नेभिगेशन
समाज

नेपाल गरिखाने मान्छेहरूको देश हो भन्ने बनाउँछौँः अर्थमन्त्री डा.स्वर्णिम वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल गरिखाने मान्छेहरूको देश हो भन्ने चिनाउने गरी अर्थतन्त्रको विकास गर्ने बताएका छन् । 

मङ्गलबार नेपाल चेम्बर अफ कमर्शका पदाधिकारी तथा पूर्व पदाधिकारीहरूसँगको भेटमा उनले यस्तो धारणा राखेका हुन् । अर्थमन्त्री वाग्लेले चेम्बरका पूर्वपदाधिकारीहरूलाई भने, ‘तपाईंहरूलाई उँड्ने, फैलने सुविधा राज्यले दिन्छ । देश बनाउने हुटहुटी बोकेर आएका छौँ । अर्थतन्त्र बलियो बनाउने हो । आउनुस् हातेमालो गरौँ ।’ 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै उनले इमानदार उद्योगी व्यापारीहरू कानुनका कारण बदनाम बन्ने अवस्था आउन नदिन काम गर्ने प्रतिवद्धता जनाएका छन् । ‘राज्यका कारण रोजगारी सृजना गर्नेले अब दुःख हैरानी पाउँदैन त्यसको ग्यारेन्टी म गर्छु । अर्थतन्त्र बनाउन राज्यले के के गर्नु पर्छ भन्नुस् हामी सबै गछौँ ।’ 

Ncell
Extreme Energy

उनले अर्थतन्त्र बलियो बनाउन, मुलकको सर्वाङ्गीण विकास गर्ने काममा सबैजना एक ठाउँमा उभिन आग्रह गरे । ‘मैले पटक पटक भन्ने गरेको छु । निजी क्षेत्र इमानदार भइदिनुस् । राज्यले दिलोज्यान दिएर तपाईंहरूलाई सहयोग गर्छ । म त्यसको जिम्मा लिन्छु तर, नियोजित र प्रायोजित गल्ति र बेइमानीमा भने हामी निर्मम हुन्छौँ’, उनले भने । 

अर्थमन्त्री वाग्लेले नेपाल एलडीसीमा स्तरोन्नति गइहाल्छ कि भन्ने निजी क्षेत्रको पिरलाई आफूले बुझेको र यो तत्काल हुँदैन भन्ने मान्यता राखेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

“तपाईंहरूकै त्याग, निष्ठा र अदम्य साहसका कारण नै आज सङ्कटका बेला लाखौँ मानिसले सुरक्षित महसुस गर्न पाउनुभएको छ । कार्यक्षेत्रमा खटिनुहुने तपाईंहरु प्रत्येक सुरक्षाकर्मीको यो योगदानको उच्च कदर...
हाइड्रोपावरको टनेलमा उद्धार प्रयासः त्रिशुली–१ मा थर्मल क्यामेराको प्रयोग, ३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश

हाइड्रोपावरको टनेलमा उद्धार प्रयासः त्रिशुली–१ मा थर्मल क्यामेराको प्रयोग, ३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश

त्रिशूली–३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश गरी अडिट–१ बाट निस्किएका छन् । अडिट २ टनेलबाट ‘एक्साभेटर’ जानसक्ने गरी बाटो सफा भइरहेको र हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ...
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।

भर्खरै