नेभिगेशन
नेताका कुरा

नेपाली कांग्रेसले भन्यो, 'नक्कली लेटरहेड दुरुपयोग भइरहेको छ, कारबाही गर्छौं'

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको लेटरहेड दुरुपयोग गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ ।

बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको वैठकले पार्टीको नक्कली लेटरप्याड वनाएर प्रयोग गरी आफुसंग नभएको जिम्मेवारी उल्लेख गर्दै आफु पार्टीको जिम्मेवारी रहेको वक्तव्य जारी गर्ने काम भएको भन्दै लेटरहेड दुरुपयोग गरे कारवाही गर्ने चेतावनी दिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अव उप्रान्त लेटरहेड दुरुपयोग गर्ने काम भए कांग्रेसको विधान, २०१७ (संशोधन सहित) र प्रचलित कानुन बमोजिम कारवाही प्रक्रिया अगाडि वढाउने निर्णय भएको कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङले जानकारी दिए।

Ncell
Extreme Energy

त्यस्तै बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा अनुशासन उल्लघंन गरिएको भनी प्राप्त ५ सय ७ उजुरीलाई वर्गीकरण गरी अविलम्व टुंगोमा पुर्‍याउने निर्णय गरेको छ भने छानविनबाट वर्गीकरण गरिएका उजुरीको हकमा अनुशासन उल्लघंन गरेको भनी आरोप लागेका व्यक्तिहरुबाट ७ दिनभित्र स्पष्टिकरण माग गर्ने निर्णय भएको संयोजक गुरुङले बताए।

बैठकले प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा पार्टीका सदस्यहरुले अनुशासन उल्लंघन गरेका भए सो को उजुरी २०८२ चैत्र मसान्त भित्र पठाउन निर्देशन जारी गरेको छ । तत्पश्चात प्राप्त हुन आएका उजुरी उपर कुनै कारवाही नहुने अनुशासन समितिले जनाएको छ ।

nepali-congress-1775041633.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६० ग्राहकलाई भूमिगत माध्यमबाट विद्युत् प्रदान गरिएको छ ।
बडादशैँलाई ध्यानमा राखेर कांग्रेसको मतगणना द्रूत गतिमा, नतिजा धमाधम, आज २५ समूह बनाएर गणना

बडादशैँलाई ध्यानमा राखेर कांग्रेसको मतगणना द्रूत गतिमा, नतिजा धमाधम, आज २५ समूह बनाएर गणना

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा अत्यन्त व्यवस्थित, मर्यादित र तीव्र गतिमा अघि बढिरहेको निर्वाचन समितिले जनाएको छ।
बाढी प्रभावितको राहत र पुनर्स्थापनाका लागि थकाली सेवा समितिद्वारा १ करोड ३ लाख ५० हजार सहयोग

बाढी प्रभावितको राहत र पुनर्स्थापनाका लागि थकाली सेवा समितिद्वारा १ करोड ३ लाख ५० हजार सहयोग

थकाली सेवा समिति नेपालले भोटेकोशी, कालीगण्डकी र बुढीगण्डकी बाढी प्रभावितहरुको राहत र पुनर्स्थापनाका लागि एक करोड ३ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
विश्वकप लिग-२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै

विश्वकप लिग-२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै

आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध खेल्दैछ ।

भर्खरै