नेभिगेशन
नेताका कुरा

हुलाक सेवालाई सुदृढ बनाइनुपर्छः मन्त्री डा तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले हुलाक सेवालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।

हुलाक सेवा विभागको कार्यालय बबरमहलमा सोमबार आयोजित कार्यक्रममा पुरातात्विक तथा ऐतिहासिक महत्त्वका तीन नयाँ हुलाक टिकटमा प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्दै उनले यस्तो बताएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यक्रममा विभागको स्वीकृत ‘फिलाटेलिक कार्यक्रम’अन्तर्गत जावा दाम (मुद्रा), धुरकोट दरबार गुल्मी र नृसिंह अवतार नाच (कार्तिक नाच) तस्बिर अङ्कित हुलाक टिकट प्रचलनमा ल्याइएको हो ।

Ncell
Extreme Energy

त्यस अवसरमा मन्त्री डा तिमिल्सिनाले मुलुकका  ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा र संस्कृतिको जगेर्ना गर्दै राष्ट्रिय पहिचानको संरक्षण गर्न हुलाक टिकटले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले हुलाकमार्फत सार्वजनिक सेवालाई नागरिकको समीपमा पुर्‍याउन सेवालाई थप सुदृढ गर्नुपर्नेमा जोड दिएका थिए ।

मन्त्री डा तिमिल्सिनाले सरकारको सयबुँदे मार्गचित्रअनुरूप नयाँ ढङ्गले कामको गति बढाउनेगरी कार्ययोजना पेस गर्न विभागलाई निर्देशन दिएका हुन्। उनले जनतामा आशा जगाउनेगरी सकारात्मक कामको थालनी गर्न पनि आग्रह गरेका थिए।

मन्त्री डा तिमिल्सिनाले हुलाक सेवालाई समयसापेक्षा प्रभावकारी बनाउन, स्मार्ट हुलाकको कामलाई चाँडो अगाडि बढाउन आग्रह गरे । उनले सबै सरकारी निकायको काम समयसापेक्ष प्रविधिमैत्री बनाउन र नयाँ गतिका साथ सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले हुलाक टिकटमार्फत मुलुकका पुरातात्विक तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रचारप्रसार गर्न सघाउपुग्ने बताए । विभागका महानिर्देशक मनमाया पङ्गेनी भट्टराईले टिकटले अन्तरराष्ट्रिय जगत्मा महत्त्वपूर्ण योगदानका गर्ने बताए ।

उनले हुलाक टिकटमार्फत इतिहास, धर्म संस्कृतिको संरक्षण गर्न विभागले त्यस्ता सम्पदा र पहिचानको खोजी गर्दै हुलाक टिकट प्रकाशन गर्ने कार्य गरिरहेको बताए।
सोही अवसरमा सञ्चारमन्त्री डा तिमिल्सिनालाई विभागको तर्फबाट स्वागत गर्नुका साथै विभागको कामकारबाहीबारे जानकारी गराइएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
सुनचाँदीको मूल्य क्रमशः घट्दै

सुनचाँदीको मूल्य क्रमशः घट्दै

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजार २०० र चाँदीको मूल्य रु चार हजार ३५५ कायम भएको छ ।
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
विपद् आइपर्दा पूर्वतयारीको कार्यान्वयन : रेडक्रस प्रतिकार्यकर्मीको दृष्टिकोण

विपद् आइपर्दा पूर्वतयारीको कार्यान्वयन : रेडक्रस प्रतिकार्यकर्मीको दृष्टिकोण

पूर्वतयारीले सायदै कहिल्यै मुख्य समाचारमा स्थान पाउँछ, तर यसको प्रभाव मानिसहरूसम्म छिटो पुग्ने हरेक प्रतिकार्यमा, सबैभन्दा बढी आवश्यकता परेको बेला सहयोग पाउने हरेक परिवारमा र आगामी सङ्कटको सामना...
चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६० ग्राहकलाई भूमिगत माध्यमबाट विद्युत् प्रदान गरिएको छ ।