नेभिगेशन
नेताका कुरा

प्रतिकूलतामा एकजुट हुन नेता कार्यकर्तालाई महामन्त्री पौडेलको अपिल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेस एकताका पक्षमा एकजुट हुन सबै नेता कार्यकर्तालाई अपिल गरेका छन् ।

सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले अहिलेको प्रतिकुलतामा छिनभिन्न भएर बिग्रन नहुने बताए । देशका हरेक संकटमा नेपाली काङ्ग्रेस सँगै रहेर एकजुट रहेको भन्दै उनले एकताकै बलमा कांग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व गरेर सफलता पनि हासिल गरेको स्मरण गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अहिलेको प्रतिकुलतामा पनि छिन्नभिन्न भएर बिग्रनु हुन्न भन्दै उनले पार्टी महामन्त्री मात्र नभै इमान्दार कार्यकर्ता भएर एकजुट हुन अपिल गरे । ‘अहिलेको प्रतिकुलतामा पनि हामी छिन्नभिन्न भएर बिग्रनु हुन्न,’ उनले भने, ‘म पार्टी महामन्त्री मात्र नभै एक इमान्दार कार्यकर्ता भएर भन्दैछु– हामी सबै एकजुट होऔं !’

Ncell
Extreme Energy

महामन्त्री पौडेलले नेपाली काङ्ग्रेसका सबै नेता कार्यकर्तालाई एकतामा नै शक्ति रहेको बताए ।‘म नेपाली काङ्ग्रेसका सबै नेता कार्यकर्तामा अनुरोध गर्छु । एकतामा नै शक्ति छ, र यसैको बलमा नै हामीले फेरि उज्यालो भविष्य प्राप्त गर्नेछौं ।’ उनले भनेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
सुनचाँदीको मूल्य क्रमशः घट्दै

सुनचाँदीको मूल्य क्रमशः घट्दै

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजार २०० र चाँदीको मूल्य रु चार हजार ३५५ कायम भएको छ ।
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
विपद् आइपर्दा पूर्वतयारीको कार्यान्वयन : रेडक्रस प्रतिकार्यकर्मीको दृष्टिकोण

विपद् आइपर्दा पूर्वतयारीको कार्यान्वयन : रेडक्रस प्रतिकार्यकर्मीको दृष्टिकोण

पूर्वतयारीले सायदै कहिल्यै मुख्य समाचारमा स्थान पाउँछ, तर यसको प्रभाव मानिसहरूसम्म छिटो पुग्ने हरेक प्रतिकार्यमा, सबैभन्दा बढी आवश्यकता परेको बेला सहयोग पाउने हरेक परिवारमा र आगामी सङ्कटको सामना...
चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६० ग्राहकलाई भूमिगत माध्यमबाट विद्युत् प्रदान गरिएको छ ।