रिक आन्दोलनको इतिहासको सिङ्गो धरोहर बोकेर कांग्रेसका सांसदहरुको भूमिका निकै महत्वपूर्ण हुने धारणा व्यक्त गरे ।

यसअघि पार्टीले अघि सारेको संविधान संशोधनको मूल मुद्दालाई समेत सशक्त ढंगले अघि बढाउनुपर्ने उनको भनाइ छ । 
त्यस्तै कांग्रेसका अर्का नेता डा शेखर कोइरालाले सांसदमा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुले राष्ट्रका मुद्दाहरुलाई सदैव प्राथमिकतामा राख्ने विश्वास व्यक्त गरेका थिए।

उनले पहिले जस्तै सांसदहरुसंगको छलफल निरन्तर हुने भन्दै संसद बाहिर रहेका नेताहरुले पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले आवश्यक परेको खण्डका संसदमा आउने महत्वपूर्ण बिषयमा बिज्ञहरुसंग समेत छलफल गराउने बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
सुनचाँदीको मूल्य क्रमशः घट्दै

सुनचाँदीको मूल्य क्रमशः घट्दै

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजार २०० र चाँदीको मूल्य रु चार हजार ३५५ कायम भएको छ ।
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
विपद् आइपर्दा पूर्वतयारीको कार्यान्वयन : रेडक्रस प्रतिकार्यकर्मीको दृष्टिकोण

विपद् आइपर्दा पूर्वतयारीको कार्यान्वयन : रेडक्रस प्रतिकार्यकर्मीको दृष्टिकोण

पूर्वतयारीले सायदै कहिल्यै मुख्य समाचारमा स्थान पाउँछ, तर यसको प्रभाव मानिसहरूसम्म छिटो पुग्ने हरेक प्रतिकार्यमा, सबैभन्दा बढी आवश्यकता परेको बेला सहयोग पाउने हरेक परिवारमा र आगामी सङ्कटको सामना...
चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६० ग्राहकलाई भूमिगत माध्यमबाट विद्युत् प्रदान गरिएको छ ।