नेभिगेशन
समाज

नेपाल गरिखाने मान्छेहरूको देश हो भन्ने बनाउँछौँः अर्थमन्त्री डा.स्वर्णिम वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल गरिखाने मान्छेहरूको देश हो भन्ने चिनाउने गरी अर्थतन्त्रको विकास गर्ने बताएका छन् । 

मङ्गलबार नेपाल चेम्बर अफ कमर्शका पदाधिकारी तथा पूर्व पदाधिकारीहरूसँगको भेटमा उनले यस्तो धारणा राखेका हुन् । अर्थमन्त्री वाग्लेले चेम्बरका पूर्वपदाधिकारीहरूलाई भने, ‘तपाईंहरूलाई उँड्ने, फैलने सुविधा राज्यले दिन्छ । देश बनाउने हुटहुटी बोकेर आएका छौँ । अर्थतन्त्र बलियो बनाउने हो । आउनुस् हातेमालो गरौँ ।’ 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै उनले इमानदार उद्योगी व्यापारीहरू कानुनका कारण बदनाम बन्ने अवस्था आउन नदिन काम गर्ने प्रतिवद्धता जनाएका छन् । ‘राज्यका कारण रोजगारी सृजना गर्नेले अब दुःख हैरानी पाउँदैन त्यसको ग्यारेन्टी म गर्छु । अर्थतन्त्र बनाउन राज्यले के के गर्नु पर्छ भन्नुस् हामी सबै गछौँ ।’ 

Ncell
Extreme Energy

उनले अर्थतन्त्र बलियो बनाउन, मुलकको सर्वाङ्गीण विकास गर्ने काममा सबैजना एक ठाउँमा उभिन आग्रह गरे । ‘मैले पटक पटक भन्ने गरेको छु । निजी क्षेत्र इमानदार भइदिनुस् । राज्यले दिलोज्यान दिएर तपाईंहरूलाई सहयोग गर्छ । म त्यसको जिम्मा लिन्छु तर, नियोजित र प्रायोजित गल्ति र बेइमानीमा भने हामी निर्मम हुन्छौँ’, उनले भने । 

अर्थमन्त्री वाग्लेले नेपाल एलडीसीमा स्तरोन्नति गइहाल्छ कि भन्ने निजी क्षेत्रको पिरलाई आफूले बुझेको र यो तत्काल हुँदैन भन्ने मान्यता राखेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मादीबाट मकालु चिहाउँदा...

मादीबाट मकालु चिहाउँदा...

मादीका विभिन्न डाँडाकाँडा, घुमाउरा पाखा र गाउँबस्तीहरूबाट खिचिएका यी फ्रेमहरूले केवल हिमालको भव्यता मात्र दर्शाएका छैनन्, तिनले पहाडी भूगोल, हरियाली खेतबारी, पारम्परिक वास्तुकला र प्रकृतिको सजीव क्यानभासलाई एकै...
यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरेकाले सुरुङमार्गको माथिल्लो सडक अर्थात नागढुंगा क्षेत्रमा सवारीसाधनको आउजाउ पातलो छ भने नागढुंगा सुरुङ प्रवेशद्वारदेखि मलेखु मुग्लिन खण्डमा सवारीको आउजाउ साविकभन्दा बढी छ...
हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

पूर्वाधार विकास कार्यालय म्याग्दीले पहिरो पन्छाउने मेसिन प्रयोग गरी तत्कालका लागि बाटो खुलाएको हो । पहिरो पन्छाउने जिम्मा लिएको मङ्गला कन्ट्रक्सनका प्रतिनिधि राजु पाण्डेले दसैँ पर्वलाई दृष्टिगत गरी...
स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

आज दिउँसो २ः३० बजेको समयमा राङखोला–बिरुवा सडक खण्डको बिरुवा–३ ठाँटीमा स्कुटर अनियन्त्रित भई सोही गाउँपालिकाकी ३९ वर्षीया रेवती गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी...