नेभिगेशन
नेताका कुरा

आज संसदमा रवि लामिछानेले सम्बोधन गर्ने

संसद् सचिवालयले भन्यो- रविलाई कुनै रोकतोक छैन

काठमाडौँ । प्रतिनिधिसभाको बिहीवार बस्ने बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बोल्ने भएका छन् ।

बिहीवार अपरान्ह २ बजे बस्ने संसदको पहिलो बैठकमा रास्वपाका तर्फबाट पार्टी सभापति लामिछानेले बोल्ने पार्टीको सचिवालयले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै संसद सचिवालयले बैठक अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा सदस्यहरूले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूची तय भए अनुसार रास्वपाका तर्फबाट सभापति लामिछानेले बोल्ने भएका हुन्।

Ncell
Extreme Energy

यता, संसद सचिवालयले पनि रास्वपा सभापति रवि लामिछानेलाई संसदमा कुनै रोकतोक नभएको जनाएको छ। यसअघि सम्पत्ति शुद्धीकरण मुद्दाका आधारमा अघिल्लो संसदमा रविलाई सांसद पदबाट निलम्बन गरिएको थियो । अहिले रविको मुद्दाको बारेमा सरकारी वकिलको कार्यालयले कुनै जानकारी नगराएको सचिवालयले जनाएको छ। 

रास्वपा सभापति लामिछाने चितवन-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६० ग्राहकलाई भूमिगत माध्यमबाट विद्युत् प्रदान गरिएको छ ।
बडादशैँलाई ध्यानमा राखेर कांग्रेसको मतगणना द्रूत गतिमा, नतिजा धमाधम, आज २५ समूह बनाएर गणना

बडादशैँलाई ध्यानमा राखेर कांग्रेसको मतगणना द्रूत गतिमा, नतिजा धमाधम, आज २५ समूह बनाएर गणना

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा अत्यन्त व्यवस्थित, मर्यादित र तीव्र गतिमा अघि बढिरहेको निर्वाचन समितिले जनाएको छ।
बाढी प्रभावितको राहत र पुनर्स्थापनाका लागि थकाली सेवा समितिद्वारा १ करोड ३ लाख ५० हजार सहयोग

बाढी प्रभावितको राहत र पुनर्स्थापनाका लागि थकाली सेवा समितिद्वारा १ करोड ३ लाख ५० हजार सहयोग

थकाली सेवा समिति नेपालले भोटेकोशी, कालीगण्डकी र बुढीगण्डकी बाढी प्रभावितहरुको राहत र पुनर्स्थापनाका लागि एक करोड ३ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
विश्वकप लिग-२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै

विश्वकप लिग-२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै

आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध खेल्दैछ ।

भर्खरै